bichitra
»
बेलायतका विद्यार्थीले भन्छन गोलभेँडा पनि माटोमुनि फल्छ
बेलायतका विद्यार्थीले भन्छन गोलभेँडा पनि माटोमुनि फल्छ
बेलायतका विद्यार्थीले भन्छन गोलभेँडा पनि माटोमुनि फल्छ

निकै विकशित देश भएर पनि के गर्नु ? बेलायतका विद्यार्थीहरु सामान्य भन्दा सामान्य विषयमा पनि निकै अज्ञानी तथा अनभिज्ञ रहेको तथ्य खुलासा भएको छ । एक विशेस सर्वेक्षन अनुसार बेलायतमा झण्डै एक तिहाइ प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई चिज गाइभैँसीको दुधबाट बन्छ भन्ने कुरा पनि थाहा छैन । चिज रुखमा फल्छ भन्ने ठान्छन् उनीहरु कस्तो बिकसित देश त । यतिमात्र होइन १८ प्रतिशतलाई माछाबाट बनाइने परिकार फिस फिंगर कुखुराको मासुबाट बन्छ भन्ने पनि भ्रम छ ।
ब्रिटिस न्युटि्रसन फाउण्डेसनले गरेको एक सर्भेमा अर्को झनै दयालाग्दो तथ्य पनि सार्वजनिक भएको छ । बेलायतमा हरेक १० जनामा एक जना प्राथमिक विद्यालयका विद्यार्थीलाई गोलभेँडा बोटमा फल्छ भन्ने कुरा थाहा रहेनछ । उनीहरुले भन्छन गोलभेँडा माटोमुनि फल्छ ।
-एजेन्सी
0 comments
Write Down Your Responses