स्पेन यू–२१ युरोपियन च्याम्पियन, थिएगोको ह्याट्रिक
५ असार,
थिएगोको ह्याट्रिकमा इटलीलाई पराजित गर्दै स्पेनले यू–२१ युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनल भिडन्तमा इटलीलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि रक्षा गरेको हो । खेलमा स्पेनले छैटौं मिनेटमा नै थिएगोको गोलबाट अग्रता लिएको थियो ।
तर, १० औं मिनेटमा इटलीका इमोविलले बराबरी गोल फर्काए । ३१ औं मिनेटमा स्पेनलाई २–१ को अग्रता दिलाएका थिएगोले ३८ औं मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरे ।
६६ औं मिनेटमा इस्कोले पेनाल्टीमा गोल गरेपछि स्पेन ४–१ को अग्रता लिन सफल भयो । ७९ औं मिनेटमा इटलीका बोरिनीले गोल गरेपनि हार टार्न सकेनन् र स्पेन ४–२ ले विजयी भयो ।
मोएज र मोउरिन्हो अगष्ट २६ मा भिड्ने
५ असार

इङ्ग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेडले स्वान्सीको सामना गर्ने भएको छ । लिग कप विजेता स्वान्सीको घरेलु मैदानमा अगष्ट १७ अर्थात भदौ १ गते हुने खेल म्यानचेष्टर युनाइटेडको प्रशिक्षक भएपछि डेभिड मोएजको यो पहिलो खेल हो ।कीर्तिमान प्रशिक्षक एलेक्स फर्गुसनले म्यानचेष्टर छाडेपछि इर्भटनका मोएज ओल्ड ट्राफड आएका हुन् । बुधबार सार्वजनिक पि्रमियर लिगको २०१३-१४ को खेल तालिका अनुसार मोएजको दोस्रो खेल अगष्ट २६ मा जोजे माउरिन्हको चेल्सीसँग घरेलु मैदानमा हुनेछ ।माउरिन्होले भने पहिलो खेलमा यसै सिजन प्रमोसन भएको हलको सामना गर्नेछ । माउरिन्हो रियल मड्रिडबाट यो सिजनबाट पुनः चेल्सी फर्किएका छन् ।
प्रशिक्षक म्यानुअल पेलेग्रिनीको म्यानचेष्टर सिटीका न्यूक्सासलविरुद्ध घरेलु मैदानमा खेल्नेछ । रोबर्टो मान्सिनी बर्खात भएपछि मालागोको प्रशिक्षक पेलेगि्रनी सिटीको प्रशिक्षक बनेका हुन् । म्यानचेष्टर डर्बी भिडन्त भने सेप्टेम्बर २१ मा इत्तेहादमा हुनेछ । माउरिन्हो र पेलेग्रिनीको भेट भने अक्टोबर २६ मा स्टामफोर्ड ब्रिजमा हुनेछ ।यो सिजन पि्रमियर लिगमा उक्लिएको कार्डिफले वेष्टहाम र क्रिष्टल प्यालेसले टोटनहृयामको सामना गर्नेछ । यसैगरी पहिलो दिनको खेलमा आर्सनल र एस्टनभिल्ला, लिभरपुल र स्टक भिड्नेछन् भने नरवीचले इर्भटनको सामना गर्नेछ । अर्को खेलमा साउथहृयाम्पटन र वेष्टब्रोम आमने सामना हुनेछ ।
मोउरिन्हो, मोएज र पेलेग्रिनी भिडन्त
पि्रमियर लिगमा यो सिजन तीन ठूला क्लबको प्रशिक्षक नयाँ छन् । मोएज फर्गुसनको लय सम्हात्ने प्रयासमा हुनेछ भने जाउरिन्हो आफ्नो सफल कार्यकाल दोहोर्याउन चाहन्छन् । उसो त स्पेनिस क्लब मालागोबाट आएका पेलेग्रिनीले मोएज र माउरिन्होसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । उपाधिका मूख्य दावदोर मोउरिन्हो, मोएज र पेलेगि्रनी हुन्, तर अन्य क्लबले पनि उनलाई सजिलै उपाधि दिने वाला छैनन् । आन्द्रे भिल्ला बाओज् फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको प्रस्ताव अस्वीकार गरेर टोटनहृयामै बस्ने दाउमा छन् भने आर्सनल र लिभरपुल पनि उपाधि होडमा छन् । यसैले पि्रमियर लिगको यो सिजन निकै रोमान्चक हुने पक्का छ ।
गोर्खाकपमा थ्रीस्टारलाई हराउँदै मनाङ फाइनलमा
आज भएको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब गोर्खाकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा मनाङले थ्रीस्टारलाई १-० ले पराजित गरेको हो । गोर्खाकपमा मनाङले थ्रीस्टारलाई हराएको यो अवस्य पनि पहिलो पटक हो । यसअघि पहिलो र दोस्रो संस्करणको उपाधि जित्ने क्रममा थ्रीस्टारले मनाङलाई हराएको थियो ।
अब शनिबार हुने खेलमा मनाङ र आर्मी उपाधिका लागि भिड्नेछ , त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको घरेलु दुई महारथीबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हापको सुरुवातबाटै दुबै टोली एकअर्कामाथि हावी हुने प्रयासमा थियो । पहिलो हापमा मनाङको तीन बटा प्रहार थ्रीस्टारका गोरलक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ भने गरेका थिए । थ्रीस्टारले पनि केही राम्रो मुभ बनाएपनि गोल गर्न भने सकेन । तर, ४० औं मिनेटमा थ्रीस्टारलाई झड्का लाग्यो । सुजल श्रेष्ठलाई फल गरेपछि थ्रीस्टारका विष्णु सुनुवारले रातो कार्ड पाए र थ्रीस्टार १० खेलाडीमा सिमित हुन् पुग्यो ।
१० खेलाडीमा सिमित भएपनि थ्रीस्टारले दोस्रो हापमा मनाङमाथि दबाव कायम राखेको थियो । ६४ औं मिनेटमा योना इलियासको पासमा अनिल गुरुङ गोल गरेपनि रेफि्रीले त्यसलाई मान्यता दिएनन् । उनको हेड बल हातमा आफ्नै पोष्टको दिशामा गएपछि अनिलले पहेँलो कार्ड तर, खेलको ८७ औं मिनेटमा विशाल राई बीले मनाङका लागि गोल गरे र सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका उनलाई अनिलको हेडमा योनाले निकै राम्रो पास मिलाएका थिए ।
खेलको अन्तिम मिनेटमा योना इलियास र जगजित श्रेष्ठले रातो कार्ड खान पुगे र त्यसपछि थ्रीस्टारका सराज दहालले राम्रो मौका पाएपनि गोल गर्न भने सकेन र मनाङ १-० को जितका साथ फाइनलमा प्रवेश गरेको छ ।
किन मेस्सीले आयकर छले
जेठ २९,
बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार फुटबलर लिओनल मेस्सीमाथि कर छलेको आरोप लागेको छ । ३.४ मिलियन पाउण्ड आयकर छालेको आरोपमा मेस्सी र उनका बाबुविरुद्ध मुद्दा दायर भएको छ ।
२००७, २००८ र २००९ मा आयकर फिर्ता लिँदा ३.४ मिलियन पाउण्ड छलेको भन्दै मेस्सी र उनका बाबु जोर्जविरुद्ध माथि तीन अपराधको आरोप लगाइएको छ । अदालतले मुद्दा स्वीकार गरेको छ भने बार्सिलोनाले त्यो मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
गोर्खाकप फुटबलखेलमा आर्मी फाइनलमा
२९ जेठ,
नेपाल आर्मी फुटबल क्लब राजधानीमा जारी गोर्खाकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज बुधबार भएको पहिलो सेमिफाइनलमा ब्वाइज युनियनलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मी पहिलो पटक गोर्खाकपको फाइनलमा प्रवेश गरेको छ ।
फुटबल उपाधिका लागि आर्मीले ए डिभिजन लिग च्याम्पियन एवं दुई पटकको विजेता थ्रीस्टार र मनाङ मस्र्याङ्दीबीचको विजेतासँग खेल्नेछ ।
काठमाडौँ को त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले १४ औं मिनेटमा राजु नेपालीको पहिलो गोलबाट अग्रता लिएको थियो । राजुको प्रहार ब्वाइजका गोलरक्षक राजु योगीले सही जज गर्न नसक्दा गोल हुनपुगेको थियो । उनको हातमा लागेको बल विस्तारै गोलमा परिणत भएको थियो । पहिलो हापमा आर्मीले दबदबा कायम राखेपनि गोल गर्न सकेको थिएन ।
दोस्रो हापको ५५ औं मिनेटमा रामकुमार विश्वासले आर्मीको अग्रता दोब्बर पारे । आर्मीको लगातार दुई प्रहार रोकेका राजु यो पटक भने चुकेका थिय । ७० औं मिनेटमा नरेश मेचेले गोल गरेपछि आर्मीले ३-० को अग्रता लियो र खेलमा दुबै पक्षबाट गोल भएन र आर्मीले फाइनलमा स्थान पक्का गर्यो ।
विश्वका खेलाडीहरुमा धन आर्जन गर्नेमा धोनी १ ६ औ स्थानमा
जेठ २८ ,
भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी विश्वका धनी खेलाडीहरुको सूचिमा १६ औं स्थानमा परेका छन्। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सबैभन्दा बढी पैसा कमाउने खेलाडीको सूचिमा उनले सचिन तेन्दुलकर, फुटबलका काकालाई समेत पछि परेका छन् । विज्ञापनको आर्जन जोड्दा धोनीले मेसी र रोनाल्डोलाई पनि पछि पारेको फोर्ब्स पत्रिकाले जनाएको छ।
धोनीको कमाइ सचिन तेन्दुलकर, राफाएल नाडल तथा काकाको भन्दा बढी रहेको फोर्ब्सले जनाएको छ। फुटबलमा जादुमयी गोल गर्ने मेसी र रोनाल्डोले गत वर्ष विज्ञापनबाट २१ मिलियन डलर आर्जन गरेका थिए। धोनीले भने २८ मिलियन डलर आर्जन गरे। पत्रिकाका अनुसार धोनीले विज्ञापन तथा पुरस्कारबाट गत वर्ष तीन करोड १५ लाख अमेरिकी डलर आर्जन गरेको बताएको छ र यो सँगै धोनीले ३१ दशमलव ५ मिलियन अमेरिकी डलर कमाए।
बढी पैसा कमाउने १०० खेलाडीको सूचिमा २ जना मात्र क्रिकेटर परेका छन्। बढी धन कमाउने क्रिकेटरहरु दुवै भारतीय हुन्- महेन्द्रसिंह धोनी र सचिन तेन्दुलरकर। २२ मिलियन अमेरिकी डलर कमाइ गरेका मास्टर ब्लाष्टर सचिन तेन्दुलकर ५१ औं स्थानमा परेका छन् भने सूचिमा गल्फ खेलाडी टाइगर उड्स पहिलो स्थानमा छन्। उनले ७८ दशमलव १ मिलियन डलर कमाएको फोर्ब्सले लेखेको छ। ३७ वर्षे उडले गत वर्ष ७ करोड ८१ लाख अमेरिकी डलर कमाएका थिए।
फोर्ब्स पत्रिकाका अनुसार ३१ वर्षे धोनी धनी खेलाडीको सूचिमा १५ खुड्किलो माथि उक्लेका हुन्। २०१२ मा उनी ३१ औं स्थानमा थिए भने पत्रिकाका अनुसार गत वर्ष धोनीले पुरस्कार र विज्ञापनबाट मात्र ३ करोड १५ लाख डलर कमाइ गरे जसले उनलाई १६ औं स्थानमा उक्लन सहयोग गर्यो।
-एजेन्सी
रोनाल्डोलाई म्यानचेष्टर युनाइटेड फर्काउने प्रयास
जेठ २२,
म्यानचेष्टर युनाइटेडले क्रिष्टियानो रोनाल्डोलाई क्लबमा फर्काउने प्रयास तिब्र परिरहेको छ । ओल्ड ट्रार्फड र्फकने ६५ मिलियन पाउण्ड प्रस्ताव गर्ने जनाएको छ । फर्काउन का लागि उनका प्रतिनिधीसँग कुराकानी भइरहेको द सनले जनाएको छ । रियल मडि्रडले रोनाल्डोलाई क्लबमा नै राख्ने इच्छा भए पनि रोनाल्डोले नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन् । यो सँगै रियलले भने टोटनहृयामका बेललाई भित्र्याउने पहल गरेको बताएको छ ।
रोनाल्डो सन २००९ मा ८० मिलियनमा रियल गएका थिए र जहाँ, म्यानचेष्टरमा रहँदा जस्तो रफल रहन सकेनन् । म्यानचेष्टरमा रहँदा फिफा प्लेयर अफ दि इयर घोषित रोनाल्डो स्पेनमा भने बार्सिलोनाका अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीका कारण उनि केही छाँयामा परे । समर्थकहरुले दुबैलाई एक अर्काभन्दा अब्बल मानेपनि मेस्सीले कीर्तिमानहरु मात्र बनाएनन् र पछिल्लो चार वर्षमा उत्कृष्ट बर्ष फुटबलर समेत घोषणा भएका छन् ।
-एजेन्सी
मनाङ मर्स्यंदी लाई हराउँदै आर्मी समूह विजेता
२१ जेठ,
गोर्खा कपमा नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै समूह विजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलवार भएको समूह सी को अन्तिम खेलमा मनाङलाई १ - ० गोल अन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो । आर्मीका लागि खेलको ६० औँ मिनेटमा टंक बस्नेतले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । जितसंगै आर्मी ३ खेलवाट ९ अंक जोड्दै समूह विजेता र मनाङ समान खेलवाट ६ अंक जोड्दै समूह उपविजेताका रुपमा क्वाटर फाइनल प्रवेश गरेको छ ।
आजै भएको अर्को खेलमा संकटा र टुसाल युथ क्लबले गोलरहित बरावरी खेलेका छन् । बराबरीसंगै समान खेलवाट १-१ अंक जोडेका दुबै क्लब पहिलो चरणवाटै बाहिरिएका छन् । यसअघि समूह ए वाट मच्छिन्द्र र नेपाल पुलिस क्लब र समूह बी वाट थ्रीस्टार र आरसीटी क्लब गोर्खा कप फुटबलको अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।
विश्वकप फुटबल खेल खेल्न छनोट हुने जापान पहिलो टिम
जेठ २१,
विश्वकप फुटबल २०१४ का लागि छनोट हुने जापान पहिलो राष्ट्र बनेको छ । एसियाली राष्ट्रहरुको मंगलबार भएको छनोट खेलमा अस्ट्रेलियासँग १–१ को बराबरी खेल्दै जापानले ब्राजिलमा अर्को वर्ष हुने विश्वकपको यात्रामा सामेल भएको छ । मंगलबार भएको खेलमा अस्ट्रेलियाले ८४ औं मिनेटमा टमी ओरको गोलबाट अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । खेलको अन्तिम समयमा जापानका केइसुके होन्डाले गोल गर्दै खेल बराबरीमा पुर्याए र टोलीको विश्वकपको यात्रा सुनिश्चित गरेका छन् ।
एसियाली राष्ट्रहरुको समूह बी मा रहेको जापान ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । उसले ४ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको नतिजा पनि निकालेको छ र जापान यस अघि सन् २००२ र २०१० मा अन्तिम १६ सम्म पुगेको थियो । यस्तै आयोजकका हिसाबले राष्ट्र ब्राजिल भने यसअघि नै छनोट भैसकेको छ ।
पारस र जगजित चर्चित खेलाडीको मनोनयनमा
जेठ १९,
नेपाल खेलकुद पत्रकार मंचले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत २ ० ६ ९ को चर्चित खेलाडी मनोनयन मा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र नेपाली रास्ट्रिय फुटबलका मिद्फ़िल्डर जगजित परेका छन्। मंचले आज सार्बजनिक गरेको मनोनयनमा पारस र जगजित संगै पौदैका सिरिस उसुकी झरना ,र एथ्लेतिकका कसरी चौधरी परेका छन्। वर्ष भरि नै नेपाली खेलकुद मा नै रहे। नेपालले डिभिजन फोर र एसीसी ट्रफिको उपाधि जित्यो भने एसीसी ट्वान्टी ट्वान्टी कपमा नेपाल उपविजेता बन्यो । एसिसि ट्रफिमा २ सय ९१ रन बनाउनुका साथै ९ विकेट लिएका यनी म्यान अफ द सिरिज भए । यस्तै एसीसी ट्वान्टी ट्वान्टीमा २ सय ७ रन र ४ विकेट लिएका उनी म्यान अफ द सिरिज भए । आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा ८९ रन बनाएका उनले १२ विकेट लिएका थिए ।
नेपाली फुटबलका जगजित सहिद स्मारक लिगका ४ गोल र ३ असिस्ट गरेका उनी उत्कृष्ट मिडफिल्डर बने । सन् २०११ मार्च यता राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनले एएफ्सी च्यालेञ्ज कप क्वालिफायर्समा नर्दन मारियाना आइल्यण्डविरुद्धको एकै खेलमा ३ गोलको असिस्ट गरेका थिए । मनोनयन मा परेका खेलाडीलाई भोट गर्नको लागि www.facebook.com/nsjfaward<http://www.facebook.com/nsjfaward> र www.facebook.com/thtlivenepal <http://www.facebook.com/thtlivenepal> व्यवस्था मिलाएको कार्यक्रम मा गराइएको थियो।यो प्रक्रियामा फेसबुक लाईकलाई २० प्रतिशत र एसएमएसलाई ८० प्रतिशत अंकभारका रुपमा गणना गरिनेछ । एस्एम्एस् मार्फत मत प्रदान गर्न pulsar – space- आफूलाई मनपर्ने खेलाडीको कोड लेखी ३१३१ मा पठाउन सकिनेछ ।
आयोजना स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिटको घोषणा पुरस्कार विश्व खेलकुद पत्रकार दिवसको अवसर पारी आगामी असार १८ गतेको कार्यक्रमका दिन हुनेछ ।
ला लिगामा च्याम्पियन बार्सिलोनाको १०० अंक
जेठ १९,
स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाको १०० आनको को किर्तिमान गरेको छ। सनिबार रति भएको अन्तिम खेलमा मलागोलालाई ४ - १ ले पराजित गर्दै बार्सिलोना ले प्रतिस्प्रधी रियल मड्रिड ले गएको सिजनमा बनाएको १०० अंक को किर्तिमान भेट्टाएको हो।
घरेलु मैदान नौ क्याम्पमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै डेभिड को गोल बाट अग्रता लिएको हो।
१४ मिनेटमा सेस फेब्रिगासले गोल गरे भने १६ मिनेटमा मार्टिन मोन्टोयाले तेस्रो गोल गरेअक हुन्। ५२ औं मिनेटमा इनिष्टाले गोल गरेपछि बार्सिलोनाले ४–० को अग्रता लियो ।
५६ औ मिनेटमा मलागोका मोरालेसले सान्त्वना १ गोल गरे मलागोका बिरुद्दको खेलमा एरिल अविडलले बार्सिलोना छाडेका छन् क्लब सम्झौता नबिकरण नगरे पछि जर्मनका अविडलले बार्सिलोना छाडेका छन्
आइपिएल चेयेरम्यनले किन दिए राजिनामा
जेठ १९,
आइपिएल स्पोट फिक्सिङ्ग विवाद बढे पछि चेयेरम्यन राजिब सुक्लाले राजिनामा दिएका छन् बिसिसिआइको वर्किङ्ग कमिटिको आकस्मिक बैठकको एक दिन पहिले नै सुक्लाको राजिनामा आएको छ। यस अघि नै बिसिसिआइको सचिब संजय दगदाले र कोषाध्यक्ष अजय शिर्कले राजिनामा दिइसकेका छन्।
अब बोर्ड अध्यक्ष एन श्रीनीवासनमाथि पद छाड्न दबाव बढेको छ । बिसिसिआइ अध्यक्ष श्रीनिबासंन ले भने राजिनितीमा लागिका लागि ३ सर्त अघि सरेको भारतीय संचार माध्यमहरुले जनाए का छन्। जसमा छानविनका क्रममा निर्देश देखिए पुनः पद बहाली गर्नु पर्ने समेत छन् ।
-एजेन्सी
इंग्ल्याण्ड लाई प्रतिस्प्रधी मान्दैनन नेयमार
जेठ १८,
सुपरस्टार ब्राजिलियन नेयामर आगामी सिजनबाट स्पेनिस फुटबल क्लब बार्सिलोना बाट ब्यबसायिक फुटबल खेल्दैछन। उनको पहिलो प्राथमिकता भने २०१४ मा हुने घरेलु मैदानमा हुन् गैरहेको बिस्वकप उपाधि जित्नु रहेको छ। उनीले जर्मनी र स्पेनलाई मुख्य प्रतिस्प्रधी मान्दछन।
आइतबारको इंग्ल्याण्ड संगको मैत्री पूर्ण फुटबलको पुर्ब सन्ध्यामा सम्बा सुपरस्टार नेयामार्ले उपाधिको लागि इंग्ल्याण्ड दाबेदार नभएको जनाएका छन्। उनीहरुले क्लबमा ठूलो उपलब्धी हासिल गरेका छन्’ उनले भनेका छन्-’तर, विश्वकपमा राष्ट्रिय टिमको रुपमा उनीहरु बास्तबमै खतरा हुन भन्ने लाग्दैन ।’ घरेलु समर्थकको अगाडी विश्वकप जित्ने इच्छा रहेको भन्दै उनले भनेका छन्-’हामी घरेलु समर्थकको अगाडी विश्वकप जित्न चाहन्छौं र दुई देश जर्मन र स्पेन विश्वकपका चुनौती हुन भन्ने लाग्छ ।’
समूह चरणमा अर्जेन्टिना ,हल्याण्ड इटाली सहितको केहि देशले चुनौती दिनसक्ने बताएका छन्।यद्यपी उनले आइतबारको मैत्रिपूर्ण फुटबल महत्वपूर्ण भएको बताएका छन् । उनले भनेका छन-’यो हाम्रो लागि ठूलो खेल हो । किनभने हामी जितका साथ रंगशालाको उद्घाटन गर्न चाहन्छौं ।’स्पेनिस क्लबमा जानुको कारण इंगलिस र स्पेनिस क्लबका प्रस्ताब लत्याउदै आफूलाई हरेक सिजन प्रशिक्षक परिर्वतन गरिरहने क्लब मन नपर्ने बताए । जितमात्र नभई स्थिरता पनि हुनु पर्ने उनको भनाई थियो ।
-एजेन्सी
-एजेन्सी






