अब रेलको टिकेट एसएमएसबाट भारतमा
जेठ ३१,
भारतमा अब रेलको टिकट लिन लामो लाईन बस्नुपर्ने दिनको अन्त्य भएको छ । भारतमा अब एस एम एस पठाएर रेलको टिकट लिन सकिने प्रविधि सुरु भएको भारतीय सन्चार माध्यमहरुले बताएका छन् ।
रेलसेवा लिन आवस्यक भएमा मोबाईलबाट म्यासेज पठाएर टिकट अग्रीम बुकिङ गर्न समेत सकिने भारतीय रेल अधिकारीहरुले जानकारी दिएका छन् ।
देशमा मोबाईल सेवा प्रयोग गर्ने सर्बसाधारणको संख्यामा उल्लेख्य वृद्धिले गर्दा यो तरिका अपनाउन लागिएको हो । यो सेवा भने आगामी जुलाई महिनाबाट मात्र प्रयोगमा आउने भएको छ । यस्तो सेवाबाट कागजको खर्च नहुने भएकोले पर्यावरण मैत्रि भएको भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियालाई उदृत गर्दै बिविसीले जनाएको छ ।
टिकट बुकिङको लागि जुनसुकै समयमा पनि एस एम एस पठाउन सकिने छ । म्यासेज पठाउने नम्बर केही दिनमै सार्वजनिक गरिने अधिकारीहरुको भनाई छ । यो सेवा लागू भएपछि टिकट प्रीन्ट गर्नुपर्ने छैन । मोबाईलमा आएको म्यासेजलाई नै आधिकारिक हुने छ ।
उपभोक्ताले भने टिकटका लागि बैकको खाताबारे भने जानकारी दिनुपर्ने छ । रेलसेवाका अधिकारीले खातामा पैसा भए नभएको पत्तालागेपछि टिकट बारे उपभोक्ताई म्यासेज पठाउने छन् र
यात्रीले आफुले कुन ठाउँबाट कुन ठाउँसम्म जान चाहेको हो त्यो कुरा भने स्पष्ट लेखेर म्यासेज गर्नुपर्ने छ । यो सेवा मोबाईल फोन उपभोक्ताले पाउने छन् । यसरी टिकट अग्रीम बुकिङ गराउन भारतीय तीन रुपैया खर्च हुने जनाईएको छ ।
युद्धमा ९३ हजार मारिए
जेठ ३०,
सिरियामा गएका २६ महिनादेखि जारी रहेको द्वन्द्वका क्रममा ९३ हजारको ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा सिरियामा जारी युद्धमा सरकारी र विद्रोहीहरूले समेत मानव ढालका रुपमा बालबालिकालाई प्रयोग गरेको र हजारौँ बालबालिका मारिएको पाइएको उल्लेख गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सिरियाको युद्ध आधुनिक संसारकै एक अत्यन्तै अस्वभाविक र अस्वीकार दुःख भएको टिप्पणी गर्नुभयो छ ।
सिरियाको विद्रोही समूहले १५ देखि १७ वर्षसम्मका बालबालिकालाई विद्रोही सेनामा भर्ती गरिरहेका समाचारहरू आइरहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ र साथै सरकारी सेनाले पनि बालबालिकालाई यौन दुव्र्यवहार गर्ने गरेका तथा उनीहरूले विद्रोहीका सूचना लिने काममा समेत यस्ता बालबालिकाहरु प्रयोग गर्ने गरेको पाइएको जनाएको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको बिरुद्ध राजीनामा माग गरेर आन्दोलन सुरु भएको हो ।
किन गर्यो सरकारले टेलिभिजन बन्द
जेठ ३०,
आर्थिक मन्दीबाट गुज्रिरहेको ग्रीस सरकारले राष्ट्रिय टेलीभिजन र रेडियो स्टेशन बन्द गरेको बताएको छ। मंगलबार साँझदेखि राज्य नियन्त्रित मुख्य टिभी च्यानलको स्क्रिनमा कालो देखिएको छ । खर्च कटौतीका लागि स्टेशन बन्द गरिएको सरकारी प्रवक्ताले जनाएका छन्।
ब्रोडकास्कटिङ कर्पोरेशनमा मात्र ठूलो मात्रामा पैसा खर्च भएको भन्दै सरकारले टेलिभजन र एफ एम बन्द गरेको हो। टेलिभजनमा झन्डै २५ सय कर्मचारी निकालिएको बताइएको छ।
निकालिएका कर्मचारीहरुलाई क्षतिपूति भने दिइएको छ। उनीहरुले यसपछि स्थापना हुन लागेको एक स्वायत्त सामुदायीक प्रशासरणमा आवेदन दिन पनि सरकारले आह्वान गरिसकेको छ। च्यानल बन्द गर्ने निर्णयको खारेजीको माग गर्दै सरकारी टेलिभजन मुख्यालमा मानिसहरु जम्मा भएका छन्। सरकारको यो निर्णयले सबैलाई आश्चार्यचकितमा पारेको छ।
-एजेन्सी
-एजेन्सी
विश्वका बढी उमेरका किमोरोको निधन
जेठ २९,
विश्वका सबैभन्दा बृद्ध (बढी उमेरका) व्यक्तिको निधन भएको छ । उहाँ जापानको क्योटो सहरका स्थानीय निवासी हुनुहुन्थ्यो ।जापानी अधिकारीहरुका अनुसार जापानी नागरिक जिरोमोन किमुराको उमेर ११६ वर्ष थियो । उहाँलाई विश्वको सबैभन्दा बढी उमेरका व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिएको थियो । क्योटोको कियोताङ्गो सहरद्वारा बुधबार प्रकाशन गरिएको विज्ञप्तिमा उहाँको बुधबार बिहान सोही सहरको एक स्थानीय अस्पतालमा निधन भएको बताइएको छ ।
उहाँको जन्म सन् १८९७ मा सोही सहरमा भएको थियो । उहाँलाई आफ्नो यो उमेरसम्म पनि खासै त्यस्तो कुनै घातक रोग लागेको थिएन तर मे महिनाको सुरुमै उहाँलाई सो अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताइएको थियो ।
गतहप्ता मात्र सो अस्पतालका चिकित्सकले उहाँको अवस्था नाजुक बन्दै गएको बताएका थिए । अस्पतालका चिकित्सकले उहाँलाई त्यस्तो खतरनाक रोग नलागेको र सामान्य रुपमा निमोनियाले ग्रस्त बनाएको बताएका थिए । यसअघि संयुक्त राज्य अमेरिकाकी एक महिला विश्वकी सबैभन्दा बृद्ध व्यक्तिका रुपमा रहेकी थिएन् । ११५ वषर्ीया उनको सन् २०१२ मा निधन भएपछि किुमरालाई गिजिन बुकले बढी उमेरका व्यक्तिको मान्यता दिएको थियो ।
उहाँका सात जना छोराछोरी, १४ जना नाती नातिना, २५ जना पनाती पनातिना र १५ जना खनाती खनातिनाको सन्तान रहेको थियो । उहाँले ४० वर्षसम्म जापानको हुलाक सेवामा काम गर्नुभएको थियो । जागिरबाट अबकास लिएपछि उहाँले खेतीपातीको काममा लाग्नुभएको थियो ।
- रासस/एएफपी
११ वर्ष जेल महिलालाई ट्वीटरमा टिप्पणी लेखेको अभियोगमा
जेठ २८,
ट्वीटरमा गरेको टिप्पणीका कारण कुवेतमा एक महिलालाई ११ वर्ष कैद सजाय सुनाइएको छ । एक ३७ वर्षीया हुदा अल आजमी नामकी ती महिलाले ट्वीटरमा कुवेतका शासक (अमीर) विरुद्ध टिप्पणी गरेकी थिइन् । जसका कारण उनलाई जेल सजाय सुनाइएको छ ।
त्यस्तै ती महिलाले ट्वीटरमा शासन परिवर्तनको पक्षमा समेत आवाज उठाएकी थिइन् र भने उनले कुवतेका शासकको अपमान समेत गरेकी बताएको छ ।
कुवेती शासक शेख सब अल सवा विरुद्ध टिप्णणी गरेको अभियोगमा दोषी ठहर्याइएकी ती महिलाले आफ्नो सजाय विरुद्ध अपील भने गर्न सक्ने जनाइएको छ र ती महिलाले आफ्नो मोबाइल फोनको समेत दुरुपयोग गरेको पाइएको समाचारमा बताइएको छ ।
हालैका महिनाहरुमा ट्वीटरमा कुवेतका शासकका विरुद्ध टिप्पणी गरेको अभियोगमा यस्तै अन्य कयौं व्यक्तिहरुलाई समेत दण्डित गरिसकिइएको जनाइएको छ । कुवेतको संविधानले त्यहाँका शासक विरुद्ध यस्ता किसिमका टिप्पणीहरुमा प्रतिबन्ध गरेको बीबीसीले जनाएको छ ।
भारतीय बीजेपी नेता आडवानीद्वारा राजीनामा
जेठ २८
भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता एवं भारतीय संसद्का प्रमुख विपक्षी नेता लालकृष्ण आडवानीले राजीनामा दिएका छन्। आइतबार भारतीय जनता पार्टीले आगामी वर्ष हुन लागेको निर्वाचनको प्रमुख अभियानकर्ताका रुपमा नरेन्द्र मोदीलाई अघि सारेपछि उनले राजीनामा दिएका हुन्।
मोदी हिन्दू धर्मप्रति कट्टर नेताका रुपमा चिनिन्छन् र उनी भारतीय जनता पार्टीका एक चर्चित र विवादास्पद नेताका रुपमा परिचित छन्। पचासी वर्षीय आडवानीलाई भारतीय जनता पार्टीले सन् २००९ को आम निर्वाचनमा प्रधानमन्त्रीको उमेदवारका रुपमा पनि अघि सारेको थियो।
तर सो निर्वाचमा उक्त दलले बहुमत हासिल गर्न भने सकेन र उनी भारतको उपप्रधानमन्त्री बनि सकेका छन्। भारतका कतिपय नेताहरु आफ्नै व्यक्तिगत एजेण्डामा अडिग रहने गरेको बताइन्छ। यस पटक पनि आडवानीले मोदीसँगकै असहमतिका कारण आफुले राजीनामा दिएको बताइका छन्।
भारतमा आगामी वर्ष हुन लागेको आम निर्वाचनका लागि दलगतरुपमा विभिन्न अभियानहरु सुरु भइसकेका छन्।
-एजेन्सी
रहस्य खुल्दै जियाको
जेठ २७,
बलिउड नायिका जिया खानले आत्महत्या गरेको तीनदिनपछि मात्र उनले लेखेको भनिएको सुसाइड नोट भेटिएको छ । जियाकी आमाले प्रहरीलाई त्यसको फोटोकपी उपलब्ध गराएकी छन् । आफ्नो छोरीले फिल्ममा काम नपाएर आत्महत्या गरेको नभई प्रेमी भनिएका सुरज पन्चोलीको तनाव सहन नसकेर आत्महत्या गरेको भन्दै उनले उक्त नोट सार्वजनिक गरेकी हुन् । जियाले सुरजलाई सम्बोधन गरेर लेखेको नोटले केही रहस्योद्घाटन समेत खुलेको छ ।
६ पेज लामो उक्त सुसाइड नोटमा जियाले आफू गर्भवती भएर गर्भ फालेको, सुरजले आफूलाई समय नदिएको, र वास्ता नगरेको जस्ता गुनासो गरेकी छन् । जियाले सुरजले बलात्कार समेत गरेर गर्भ बसाएको तथ्यसमेत खोलेकी छन् । 'तिमीले जीवनमा रमाईलो गर्ने र केटीहरुलाई मात्रै महत्व दियौं', उनले लेखेकी छन्,'अब म कहिले नव्यूँझने गरी सुत्न चाहन्छु ।'
जियाले पत्रभर आफूले सुरजको लागि धेरै थोक गरेपछि उनले आफूलाई वास्ता नगरेको जसको कारण आफ्नो जीवन बर्बाद भएको उल्लेख गरेकी छन् र नोटमा उनले आफ्नो जीवन अन्त्य गर्ने कायर निर्णयको कारक सुरजलाई उल्लेख गरेकी छन् ।
'अब मैले बाँच्नुपर्ने कुनै कारण छैन् । म माया चाहन्थेँ । मैले तिम्रो लागि धेरैथोक गरेँ र म हाम्रो लागि काम गरिरहेको थिएँ । मेरो भविष्य बर्वाद भयो । मेरा खुशीहरु लुछिए । तिमीले मेरो मायालाई कहिल्यै महत्व दिएनौं र मलाई लत्यायौं । अब म मा कुनै साहस र हिम्मत बाँकी नै छैन् । मेरा सबै सीप र आकांक्षाहरु तिमीले लग्यौ । तिमीले मेरो जीवन बर्बाद बनायौं', जस्ता सब्दहरु उनले लेखेकी छन् ।
-एजेन्सी
मुम्बईस्थित २७ तले विश्वकै महँगो घरको सूचीमा

भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवास एन्टिलिया विश्वकै महँगो घरको सूचीमा परेको छ ।
फोर्ब्सका अनुसार साढे २१ अर्ब डलर सम्पत्तिका मालिक मुकेशको घर चार लाख वर्गफिटमा फैलिएको छ । घर बनाउन अम्बानीले करिब दुई अर्ब डलर खर्च गरेका थिए । एन्टिलियाको छ तलामा पार्किङ छ । बलरुम, थियटर, बार, तीनवटा हेलिप्याड छन् । यसमा काम गर्न छ सय कर्मचारी खटाइएका छन् भने छिमेकीले भने यो घरलाई सम्पत्तिको अभद्र प्रदर्शन भनेका छन् । केहीले सहरको सौन्दर्य नै बिगारेको आरोप समेत लगाएका छन्।
-एजेन्सी
फ्रान्सेली राष्ट्रपतिले जापानलाई चीन भनेपछि के भयो
२५ जेठ,
फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्ड जापानको तीन दिने भ्रमणमा हुनुहुन्छ । तर, त्यहाँ उहाँले अनौंठो परिस्थितिको सामना गर्नु भएको छ ।टोक्योमा भएको एक पत्रकार सम्मेलनमा ओलान्ड अल्जेरियनमा मारिएका १० जापानीको प्रशंग उठाइरहनु भएको थियो । मृतकप्रति संवेदना व्यक्त गर्दै उहाँले भन्नुभयो-’म फ्रान्सको जनताको तर्फबाट मृतक चिनियाँ नागरिकप्रति श्रद्धान्जली व्यक्त गर्छु ।’ जापानीको सट्टा चिनियाँ नागरिक भने पनि उहाँले सच्याउनु भएन ।
यद्यपी पत्रकार सम्मेलनमा उपस्थित अनुवादकले तत्काल सच्याएको छ । पछिल्लो दिनमा जापान र चीनको सम्वन्ध राम्रो छैन । पछिल्लो १७ वर्षमा जापान भ्रमण गर्ने पहिलो फ्रान्सेली राष्ट्रपति ओलान्ड हुन् । -बीबीसीको सहयोगमा
सुतेकै अवस्थामा कोरियामा नेपालीकोमृत्यु
जेठ २४,
रोजगार अनुमति प्रणालीबाट दक्षिण कोरिया आएका एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । ललितपुर झोछी -२ का ३२ वर्षीय राजेश महर्जनको शुक्रवार बिहान मृत्यु भएको हो ।महर्जनले श्वासप्रश्वासमा कठिनाइ भए जस्तै गरी बिहान २.३० बजे आवाज निकालेको सँगै सुत्ने साथीलाई उद्रित गर्दै श्रम सहचारी अनिल गुरुङले जानकारी दिनुभयो । तत्काल उनलाई उठाउन खोज्दा नउठेपछि कम्पनी मालिकको सहयोगमा हस्पिटल लगिएको गुरुङ्गले बताउनुभयो । बिहीबार बिदा भएका कारण महर्जनले केही मादक पदार्थ सेवन गरेको सँगै काम गर्ने साथीको भनाई थियो ।
उनी उल्सान स्थित कोरिया स्पेसल ग्याईन्डिङ् ह्वील कम्पनीमा कार्यरत थिए ।महर्जन चारबर्ष अघि कोरिया आएका थिए । बिबाहित मर्हजनका श्रीमती, एक छोरी र बाबु आमा रहेका छन् । हाल उनको शव नजिकैको हस्पिटलमा हखिएको र घटनाबारे परिवारलाई जानकारी गराई सकिएको श्रमसहचारी अनिल गुरुङ्गले बताउनु भयो । यही प्रकृतिको बिमारका कारण गत साता भोजपुर चाम्पे ८ का ३१ बर्षिया लोकेन्द्र (स्माली) मगरको निधन भएको थियो ।
रुसी राष्ट्रपतिले किन आफ्नी श्रीमती संग डिभोर्सको घोषणा गरे
जेठ २४,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनकी श्रीमती ल्यूडमिलाले टेलिभिजनमार्फत अलगिएको घोषणा गरेका छन् । ६० वर्षीय पुटिन र ५५ वर्षीया ल्यूडमिलाले २९ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका हुन् । रसिया–२४ टेलिभिजनको एक कार्यक्रममा सम्बन्ध विच्छेदबारे सोधिएको प्रश्नमा राष्ट्रपति पुटिनले भने–‘त्यो सही हो ।’
ल्यूडमिलाले सम्वन्ध विच्छेद दुबैको निर्णय भएको बताएकी छिन् । दुबैले एक अर्काको बास्तविकता बुझेर छुट्टिने निर्णयमा पुगेको उनले बताइन् । पुटिन र ल्यूडमिला २०१२ मे ७ मा पुटिनले आफ्नो तेस्रो कार्यकालको सपथ लिने क्रममा सार्वजनिक रुपमा एकसाथ देखिएका थिए ।
सम्वन्ध विच्छेद घोषणा भइरहँदा पुटिन मौन थिए भने ल्यूडमिला खुसी मुद्रामा थिइन् । ल्यूडमिलाले आफुलाई प्रचार मन नपर्ने र जहाज उडन पनि त्यति मन नलाग्ने बताएकी छिन् । लामो समयदेखि रुसी राष्ट्रपतिको सम्बन्ध बिच्छेदको हल्ला चलिरहेका बेला हालै दुवै जनाले त्यसलाई स्वीकार्दै सेफ ल्याण्डको कोसिस गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पुटिन दम्पत्तिका दुई छोरी छन् ।
सामूहिक बालात्कार अभियोगमा भारतमा तीन नेपाली पक्राउ
जेठ २४,
एक अमेरिकी पर्यटकलाई सामूहिक बलात्कार गरेको अभियोगमा भारतमा तीन नेपाली पक्राउ परेका छन् ।हिमाञ्चल प्रदेशमा गत मंगलबार एक अमेरिकी पर्यटकमाथिको सामूहिक बलात्कार गरेको अभियोगमा तीनै जना नेपाली ट्रक ड्राइभर हुन् । नेपाली नागरिक भएपनि उनीहरु लामो समयदेखि हिमाञ्चल प्रदेशमा बस्दै आएको प्रहरीले जनाएको छ ।
भारतीय समाचार संस्था आईएएनएसका अनुसार पक्रउ पर्नेहरु अर्जुन, लक्की र सोमबहादुर नाम गरेका नेपाली नागरिकहरु हुन् । स्थानीय प्रहरी अधिकारीको हवाला दिंदै समाचारमा जनाइएअनुसार उनीहरुलाई बिहीवार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो ।
एक रिसोर्टमा जान लागेकी ३० बषिर्य ती अमेरिकी पर्यटकले रातको समयमा ट्याक्सी नपाएपछि ट्रकमा लिफ्ट लिएकी थिइन् । ती ट्रक चालकले उनलाई अन्यत्रै लगेर सामूहिक बलात्कार सँगै लुटपाटसमेत गरेको ती पर्यटकले प्रहरीसमक्ष उजुरी गरेकी छिन् ।स्वास्थ्य परिक्षणबाट पर्यटकमाथि यौन हिंसा भएको पुष्टी भएको र थप परिक्षणका लागि नमूना फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले जनाएको छ ।घटनामा संलग्न सवारीसाधन बुधबार नै पक्राउ गरिएको थियो भने अभियुक्तहरुलाई बिहीवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एजेन्सी
म राष्ट्रपतिको निर्वाचनमा उठ्छु : सु की
जेठ २४,

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले आफू म्यानमारको राष्ट्रपति पदमा निर्वाचनमा उठ्ने इच्छा व्यक्त गर्नुभएको छ । उहाँले सन् २०१५ मा म्यानमारमा हुन गइरहेको राष्ट्रपदीय निर्वाचनमा आफू उमेदवार बन्ने इच्छा देखाएको समाचारमा म्यानमारबाट विश्वका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।उनीहरूका अनुसार आगामी निर्वाचनमा नेत्री सुकीले राष्ट्रपतिमा उमेदवारी दिई देशलाई आगामी दिनमा नेतृत्व प्रदान गर्ने योजना बनाएको बताएका छन् । हाल म्यानमारको संसदमा प्रतिपक्षी दलको नेताका रुपमा रहनुभएको उहाँले सन् २०१५ को आम निर्वाचनपछि आफूले म्यानमारका नागरिकलाई नेतृत्व प्रदान गर्न इच्छुक रहेको बताउनुभएको हो । ‘म राष्ट्रपति पदका लागि उमेदवार बन्नेछु र मलाई लाग्छ यस विषयमा म आफू खुला रुपमा प्रस्तुत हुन चाहन्छु’- उहाँले बिहीबार बताउनुभएको समाचारमा जनाइएको छ ।
म्यानमारको राजधानी नाइपिदवामा जारी रहेको वल्र्ड इकोनोमिक फोरमका प्रतिनिधिहरूसँग उहाँले सो सार्वजनिक गर्नुभएको समाचारमा जनाइएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीले यो पहिलो पटक आफू राष्ट्रपति हुने विषय बिहीबार पहिलोपटक सार्वजनिक गर्नुभएको हो । पूर्वी एसियाली राष्ट्रका प्रतिनिधिहरू सहभागी सो फोरममा उहाँ पनि सहभागी हुनुभएको छ । नेत्री सुकीले म्यानमारमा प्रजातन्त्रका लागि कम्तीमा पनि दुई दशक समय जेलभित्रै बिताउनुभएको छ ।म्यानमारको वर्तमान संविधानले विदेशीसँग विवाह गरेको वा उसका बालबालिका पनि विदेशी नागरिकबाट जन्मिएका छन् भने त्यस्तोलाई म्यानमारको राष्ट्रपतिको उमेदवार हुन दिएको छैन ।
सुकीका पति बेलायती थिए हाल सुकीका दुई छोरा पनि उनीबाट नै जन्मिएका हुन् । सुकीले आफू राष्ट्रपति हुने समाचार सार्वजनिक गरेलगत्तै यो कानुनी प्रावधान पनि बाहिर आएको छ ।म्यानमारको सैनिक सहयोगको सरकारले हालैका दुई वर्षयतादेखि राजनीतिक सुधारका काम अघि सारेको छ । सोही सुधार बमोजिम नै म्यानमारमा गत वर्ष उपनिर्वाचन भएको हो । सो निर्वाचनमा सुकीको दलले दुई तिहाइभन्दा पनि बढी मत प्राप्त गरेपछि हाल उहाँ संसदमा विपक्षी नेता हुनुहुन्छ ।
रासस/एएफपी
मिनिस्कर्ट नलगाउन सरकार द्वारा निर्देशन
जेष्ठ २३,
चिनियाँ प्रहरीले महिलालाई यौन हिंसाबाट जोगाउन सार्वजनिक यातायातमा
गर्मीको बेला मिनिस्कर्टजस्ता भड्किलो पोसाक नलगाउन आग्रह गरेका छन् ।
राजधानी बेइजिङको लोक सुरक्षा ब्युरो सम्बद्ध यातायात विभागले महिलाका लागि
यो दिशानिर्देश जारी गरेको हो । पर्स वा पत्रिकाले अन्तरवस्त्र छोपेर बस्न
र अग्लो सिटमा सकेसम्म नबस्न प्रहरीले भनेको छ ।
पूर्वसतर्कता अपनाएमा
अरूले तस्बिर खिच्ने सम्भावना कमै हुने प्रहरीको सुझाव छ । सार्वजनिक
यातायातमा सवारी गर्दा चिनियाँ महिलाले थुप्रैखाले उत्पीडनको सामना
गर्नुपर्छ । त्यहाँका अधिकांश बसमा क्यामेडा जडान गरिएको हुन्न । यस्तोमा
यौन उत्पीडनसम्बन्धी उजुरीको छानविन गर्न प्रहरीलाई धौ धौ पर्ने गर्छ ।
यस्तो घटनामा आरोपित पुरुषलाई बढीमा १५ दिनसम्म थुनामा राख्न सकिन्छ ।
चीनमा कम्युनिस्ट शासनको स्थापना हुनेबित्तिकै माओत्से तुङले आधा आकाश
महिलाले भरिएको बताएका थिए । यति हुँदाहुँदै पनि चीनमा महिलाप्रतिको पुरानो
सामाजिक परम्परा कायमै छ । सरकारी सेवा र निजी कम्पनीमा कार्यरत महिला र
पुरुषको अनुपातमा ठूलो अन्तर छ ।
-एजेन्सी
नवाज शरीफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ
जेठ २२,
जेठ २२,
आज नवाज शरीफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । बुधबार पाकिस्तानको राष्ट्रिय एसेम्ब्लीले शरीफलाई दुई तिहाई बहुमतले प्रधानमन्त्रीमा चयन गरेको थियो । ३ सय ४२ सदस्यीय एलेम्ब्लीमा शरीफले २ सय ४४ मत पाउनु भएको थियो । पाकिस्तान पिपुल्स पार्टी पीपीपीका उम्मेदवार मख्दुर अमीन फहीमले ४२ र इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफका जावेद हाशमीले जम्मा ३१ मत पाउनु भएको थियो र प्रधानमन्त्री हुन शरीफलाई मात्र १ सय ७२ भोट आवश्यक थियो ।प्रधानमन्त्रीमा निर्वाचित भएपछि शरीफले लोकतन्त्रिक बाटोबाट अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ र पाकिस्तानको इतिहासमा सैन्य शासनकाल प्रति इगिंग गर्दै उहाँले लोकतन्त्रको मुख थुन्दा संविधान र कानुनको सत्तामा चोट पुगेको बताउनु भएको छ ।
भारतको हिमाचलमा अमेरिकी पर्यटकको सामूहिक बलात्कार
२१ जेठ,
भारतको हिमाचल प्रदेशमा ३० वर्षीया अमेरिकी पर्यटक माथि सामूहिक बलात्कृत भएको छ । प्रहरीले घटनाको पुष्टी गरि सकेको छ । घटना मनालीमा भएको हो र लिफ्ट दिने बहानमा ट्रक चढाएर युवाहरुको समूहले अमेरिकी पर्यटकको सामूहिक बलात्कार गरेका हुन् । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउमा पर्न सकेको छैन । प्रहरीका अनुसार पीडित अमेरिकी महिला ३ जून मा साथीहरु ससँगै दिल्लीबाट मनाली पुगेकी थिइन् र उनले पुरानो इलाकामा एक होटलमा कोठा लिएकी थिइन् । साँझ वशिष्ठ गएकी उनी र्फकन ढिला भएपछि उनी मध्यरातमा पुरानो मनाली र्फकन खोजिन् ।
यसरि त्यही समयमा संदिग्ध व्यक्तिहरुले देखेपछि उनलाई लिफ्ट दिएर मनालीको सट्टा रोहतांगत तर्फ लागेका थिए र करिव २० किलोमिटर पर लगेर उनलाई सामूहिक बलात्कार गरेको बताइएको छ । उनीहरुले ती अमेरिकी पर्यटकलाई विहान ४ बजे मनाली बस स्टपमा ल्याउर छाडेका थिए । बलात्कारी ३ जना भएको बताइएको छ ।
-एजेन्सी
इजिप्टमा १५ अमेरिकी नगरिकलाई ५ वर्षको जेल सजाय
जेठ २१,
अमेरिकी गैरसरकारी संस्थामार्फत अवैध रुपमा काम गरेको र आन्तरिक मामिलामा हस्तक्षेप गरेको ठहर गर्दै अदालतले उनीहरुलाई सजाय सुनाएको हो । मुद्दाभएकोमा उनिहरु अदालतमा हाजिर हुन नगएपछि उनीहरुलाई ५ वर्ष र अदालतमा उपस्थित हुने एक जनालाई २ वर्षको जेल सजाय सुनाइएको छ र न्यायाधीश मक्रम अवादले १० वटा एनजिओ बन्द गर्न निर्देशन दिएको बीबीसीले बताएको छ ।
जसमा अमेरिकाको इन्टरनेशनल रिपब्लिकन इन्टिच्युट र नेशनल डेमोक्रेटिक इन्सटिच्युट समेत उक्त निर्देसनमा परेका छन छन् । ती संस्थाहरुमाथि अवैध रुपमा संचालन भएको साथै आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप समेत लगाएको छ । इजिप्ट सरकारले सन् २०११ को डिसेम्बरमा ती विदेशी संस्थामा छापा समेत मारेको थियो ।
एजेन्सीको सहयोगमा
चीनमा कुखुरा पोल्ट्री प्लान्टमा आगलागी, १ सय १२ को मृत्यु
२० जेठ,
चीनको एक कुखुरा पोल्ट्री प्लान्टमा भएको आगलागीमा परि कम्तिमा १ सय १२ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी सिन्हृवाका अनुसार जिलिन प्रान्तको देहुई मेस्थित बुड पोल्ट्री प्लान्टम सोमबार बिहान आगलागी भएको थियो र आगलागी सुरु हुनु अघि इलेक्ट्रोनिक सिस्टममा तीन विस्फोटनको आवाज सुनिएको थियो । पोल्ट्री प्लान्टमा रहेका करिव १ हजार कर्मचारीलाई भने उद्दार गरिएको बताएको छ ।
टर्कीमा बन्धक भएका ९ नेपाली हिरासतमा
जेष्ठ २०,
दुबईबाट ग्रीस लैजाने बेला टर्कीमा अपहरणकारीको फन्दामा फरेका ९ नेपाली कामदार त्यहाँबाट उम्कन सफल भए पनि उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । अपहरणकारीकै फन्दामा रहेका अन्य चार जनाको अवस्था भने अज्ञात छ बाएयेको छ ।केही दिनअघि टर्कीमा बन्धक बनाउने आपसी गिरोहबीच विवाद भएपछि भागेकामध्ये ९ जना नेपालीलाई हिरासतमा सुरक्षित राखिएको टर्की प्रहरीले जनाएको हो । टर्की प्रहरीले गैरकानुनी रूपमा त्यहाँ बसेको आरोपमा पक्राउ गरेर थुनामा राखेको टर्कीस्थित नेपाल कन्सुलरले बताएको छ ।
टर्कीस्थित नेपाल कन्सुलरले जनाएको छ । कन्सुलरले महानगरीय प्रहरी अपराध महाशाखालाई पठाएको पत्र अनुसार चित्रबहादुर पुन, दलबहादुर बुढाथोकी, कुर्साङ तामाङ, तिलक पुन, झपेन्द्रबहादुर खड्का, मेघबहादुर छन्त्याल, वीरबहादुर पुन, तुलबहादुर घर्ती मगर र सुरेश पुन हिरासतमा रहेका छन ।
उनीहरूलाई प्रक्रिया पूरा गरेर नेपाल र्फकन क लागि एक महिना लाग्ने टर्की प्रहरीले नेपाल कन्सुलरलाई जानकारी दिएको छ । बन्धक बनाइएका नेपाली रिहाइका लागि परिवारले त्यहाँ पैसा पठाउँदासमेत रिहा भएका थिएनन् । 'गैरकानुनी रूपमा यहाँ बसेकाले उनीहरू प्रहरी हिरासतमा छन्,' टर्की प्रहरीले नेपाल प्रहरीलाई पठाएको इमेलमा भनिएको छ, 'उनीहरूबारे चिन्ता लिनु पर्दैनभनिएको छ।
बैदेशिक रोजगारीका लागि दुबई पुगेका नेपालीलाई त्यहाँ एजेन्टले ग्रीसमा राम्रो रोजगारी भएको लोभ देखाएर उनीहरुलाई समुद्री, पैदल र अन्य बाटो अपनाएर टर्की पुर्याएका थिए । करिब एक महिना लगाएर उनीहरूलाई ग्रीस लैजाने भन्दै टर्की पुर्याएपछि कोठामा बन्धक बनाइएको थियो । टर्कीमा बन्धक बनाएर फिरौती रकम लिएपछि पनि बन्धक बनाइएका रोल्पाका झपेन्द्र खड्काको परिवारले प्रहरीमा उजुरी दिएपछि अपहरणको यस्तो रहस्य खुलेको हो ।
पटक-पटक गरेर घरबाट पैसा आइन्जेल एउटा व्यक्तिबाट १० देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले बताएको छ । घरबाट पैसा पठाउन नसक्ने भनेपछि उनीहरूले अपहरित व्यक्तिको चिनजानमा रहेका नेपालीलाई बोलाउन लगाएपछि मात्र छाड्ने गरेका थिए । दलालको जालमा परेर टर्की पुगेका नेपालीको उद्धारका लागि टर्कीका लागि नेपाली वाणिज्यदूतमार्फत कुरा भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थले बताए ।
टर्कीमा बन्धक बनाएर राख्नेलाई कुटपिट गरी १६ नेपाली त्यो कोठा छाडेर भागेको खबर आएको थियो । त्यहाँ झगडा भएपछि पुगेको टर्की प्रहरीले ९ नेपालीसहित अन्यलाई नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले इन्टरपोलमार्फत टर्की प्रहरीलाई पत्राचार गरेपछि बंगलादेश, पाकिस्तान र श्रीलंकन प्रहरीले आफ्नो नागरिकसमेत त्यहाँ रहेको जनाउँदै उद्धारका लागि संयुक्त पहल थाल्न अनुरोध गरेका छन् । यही गिरोहको जालमा परेर दुबईबाट टर्की पुगेका चार नेपाली भने स्वेदश फर्किसकेका छन् । बुटवलका अच्युत कँडेल, दोलखाका होम जिरेल, महेन्द्र कसाई र राजु नेपाली भने नेपाल आइसकेका छन् ।
-कान्तिपुर
-कान्तिपुर
हेलिकप्टर दुर्घटना सबै सकुसल
जेठ १९,
उत्तर पुर्ब इरानी रास्ट्रपति ले यात्रा गरिरहेको हेलिकप्टर संकटकालिन अवतरण गर्नुपरेको छ। रास्ट्रपति मोहमोउद अहमनिदेजद र सरकारी अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको हो।
दुर्घटना हेलिकप्टर लाई बिमान चालकले संकटकालिन अवतरण थिए। राष्ट्रपतिलगायत सबै सकुशल रहेका जनाएको छ । उत्तर-पूर्वी इरानको एक पहाडी क्षेत्रमा एक स्थानीय परियोजनाको लागि उद्घाट नमा जानलागेका राष्ट्रपति र सरकारी अधिकारीहरू लिएर उडेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । राष्ट्रपति अहमदिनेजाद सो परियोजना उद्घाटन समारोहपछि गाडीमा तेहरान फर्किनु भएको समाचारमा उल्लेख छ ।
यस घटनाको विस्तृत विवरण भने दिइएको छैन र इस्लामिस्ट गणतन्त्र यस राज्यमा राष्ट्रपति अहमदिनेजादको दोस्रो पटकको कार्यकाल समाप्त हुनलागेको छ । यसै बर्ष अगामी जुन १४ को दिनमा इरानमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा आठ जनाले उमेदवारी दिएको बताइएको छ । राष्ट्रपति अहमदिनेजादको आगामी अगस्त ३ तारिखका दिन राष्ट्रपतिको कार्यकाल समाप्त हुादैछ ।
-रासस/एएफपी











