कती प्रहार गर्छौ अझै लासमा म बाचेँको छुशरीरबाट उडेको त्यो सासमा म बचेँको छु।।
लिनु जती सबै लियौ नमेटिने चोट दियौ
खोला फर्कियला भन्ने आसमा म बाचेँको छु।।
बाहिर त बचेँकै छु भित्र कती मरिसके
बाची बाची भनौ भन्दा खासमा म बाचेको छु।।
आँखा बाट पाखा लगायौ दिन चोरी खै के पायौ
सपनीमा तिम्रै बाहुपासमा म बाचेको।।
मेरो जीवन तिमि भित्रि बन्दि भई सकेको छ
उसले भन्छ तिम्रो पर्दाफास म बाचेको छु ।।
प्रेमको जहरमा कहानी बेग्लै छ मेरो यो सहरमा कहानी बेग्लै छ।
अनायासै जिन्दगि भुमरीमा पर्दा
मनको लहरमा कहानी बे ग्लै छ।।
कसैको मायाको खडेरी भएकोले
सुख्खा नहरमा कहानी बेग्लै छ।।।
भित्र भित्र मुटु जलन भएपनि
उनको नजरमा कहानी बेग्लै छ।।।।
शब्द कुन्जमा हराउन थालेपछि
गजलको वहरमा कहानी बेग्लै छ।।।।।
-रोहित अनुरागी



