लिङ्ग परिक्षण केशबाट छुटकारा पाए साहरुखले
बारम्बार विभिन्न खालका गसिप र स्क्यान्डलमा फस्दै आएका बलिउड बादशाह साहरुख खान यतिबेला फेरी चर्चामा छन् । सरोगेसी प्रक्रियाबाट बच्चा जन्माउँने तयारीमा साहरुख र गौरी खान रहेको समाचार पनि बाहिर आएको छ । अर्कोतिर बच्चा जन्माउनु अघि नै छोरा या छोरी भनी परिक्षण गरेको आरोपमा साहरुख खान विरुद्ध उजुरी पनि परेको थियो ।
भारतको कानुनले बच्चा जन्मनु अघि नै लिङ्ग परिक्षण गर्न नपाउँने व्यवस्था गरेको छ ।तर साहरुखले लिङ्ग परिक्षणको बिषयलाई लिएर भोग्दै आएको आरोपबाट छुटकारा पाएका छन् । भारतिय संचारमाध्यमहरुका अनुसार बीएमसीले उनलाई क्लिन चिट दिएको छ । साहरुख खानसँग भएको फोन वार्ता, जसलोक अस्पतालमा गरिएको अनुसन्धान पश्चात साहरुखलाई क्लिन चिट दिइएको हो ।
सोमबार बीएमसीका कर्मचारी साहरुखको निवास पुगेका थिए । तर साहरुख घरमा नभएपछि उनीहरुले खानसँग टेलिफोन वार्ता पनि गरेका थिए । सबै प्रमाण पुर्याएपछि साहरुखलाई लिङ्ग परिक्षणको आरोपबाट मुक्त गरिएको हो ।
साहरुखले आफू कहिले पनि छोरा र छोरीको पक्षमा नलाग्ने बताएका थिए । सबै अनुसन्धान पश्चात बीएमसीले महाराष्ट्रका स्वास्थ्य मन्त्रीलाई साहरुखले कुनै प्रकारको लिङ्ग परिक्षण नगराएको रिपोर्ट प्रस्तुत गरेको थियो । साहरुखले लिङ्ग परिक्षण गराएको भन्दै केही एन.जी.ओ र इन्डियन र्याडिओलोजिकल एन्ड इमेजिङ एसोसियसनले उजुरी गरेका थिए ।
नायिका नाङ्गिंदा गजितलाई तनाव
मायाज बार’बाट डेब्यू गरेका नायक गजित बिष्ट अहिले आफ्नो नयाँ चलचित्र ‘लभ फरेभर’को प्रचारमा सक्रिय छन् । जेठको अन्तिम सातामा प्रदर्शनमा आएको ‘सुपारी’ले कुनै कमाल मच्चाउँन नसकेपछि गजित ‘लभ फरेभर’कै आशमा छन् । तर चलचित्रमा समावेश उनी र नायिका सुमिना घिमिरे बिचको उत्तेजक दृश्यले चर्चा पाएपछि उनलाई पर्नु पिर परेको छ ।चलचित्र ‘लभ फरेभर’लाई सेक्स केन्दि्रत भनेर दर्शकले वुझेपछि गजितलाई आपत्त परेको हो ।
गजित भन्छन्, ‘चलचित्रमा सेक्स मात्र छैन अन्य धेरै कुरा पनि छन् ।’ उनले चलचित्रमा आफूले रियल स्टन्ट गरेको दाबी पनि गरे । ‘यो चलचित्रमा मैले निक्कै मिहिनेत गरेको छु’, गजित भन्छन् ।
उनले चलचित्रमा समावेश द्वन्द्वको दृश्यमा आफूले वायर, म्याट, स्पि्रङ बोर्ड केही पनि प्रयोग नगरेको बताए । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई शंकर आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा नायक निरज बराल, राज आचार्यको पनि अभिनय छ ।
onlinekhabar
‘सेक्स की कथा’
जेठ २९,
असार ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘अप्रिल फुल’को निर्माणपक्षले आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी सिनेमाको बारेमा जानकारी दिएको छ । कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता विनोद लामिछानेले ‘अपि्रल फुल’ भित्र सेक्स नरहेको दाबी समेत गरेका छन् ।
यस्तै निर्देशक भद्र भुजेलले चलचित्रको कथा राम्रो रहेकाले चलचित्र चल्ने विश्वास गरेका छन् । तर चलचित्रको प्रोमो हेर्दा भने दर्शकलाई सिनेमाले नग्नता बेच्न खोजेको आभास पक्कै भएको छ । भद्र भुजेलको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण न्यौपाने र देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।
कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव केशव भट्टराइले एकैसाथ सिनेमा प्रदर्शन गर्न भन्दा पनि थोरै थोरै स्टेशनमा प्रदर्शन गर्न सुझाव समेत दिए । कार्यक्रममा चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र संघका महासचिव प्रदिप उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले समेत उक्त चलचित्र लाई शुभकामना दिएका थिए।
-eonlinekhabar
बलिउडमा तिन सेक्सी हिरोइनको भिडन्त, बाजी कसले मार्ला ?
यो बर्ष बलिउडमा तिन सेक्सी नायिकाहरुको भिडन्त हुने पक्का भएको छ । यसैले पनि यो बर्ष बलिउड बजार तातिने देखिएको छ । ट्विटरमा उत्तेजक फोटो राखेर चर्चामा आइरहने मोडल पूनम पाण्डे अभिनित चलचित्र ‘नशा’ जुलाई २८ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा पूनमले निक्कै हट र जिब्रो टोक्ने खालका दृश्य समेत दिएको बताइएको छ । यस्तै पोर्न स्टार सनी लियोनीले अभिनय गरेको चलचित्र ‘रागिनी एमएमएस २’ पनि यसै बर्ष प्रदर्शनमा आउने भएको छ । चलचित्रमा सन्नीको जवानी छताछुल्ल भएको छ । यता यसै बर्ष अर्की हट मोडल शर्लिन चोपडाले अभिनय गरेको चलचित्र ‘कामसुत्र थ्री डी’ पनि समेत प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा नायिका चोपडाले न्यूड सिन दिएको बताइएको छ । उनले न्यूड भएर २० पुरुषको अघि नाँचेको समेत बताइएको छ ।

यो बर्ष प्रदर्शनमा आउन लागेका तिन हट नायिकाको सिनेमाले बलिउड बजारलाई पक्कै पनि गर्माउने छन् । तर एकअर्काको लागि नै खतरा बनिरहेका तिन हट नायिका मध्ये बाजी कसले मार्छ, त्यो चाही हेर्न बाँकी नै छ।
-एजेन्सी
तपाइलाई थाहा छ ? यसरी गर्नु पर्छ चुम्बन
तपाईलाई चुम्बन गर्न कत्तिको मन पर्छ ? तपाई लाई धेरै मन पर्छ होला ? अनि पुरुष या महिला कसलाई बढी चुम्बन गर्न मन लाग्ला ? महिला र पुरुषमा को धेरै कामुक हुन्छन् भन्दा यसको लागि शारीरिक सम्बन्धको समयमा एक अर्काको क्रियाकलाप देखेर सजिलै अनुमान लगाउन सकिन्छ । तर चुम्बनको कुरा गर्दा महिलाको दाँजोमा पुरुष चुम्बनमा बढी आकर्षित तथा लालायित अवस्य हुन्छन् । पुरुषहरु महिला संग चुम्बन गर्न बढी नै आकषिर्त हुन्छन् । यो कुरा हालै गरिएको सर्वेक्षणले सावित गरेको छ । सर्वेक्षण्का अनुसार महिलाको तुलनामा पुरुषहरु गिलो चुम्बन गर्न धेरै उत्सुक हुन्छन् ।
यसको कारण स्त्रीसंग सम्बन्ध बढाउनको लागि पुरुषहरु उत्तेजनाका सबै अंगहरु तयार बनाउन चुम्बनको सबैभन्दा महत्वपुर्ण भुमिका हुन्छ । अध्ययनका अनुसार पुरुषहरु महिलामा यौन इच्छा कति छ थाहा पाउन चुम्बनको माध्यमबाट जान्न सक्छन । पहिलो पटक यौन सम्बन्ध राख्दा पुरुष धेरै समय चुम्बनमा जोड दिन्छ, यसले महिलामा रहेको यौन इच्छाको आंकलन गर्न सकिन्छ ।
रुजर विश्वविद्यालयमा गरिएको एक शोधका अनुसार पुरुष चुम्बनको समयमा जिभको धेरै प्रयोग गर्छन् र पुरुषले आफ्नो लारको प्रयोग महिलामा यौन सम्बन्ध स्थापित गर्न र उत्तेजना बढाउनको लागि प्रयोग गर्छन् । हालै इन्टरनेटमा गरिएको एक सर्वेक्षणमा पुरुष चुम्बनको माध्यम बाट नै महिलालाई चरम सन्तुष्टि प्रदान गर्ने कोशिश गर्छन् । चुम्बनको दौरानमा लारको प्रयोग गर्दा एक प्रकारको रसायनिक प्रतिक्रिया उतपन्न हुन्छ । यसको कारण यौन सम्बन्धका दौरानमा उत्तेजना पैदा गर्ने स्नायुतन्त्रमा बदलाव हुन्छ र यसरी नै उत्तेजना पैदा हुने गर्दछ ।
प्रियंका का बुबाको निधन
जेठ २७,
भारतीय नायिका प्रियंका चोपडाका बाबु डा. अशोक चोपडाको निधन भएको छ । उनको सोमबार भारतको मुम्वइ स्थित कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको जानकरी दिएको छ ।
डा. चोपडा सन २००८ बाट क्यान्सरबाट पीडित थिए । निधनका समय नायिका चोपडा, उनकी आमा र भाइ पनि अस्पतालमा नै थिए । नायिका चोपडा आफ्ना बाबु सँग समय बिताउन भन्दै आइतबार मात्रै अस्पताल पुगेकी थिइन् र उनले केहि दिन अघि बाबुको स्वास्थ्य लाभको कामना गर्दै पूजा पनि लगाएकी थिइन् ।
बलिउडका विभिन्न कलाकारले चोपडाको निधन प्रति सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
एजेन्सी
पुनम फेरी चर्चामा के गरिन फेरी पुनमले
अभिनेत्री पुनम पाण्डे बलिउडमा कन्ट्रोबर्सी क्वनका रुपमा परिचीत छिन्। उनि बलिउडमा आफ्नो चर्चाको केही कमी महसुस भयो की उनि केही न केही हत्कन्डा अपनाउछिन्। जसको कारणले गर्दा उनि सधै चर्चामा रहन सफल हुन्छिन । सधै आफैले हत्कन्डा गरेर आफुलाई चर्चाको लिस्टमा पार्न सफल पाण्डे अहिले पनि निकै चर्चामा छिन्। यतिबेला पाण्डे कुनै हत्कन्डाका कारणले चर्चामा रहेकी होइनन्। अहिले उनलाई चर्चा चलचित्र नशाले दिलाएको हो। चलचित्रको हालै फस्ट लुक सार्वजनिक गरीएको छ। नशाको रिलीजको निर्माण पक्षले आगामी जुलाई महिना तोकेको छ।
मेरी आमा त्यो दिन एकदम खुसी भइन् ,जुन दिन उनले मैले नशा चलचित्र अभिनय गरेको थाहा पाइन्। पुनमले भनिन् , चलचित्रको अभिनय मात्र हैन उनले त टि्वटरमा मैले राखेको फोटोको समेत प्रसंसा गर्छिन्। चलचित्र नशामा आफ्नो हट सिनका कारण चर्चा बटुल्न सफल अभिनेत्री पूनमले यसमा सेन्सर बोडले आपत जिनाउने केही दृश्य नरहको भनिन् तर यो चलचित्रमा हटसिन छ तर पोर्न सिन छैन। चलचित्रको कथामा एकदमै राम्रो र सललबहेकोले चलचित्र पनि राम्रो बनेको हुन सक्ने उनको भनाइ छ ।
चलचित्रमा पुनमले जुनियर कलाकारको साथमा पनि बेडसिन दिएकी छन् भने केही सिनमा उनि टपलेसमा समेत देखिएकी छन्। तर यी सिनलाई उनले सामान्य सिन मान्दै आएकी छन्। चलचित्रका निर्देशक अमित सक्सेना हुन् । चलचित्रको सम्पुर्ण काम सकिएको सक्सनाले सार्वजनिक गरेका छन्। अमितले यसअगाडी जोन अब्राहम र बिपासा बसुलाई लिएर चलचित्र जिस्म बनाएका थिए। जुन बलिउडका सफल चलचित्रको लिस्टमा रहेको छ।
-एजेन्सी
-एजेन्सी
उसिनेको आलुको रिमिक्स,‘छोरी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ’
चलचित्र चल्नका लागि गीतसंगीत र संवादको भूमिका महत्वपूर्ण हुन्छ । संवाद हिट भएका चलचित्रहरु सफल भएका छन् । यसअघि ‘सायद’ सिनेमा सफल बनाएर चर्चामा आएका निर्माता सुनिल रावलको नया“ सिनेमा ‘होस्टेल’ पनि अहिले संवादकै कारण चर्चामा छ । यस चलचित्रमा समावेश ‘हट त उसिनेको आलु पनि हुन्छ, केटी भनेको क्यूट हुनुपर्छ’ भन्ने संवाद अहिले चर्चामा छ । यो संवाद सामाजिक संजालहरुमा यति धेरै हिट भएको छ कि यसको रिमिक्स भर्सन पनि प्रशस्त देखिन थालेका छन् । सामाजिक संजाल फेसबुकमा यो संवादलाई नै मध्यनजर राख्दै नया“ नया“ र रमाइला खालका संवादहरु तयार भएका छन् । फेसबुकमा ‘होस्टेल’को संवादलाई आधार बनाएर तयार पारिएका केही रमाइला संवादहरु छ्याप्तछ्याप्ती भेटिन्छन् । केही संवादहरुलाई हामीले यहा“ प्रस्तुत गरेका छौ ।
१. केटा भएपछि ह्यान्डसम र सेक्सी हुनुपर्छ, स्मार्ट त फोन पनि हुन्छ ।
२.प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ ।
३. छोरा भनेको डाक्टर हुनुपर्छ, पाइलट त चुरोट पनि हुन्छ ।
४. ब्याइफ्रेन्ड भनेको प्राइभेट हुनुपर्छ, पब्लिक त ट्वाइलेट पनि हुन्छ ।
५. केटी भनेको सेक्सी हुनुपर्छ, बुलेट त बाइक पनि हुन्छ ।
फेसबुकमा देखिएका यस्ता खालका संवादले आफूलाई खुशी लागेको निर्माता रावलले बताए । यो चलचित्रको सफलताको संकेत पनि हो, उनले भने । दर्शकलाई संवाद मनपरेकाले सिनेमा राम्रो चल्ने विश्वास रावलको छ । अनमोल केसी, सलोन बस्नेत, रिस्ता बस्नेत, गौरब पहाडी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउ“दैछ । चलचित्रलाई हेमरज बीसीले निर्देशन गरेका हुन् ।
-onlinekhabar
मधुलाई बधू बनाउने यस्तो छ राजेश हमालको यस्तो छ योजना
जेठ २५
नायक राजेश हमालको विवाहको विषयमा बजारमा चल्दै आएको बहस अन्ततः सकिने छनक देखिएको छ । कति फ्यानहरुले राजेश हमालसँग बिहे गर्न पाऊँ भनेर वर्षौंदेखि धूप हालिरहेका बेला हमालले मिडियामा सार्वजनिक भएकी धरानकी मधु भट्टराईलाई नै बधू बनाउने भएका छन् । पछिल्लो समय प्रेमिकाको विषयमा खुलेरै कुरा गर्न थालेका नायक हमालले अब चाँडै बिहे गर्ने खुलासा गरेका छन् । युवा ज्योतिष हरिहर अधिकारीले दुई वर्षपछि बिहे गर्दा राम्रो हुन्छ नभनिदिएको भए सायद यतिबेला हमालको घरजम भैसक्थ्यो । तर, अब नायक राजेश हमाल सन् २०१४ को सुरुवातसँगै घरजम बसाउने तयारीमा लागेका छन् ।
हमाल कुनै एकान्तस्थलमा परिवारका केही सदस्य र पत्रकारका साथमा मधुलाई आफ्नो बनाउने तयारीमा छन् । यो विषयमा अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले आफूलाई एकान्त मनपर्ने भएकाले एकान्तमै बिहे गर्ने तयारी गरेको बताए । ‘ठाउँ अहिले नै तय भैसकेको छैन । तर म एकान्त खोज्दै छु ।’- नायक हमालले अनलाइनखबरसँग भने- ‘म भव्य तबरले नाटक गरेर बिहे गर्ने सोचमा छैन । साधारण तर अनौठो तबरले बिहे होस् भन्ने चाहना छ ।’हमालका आफन्त र दिदीहरु अमेरिकामा भएकाले पनि बिहेका लागि केही ढिलाइ भएको हो । चर्चित नायक हमालले भने- यो वर्षभित्र जसरी पनि बिहे गर्छु । तर, यस्तो कुरामा पारिवारिक सल्लाह पनि लिनुपर्ने रहेछ ।’
मंसिरपछि बिहे गर्नुका दुई कारण
नायक हमालले आफ्नो बिहेलाई यो बर्षको अन्तिममा सार्नुका पछाडि दुईवटा कारण छन् । एक त ज्योतिषले सन् २०१४ मा मात्र बिहे गर्नु भनेका छन् । यसैले पुस सकिएपछि मात्रै सन् २०१४ लाग्नेछ । दोस्रो, हमालका दिदीहरु केही समयअघि मात्रै नेपाल आएकाले पुनः अमेरिकाबाट आउन माघसम्म पर्खनुपर्ने बाध्यता छ ।
त्यो फोटो मधुकै हो
सञ्चारमाध्यममा केही महिनादेखि एक तस्बिरलाई नायक राजेश हमालकै प्रेमिका भन्दै सार्वजनिक गरिएको छ । तर, यो बिषयमा हमालले मुख खोलेका थिएनन् । तर, अनलाइनखबरसँग बिशेष कुरा गर्दै राजेशले बजारमा आएको तस्बीर मधुकै भएको बताए । हमालले भने- ‘तपाईले कुन तस्बीर हेर्नुभयो मलाई थाहा छैन, तर बजारमा आएका केही तस्बीर मैले पनि हेरेको छु, जुन मधुको नै हो ।
कसरी हुँदैछ बिहेको तयारी ?
नायक राजेश हमाल बिहे कसरी गर्ने भन्नेमा अझै पनि दोधारमा नै छन् । तर, उनका निकटस्थहरु भने हमाललाई विभिन्न खालका सुझाव दिइरहेका छन् । हमालनिकट स्रोतका अनुसार, हेलिकोप्टर चार्टर गरेर राराताल या मुक्तिनाथ पुगेर उनको बिहेको तयारी गर्न लागिएको छ । हमालले एकान्त ठाउँ रुचाउने भएकाले पनि उनको परिवार काठमाण्डौ बाहिरको कुनै राम्रो स्थल रोज्ने तयारीमा छ । तर, यो बिषयमा हमाल भन्छन्- ‘काठमाण्डौ या मोफसल जहाँ गरे पनि आखिर नेपाल नै हो नि, हैन र ?’
अनौठोतबरले बिहे गर्न खोजेका हमाल विवाहको पार्टी भने निक्कै भव्य दिने योजनामा छन् । बिहेको दिन केही पत्रकार र आफन्तलाई हेलिकोप्टरमा राखेर हमाल काठमाण्डौ बाहिर जाने तयारीमा छन् । चलचित्रकर्मी र आफूनिकटका साथीहरुलाई भने पनि बिहेको केही दिनपश्चात काठमाण्डौमा भोज खुवाउने बताइएको छ ।
-onlinekhabar
शिल्पा सेट्टी का पतिले भने -मेरो बिजनेस नेपालबाट
जेठ २४,
जेठ २४,
![]() |
| राज कुन्द्रा (बायाँ) र नेपाली निर्देशक केसाङ छेतेन । |
बलिउड टाइकून तथा अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्राले शुक्रबार नेपालसँग गाँसिएको आफ्नो जीवनको रहस्य खोलेका छन् ।क्रिकेटको भारतीय प्रिमियर लिग (आइपीएल) मामलामा मुम्बइ प्रहरीसँगको बयानमा कुन्द्राले नेपालबाट आफूले बिजनेस थालेको रहस्य पहिलोपटक सार्वजनिक गरे ।कुन्द्राको बयानबारे एजेन्सीहरूले लेखेका छन्, ‘खलाँसीको छोराबाट म कसरी धनाढ्य बनेँ भनेर मैले भन्नैपर्छ । ९० को दशकअघि नेपालबाट मैले पस्मिना सलको खुद्रा व्यापार गरेर दुबईमा व्यापार गर्थेँ । नेपाल मेरा लागि जीवनको ढोका थियो ।’
राजस्थान रोयल्स क्लवका मालिक कुन्द्राले नेपालबारे यसो भनिरहँदा पत्नी तथा बलिउड हिरोइन शिल्पाले उनका कुरा सुनिरहेकी थिइन् । म्याच फिक्सिङ प्रकरणमा मुछिएको भन्दै मुम्बइ पुलिसले कुन्द्रा दम्पत्तिलाई हिरासतमा लिएको छ ।
छेतेन केरला फेस्टिभलका निर्णायक
नेपाली फिल्ममेकर तथा लेखक केसाङ छेतेन भारतको केरलामा सुरु भएको अन्तराष्ट्रिय डकुमेन्ट्री तथा छोटो फिल्म फेस्टिभलको निर्णायक बनेका छन् । स्थानिय चलचित्र एकेडेमीले आयोजना गरेको फेस्टिभलमा विभिन्न देशका ६६ फिल्मले ६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।फेस्टिभल शुक्रबारदेखि सुरु भएको छ । एसियाबाट पहिलोपटक तीनपटक ग्रीन ओस्कर जितेका माइक पान्डेले फेस्टिभल उद्घाटन गरे । फेस्टिभलमा उनी निर्देशित फिल्महरू ‘लास्ट माइग्रेसन’, ‘ब्रोकन विंग्स’ र ‘वासिङ भल्चर्स’ प्रदर्शन गरिने भएको छ ।
फेस्टिभलमा छेतेनसहित इटालीबाट फिल्म समिक्षक तथा पत्रकार गियानो नाजारो, बलिउड पटकथा लेखक अन्जम राजाबाली, तामिल फिल्म निर्देशक भेट्री मरन, प्रोडक्सन डिजाइनर प्रकाश मूर्ति र मलायन फिल्ममेकर एमआर राजन जुरी छन् ।फेस्टिभलमा फिल्मको दृश्यभाषाबारे विश्वका चर्चित फिल्ममेकरसँग अन्तक्रिया गरिने जनाइएको छ । लोकप्रिय फिल्म समिक्षक नोएल वर्च फेस्टिभलका प्रमुख आकर्षण बन्नेछन् । नेपालबाट सहभागि छेतेन निर्देशित डकुमेन्ट्री ‘को बन्छ लाहुरे’ले स्वदेशमा किम्फ अवार्ड जितेको थियो ।
राजस्थान रोयल्स क्लवका मालिक कुन्द्राले नेपालबारे यसो भनिरहँदा पत्नी तथा बलिउड हिरोइन शिल्पाले उनका कुरा सुनिरहेकी थिइन् । म्याच फिक्सिङ प्रकरणमा मुछिएको भन्दै मुम्बइ पुलिसले कुन्द्रा दम्पत्तिलाई हिरासतमा लिएको छ ।
छेतेन केरला फेस्टिभलका निर्णायक
नेपाली फिल्ममेकर तथा लेखक केसाङ छेतेन भारतको केरलामा सुरु भएको अन्तराष्ट्रिय डकुमेन्ट्री तथा छोटो फिल्म फेस्टिभलको निर्णायक बनेका छन् । स्थानिय चलचित्र एकेडेमीले आयोजना गरेको फेस्टिभलमा विभिन्न देशका ६६ फिल्मले ६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।फेस्टिभल शुक्रबारदेखि सुरु भएको छ । एसियाबाट पहिलोपटक तीनपटक ग्रीन ओस्कर जितेका माइक पान्डेले फेस्टिभल उद्घाटन गरे । फेस्टिभलमा उनी निर्देशित फिल्महरू ‘लास्ट माइग्रेसन’, ‘ब्रोकन विंग्स’ र ‘वासिङ भल्चर्स’ प्रदर्शन गरिने भएको छ ।
फेस्टिभलमा छेतेनसहित इटालीबाट फिल्म समिक्षक तथा पत्रकार गियानो नाजारो, बलिउड पटकथा लेखक अन्जम राजाबाली, तामिल फिल्म निर्देशक भेट्री मरन, प्रोडक्सन डिजाइनर प्रकाश मूर्ति र मलायन फिल्ममेकर एमआर राजन जुरी छन् ।फेस्टिभलमा फिल्मको दृश्यभाषाबारे विश्वका चर्चित फिल्ममेकरसँग अन्तक्रिया गरिने जनाइएको छ । लोकप्रिय फिल्म समिक्षक नोएल वर्च फेस्टिभलका प्रमुख आकर्षण बन्नेछन् । नेपालबाट सहभागि छेतेन निर्देशित डकुमेन्ट्री ‘को बन्छ लाहुरे’ले स्वदेशमा किम्फ अवार्ड जितेको थियो ।
कतिपय नेपाली सेलिव्रेटीले करियरको ढोका मुम्बइमा खोलेको बताइरहँदा बलिउड टाइकुन कुन्द्राले भने नेपाल आफ्नो जीवनको ढोका भएको बताएका हुन् । अमिताभ बच्चन, देव आनन्दले नेपाल नेक्ससबारे बताइसकेका छन् ।
-मेरो सिनेमा
सेक्स नै प्रेम हो
जेठ २२,
बलिउडमा विवादास्पद छवि बनाएकी मोडल तथा अभिनेत्री शर्लिन चोपडा पुनः एक पटक फेरी विवादास्पद भनाईका कारण चर्चामा आएकी छिन्। यतिबेला बलिउड फिल्म ‘कामसुत्र ३ डी’मा ब्यस्त शर्लिनले एक भारतीय पत्रिकालाई अन्तर्वार्ता दिंदै प्रेम बिनाको सेक्स वासना मात्रै हुने बताएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। सेक्सको मजा त्यतिखेर आउँछ, जब आफ्नो ‘पार्टनर’सँग प्रेम गरिन्छ भन्दै शर्लिनले बिना प्रेमको सेक्स वासना बाहेक केही नहुने बताएकी हुन्।
उनले पार्टनरसँग प्रेम बिनाको सेक्समा आनन्द नआउने समेत बताएकी छिन्। शर्लिनले सेक्सले प्रेमलाई गाढा बनाउने समेत बताएकी छिन । यस अघि आफूले कयौं पटक ‘पेयड सेक्स’ गरेको प्रतिक्रिया दिएर चर्चामा रहेकी उनले चर्चित अन्तर्राष्ट्रिय पुरुष पत्रिका ‘प्लेब्वाई’मा न्यूड फोटोसुट समेत गराईसकेकी छिन्।
यद्देपी अहिले भने उनी आफ्नो फिल्म ‘कामसुत्र ३ डी’मा नै ब्यस्त छिन्। जसमा उनको अभिनयमा धेरै नै न्यूड दृष्य भएको अनुमान गरिएको छ ।
माधुरी र नसीरुद्दीन बिच रोमान्स भएको खुलासा
जेठ २२,
माधुरी दीक्षित र नसीरुद्दीन शाह पहिलो पटक ठूलो पर्दामा रोमान्स गर्दै संगै देखिदै छन् । ‘डेढ इश्किया’ नामको चलचित्रमा यि दुई जोडीको रुपमा देखिन लागेका हुन । फिल्मलाई अभिषेक चौबेले निर्देशन गरेका छन् भने अभिषेककले २०१० मा ‘इश्किया’ निर्देशन गरेका थिए । भारतीय मिडियामा आएका समाचार अनुसार फिल्ममा माधुरी र नसीरुद्दीन बिच केहि उत्तेजक दृश्य पनियस फिल्ममा समाबेस भएका छन् । तर निर्देशक अभिषेकले यसलाई अस्वीकार गर्छन् । उनी भन्छन् ‘यो कुरालाई ठुलो बनाइएको छ, फिल्ममा माधुरी र नसीर एकअर्काका प्रेमीको रुपमा देखिएका छन् तर कामुक दृश्य छैन, तर रोमान्टिक दृश्य चाँही अवश्य छ उनि भन्छन ।’
अभिषेकका अनुसार यी दुईको अनस्क्रिन केमेस्ट्री गजबको रहेको बताएका छन् । उनीहरु एक अर्कासँग राम्रा देखिन्छन् । अभिषेक भन्छन् ‘फिल्ममा दुवैले रोमान्स गरेका छन्, यसमा रमाइलो, रोमाञ्च, र अपराध बीच दुई व्यक्ति प्रेममा परेको देखाइएको छ ।’
बलिउड हिरोइनकिन जिया खानले आत्महत्या गरिन् ?
जेठ २२,
बलिउड हिरोइन जिया खान जुहूस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्। एम्बुलेन्समा राखेर नजिकैको आर एन कपुर म्युनिसिपल अस्पताल पुर्याउँदा डाक्टरहरुले पहिलै मृत्यु भइसकेको बताएका थिए। आमा रबिया अमिनसँग बस्दै आएकी उनले झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमहरुलेबताएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुसाइड नोट' फेला नपरे पनि पोष्टमार्टम रिपोर्टले उनको घाँटीमा दवाब परेको देखाएको छ। २५ वर्षीयाजियाले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुसन्धानमा संलग्न मुम्बइ प्रहरीले बताएको छ।
ब्रिटिस-भारतीय जियाले रामगोपाल बर्माको निशब्दमा अमिताभ बच्चनसँगै अभियन गर्दै बलिउड करिअर सुरु गरेकी थिइन्। सन् २००८ मा रिलिज भएको गजनीले उनको अभिनयलाई नयाँ उचाइमा पुर्यादइदिएको थियो भने पछिल्लो पटक उनलाई दर्शकले हाउसफूलमा हेरेका थिए। सन् २०१० मा रिलिज भएको यो सिनेमा नै उनको लागि अन्तिम सिनेमा बन्यो। बलिउडमा उनि जिया खानको नामले परिचित भए पनि सन् २०१२ देखि उनले आफ्नो वास्तविक नाम निफ्सा खान लेख्न थालेकी थिइन्।
उनि लण्डनको चेल्सीमा हुर्केकी उनको शिक्षा वेलायतमै भएको थियो।
-एजेन्सी
नायिकाको अस्लिल भिडियो
नायिका अभिनेत्री ऋषिका सिंहले अभिनेता तथा निर्देशक एस के बशिदविरूद्ध मुद्धा दर्ता गरेकी छिन् । ऋषिकाले आफ्नो बाथरूम र बेडरूमको भिडियो क्लिप्स आफ्नो अनुमति बिना एस के ले युट्युबमा अपलोड गरिदिएको भन्दै अदालतमा मुद्धा दायर गरेकी हुन् । ऋषिकाले निर्देशक एस के ले युट्युबमा आफ्नो भिडियो आउन लागेको नयाँ चलचित्र 'बेन्की बिरूगली' लाई प्रचार गर्नका लागी गरेका हुन् । यस्तै, बलिउड बजारमा भने बशिदले आफ्नो व्यक्तिगत फाइदाको लागी यो भीडियो युट्युबमा हालेको शंका उपसंका गरेका छन् । आफ्नो फाइदाको लागी आफूसँग गलत नियतले काम गरेको भन्दै ऋषिकाले मुद्धा दायर गरेको बताइएको छ।
अझ अचम्मको कुरा के छ भने नायीका ऋषिकाले उक्त भिडियोमा रहेको महिला आफू नभई अरू कोही भएको जिकिर गरेकी छिन् । उनले भनेकी छिन्, 'यो भीडियो सबै गलत हो । यसमा मेरो अनुहारको प्रयोग मात्र गरिएको हो ।' उनले निर्देशक बशिदप्रति लक्षित गर्दै उनले निकै ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिएकी छिन् र भनिन्, 'मैले अदालतमा एक मुद्धा दायर गरेको छु र बशिदको यस्तो खराब कामको सूचना दिइसकिएको छ । 'सुवर्णा सेटेलाईट च्यानलद्धारा गरिएको स्टिङ्गमा यस बारेमा निर्देशक बशिदले चलचित्रका अर्का एक व्यक्तिसँग यो सिनका बारेमा गफ गरेको प्रमाण समेत सुरक्षित राखेको बताइएको छ ।
हेर्नुहोस उक्त भिडियो
नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ
पाल्पा रामपुर–६ स्थायी ठेगाना भएकी सबिना केसी बिबिएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सँगसँगै उनले अभिनय र मोडलिंग लाई पनि अघि बढाइरहेकी छन् । मनमनै चलचित्रबाट अभिनयमा पाइला बढाएकी उनले केही विज्ञापन चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । अभिनयले पढाइलाई असर नपुर्याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन म सक्दिनँ ।’
सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन् र ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा नृत्यमा सधै सहभागी हुने गर्थे । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले अभिनयमा खाफूलाई खार्दै आगाडी लागेको छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी भन्छिन् ।
उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र पछि परिन्छ उनि भन्छिन ।
‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् । सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु उनले भनिन ।
फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले भनिन । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो । खानपिनमा पनि उनी त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन् । कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी रहेको उनि बताउँछिन् ।
-सौस
कसले भन्छ यी सुन्दरी गर्भवती छन् भनेर
कसले भन्छ यी अर्जेन्टिनी सुपर मोडेल तथा अभिनेत्री लुसियाना लोपिलाटोको पेटमा बाछा बढ्दै गएको छ। तर दुइ जिउकि भएपनि यिनको सुन्दरता अझै घतेको छैन। अझै उस्तै सुन्दरता तथा फुर्तिका साथ अल्टिमो ब्राण्डका भित्री वस्त्रको प्रचारमा सेक्सी पोज दिएर तस्वीर खिचाइरहेकी छिन् ।
हुनसक्छ गर्भावस्थाको सुरुवाती चरणमा भएकीले होला यिनको गर्भ पेट पूर्ण रुपमा बढेको देखिदैन,चर्चित गायक मिचेल बबलकी श्रीमती समेत रहेकी लोपिलाटोका पछिल्लो बिकिनी शूट यस्ता छन् ।
- एजेन्सी
माधुरीको हट सिन
बलिउडकी सुन्दरी नायिका माधुरीले एउटा फिल्ममा हट सिन दिने बताएकी छिन ढल्किदो उमेर संगै बलिउड नगरीमा ओझेल पर्दै गएकी मधुरिले डेढ इश्कीयामा नसरुद्दीन शाहसँग हट सिन दिने भएकी हुन् ।विद्या बालन अभिनित फिल्म इस्किया को सिक्वोल बन्न लागेको फिल्म डेढ इश्किया मा माधुरी र नसिरुद्दीनका इन्टिमेट सिन्स समावेश हुने बताइएको छ ।
फिल्म इश्किया विद्या बालन र अरसद बारसी बिचका अन्तरग दृश्य समाबेस थिए। डेढ इश्कियामा उनै अरशद वारसी मुख्य भूमिकामा रहनेछन् उनको अभिनित हुमा कुरौसी संगको रोमान्स रहनेछ।तर यी दुइ को भन्दा भन्दा माधुरी र नसरुद्दिनबीचको रोमान्सले बढि चर्चा पाउने अपेक्षा गरिएको छ ।
-एजेन्सी
दिनेशले गरे रुपा संग मस्ती
संचारकर्मी दिनेश दुलाल र कलाकार रुपा खनालको रोमान्स चलचित्र 'राहदानी ' मा देख्न मजैले पाइने भएको छ।पुर्बका बिभिन्न स्थानमा छायांकन सकिएको यो चलचित्र दिनेश ,रुपा खनाल ,बिनिता घिमिरे ,मोनिका दाहाल लगयेतका कलाकारको अभिनय रहेको छ। डब्बु क्षेत्रिको निर्देसंमा तयार हुनलागेको यो चलचित्र लाई लक्ष्मी ढकाले निर्माण गरेकी हुन्। चलचित्र राहदानी ले बिदेसिने नेपालिको कथा बस्तुलाई उठान गर्ने भनिएको छ।यसघि 'काले'नामक सिनेमा अभिनय गरेका दिनेसले राहदानी बाट नै धेरै आस गरेको बताएका छन
दीपिकाको जवानीले कमायो १ अरब
जेठ १८
बलिऊडक फिल्मकर्मीहरुका लागि सबै भन्दा महत्वको कुरा आफ्नो फिल्मलाई १ सय करोड क्लब मा सामेल गर्नु हो। फिल्मले एक सय करोड अर्थात् १ अरब भारु कमाई गर्यो भने त्यो उनीहरुका लागि निकै गौरब को बिसय बन्ने गर्दछ।फिल्म रिलिज भएपछि कति दिनमा कति अरब कमाउला भनेर दिन गन्ने गरेर बस्ने गरिन्छ । तर बलिऊडको एक फिल्मले रिलिज नहुदै एक अरब कमयेको छ.
दिपिका र रंबिर कपुरको रोमान्टिक जोडीले अभिनय गरेको फिल्म 'ये जवानी है दिवानी ' ले रिलिज नहुदै एक अरब कमाएको छ ५२ करोड मा बनेको योफिल्म सुत्र का अनुसार शुटिंग सुरु हुनु भन्दा अगाडिनै यसले ५५ करोड कमैसकेको थियो एक वितरक कम्पनीले यो फिल्मलाई भारत भर वितरण गर्ने अधिकार पाएको थियो।
त्यस्तै यसको विदेशमा प्रदर्शन गर्ने अधिकार वितरकले २८ करोड भारुमा किनेको छ भने यो फिल्मको गीत एक कम्पनीले ८ करोड भारुमा किनेको छ । यस्तै स्याटेलाइट अधिकार बिक्रि गरी फिल्म निर्माता कम्पनीले थप २१ करोड कमाएको बताइएको छ ।













.jpg)

