चाउचाउ अर्थात समस्याको पोको ?
साना बालबालिका र कजेल पढ्नेहरुको आधा जिन्दगी चाउचाउ खाँदै वित्छ । पकाउन पनि सजिलो र खान पनि टेस्टी हुने भएकाले यसलाई ममी पनि खुस बच्चा पनि खुस भन्ने गरिन्छ । तर, स्वास्थ्यका लागि यो हानीकारक हुन्छ । चाउचाउ खाँदा तपाईको मेहनत र समय त बचाउँछ । तर, भोजनको सट्टा चाउचाउ खाँदा माइग्रेन र ब्लड प्रेसरको समस्या देखापपर्छ । नुनको बढी मात्राले ब्लड प्रेसर बढाउँछ । यदि बालबालिका मान्दैनन भने चाउचाउमा धेरै मात्रमा सागसब्जी मिसाउने र घरका मसलामा बनाएर दिनु उपयुक्त हुन्छ ।
- चाउचाउको प्याकेजमा स्टायरोफोम हुन्छ, जसले क्यान्सर रोग ल्याउन एजेन्टको काम गर्छ ।
- धेरै चाउचाउ खोने महिलाहरुमा पछि मिसक्यारेज हुने सम्भावना बढी हुन्छ । किनकी चाउचाउमा बच्चाको विसासमा प्रतिकुल असर गर्न सक्छ ।
- चाउचाउ खाँदा पेटमा पनि समस्या आउँछ । यसले कब्जियत हुनुका साथै पेट ढुस्स हुन्छ । जसले निकै असहज बनाउँछ ।
- यसले मोटोपन बढाउँछ । यसमा भिटामिन, मिनरल्स र फाइबर हुँदैन भने कार्बोहाइड्रेड हुन्छ । यसमा हुने ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटले मोटोपन बढाउँछ ।
- चाउचाउमा स्वाद दिन मोनोसोडियम ग्लूमेटको प्रयोग गरिन्छ । जसको साइड इफेक्टका रुपमा एजर्ली, माइग्रेन, टाउको दुखाई लगायतका समस्या आउँछ ।
- चाउचाउमा सोडियम धेरै हुन्छ । जसले ब्लड प्रेसर, मुटुको रोग र किड्नीमा समेत समस्या ल्याउँछ ।
तपाइलाई उच्च रक्तचाप छ ? किन हुन्छ जानौ कारणहरू...
उच्च रक्तचापबाट पिडित भएका मानिसहरूको संख्या दिनानुदिन बढ्दै छ । यसले गर्दा हृदयघात तथा अन्य समस्याबाट मानिस धेरै पिडित बनेका छन् । सामान्य कुराहरुमा विचार गर्न नसक्दा हृदयघात तथा अन्य मुटु रोगको कारण उच्च रक्तचापले दु:ख दिने गरेको प्रस्ट हुन्छ । मानिसको उमेर, रहनसहन, खानपिनलाई र ब्यबहरलाई विचार गर्ने हो भने मानिस उच्च रक्तचापबाट जोगिन सकिन्छ । सामान्य रूपमा खानपान तथा नियमित व्यवहारलाई विचार गर्न सके रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापका कारणहरु बारे पनि सामान्य मात्र जानकारी राख्न सके यसबाट अवस्य बच्न सकिन्छ । उच्च रक्तचाप हुनुका कारणहरू के-के छन् त...
- उमेर: मानिसको उमेरसँगै रक्तचापको सम्भावना पनि बढ्दै जान्छ । जब मानिस बृद्ध अवस्थामा पुग्छ उच्च रक्तचापको जोखीम झन् बढ्न जान्छ । बृद्ध अवस्थामा पुगेका मानिसको धमनीहरूको कडा हुँदै जाँदा उच्च रक्तचापको मात्रालाई बढाउने गर्छ ।
- वंशानुगत गुण: मानिसको वंशाणुगत गुणले कारण पनि उच्च मानिसलाई रक्तचापको सम्भावना रहन्छ । परिवारमा पहिले देखी नै कोही उच्च रक्तचापको रोगी छ भने नयाँ पुस्तामा पनि सर्ने सम्भावना उत्तिकै हुन्छ ।
- लिङ्ग: पुरूषलाई बढी उच्च भएमा रक्तचापको खतरा हुन्छ ।
- मोटोपन: मानिसको मोटोपनले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । मोटो मानिसको शरिरमा रहने बोसोको मात्राले शरिरका धमनीलाई कसिलो बनाउँछ जसले गर्दा शरिरमा रगतको प्रवाह आफ्नै गतिले हुन पाउँदैन र यसले रक्तचापको सम्भावना निम्त्याउँछ ।
- नुनको बढी प्रयोग: शरिरमा आवश्यक पर्ने नुनको मात्रा भन्दा बढी नुन प्रयोग गर्नाले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । नुनमा रहेको सोडियमले रक्तचापलाई बढाउन मद्दत गर्छ । सकेसम्म ठिक्क मात्रामा नुनको प्रयोग गर्नु स्वास्थ्यका लागी अवस्य फाइदाजनक हुन्छ ।
- रक्सीको प्रयोग: बढी रक्सी पिउने मानिसलाई पनि रक्तचापले छिटै थला पार्न सक्छ ।
- तनावपूर्ण जीवन: उच्च रक्तचाप बढाउने अर्को कारण हो तनाव । जति धेरै तनाव त्यतिनै उच्च रक्तचापको समस्या हुने गर्छ ।
तपाई सुत्दा घुर्नुहुन्छ उच्च रक्तचाप हुनसक्छ!

एउटाको घुर्ने बानीले अर्कोको निद्रामा बाधा पुर्याउँछ। तर, यसलाई समस्याकै रूपमा भने लिइँदैन। घुर्ने र निद्रामा अचानक आत्तिएर उठ्ने बानी छ भने ख्याल राख्नूस्, त्यो उच्च रक्तचापको संकेत हुनसक्छ। चिकित्सकका अनुसार घुर्ने बानीले रक्तचाप बढाउन सहयोग पुर्याउँछ।
'घुर्दा सास रोकिन्छ भने त्यो अझै खतरनाक हुन्छ,' नभिैक इन्टरनेसनल हस्पिटलका हृदयरोग विशेषज्ञ डा. भारत रावत भन्छन्, 'धेरै घुर्ने, केहीबेरमा घुर्न रोकिएजस्तो हुने र केही समयपछि पुन जोडका साथ घुर्ने प्रक्रिया चल्छ भने त्यो कडा खालको उच्च रक्तचापको लक्षण हो।'
चिकित्सकीय भाषामा 'अटेप्टिभ सिल्प एप्निया' भनिने घुराइ नाक र घाँटीको समस्याले देखिने पनि हुन्छ। धेरैजसो अवस्थामा घुराइले मुटुसँग सम्बन्धित रोगको लक्षणमात्रै देखाए पनि यसको असर मुटु, श्वास–प्रश्वास र मस्तिष्कमा पुग्ने चिकित्सक बताउँछन्। नेपालमा कति प्रतिशत मानिस घुर्छन् भन्ने यकिन तथ्यांक नभए पनि अमेरिकी वयस्कमध्ये कम्तीमा २० प्रतिशतले घुर्ने अध्ययनले देखाएको छ।
चिकित्सकका अनुसार मानिसको शरीरलाई आरामको आवश्यकता भएपछि निद्राको जरुरत पर्छ। सुतेको अवस्थामा रक्तचाप, शरीरको तापक्रम र शारीरिक प्रक्रिया घटेर पूर्ण आरामको अवस्थामा पुग्छ। तर मस्तिष्क, मुटु र श्वासप्रश्वास प्रक्रिया भने सुचारु नै रहन्छ। विभिन्न कारण सहज श्वास–प्रश्वासमा अवरोध हुँदा श्वासनलीमा जिब्रो वा वरपरको मांसपेशीले बाधा पुर्याएपछि घुराइको आवाज निस्किन्छ। घुर्दा शरीरमा आवश्यक पर्ने अक्सिजनको मात्रा प्रवेश हुन पाउँदैन र पूर्ण आराममा बाधा पुग्छ।
स्लिप एप्नियामा घुर्दाखेरी जिब्रो र यसका मांसपेशीले श्वासनलीमा बाधा पुर्याए १० देखि ४० सेकेन्डसम्म निरन्तर श्वास–प्रश्वास बन्द हुने अवस्था आउँछ। यसले पूर्ण आरामको अवस्थामा रक्तचाप घट्नुको सट्टा बढाउँछ। मस्तिष्कमा अक्सिजनयुक्त रगत पुर्याउने रक्तनली साँघुरो हुनु घुर्नुको प्रमुख कारण हो। यसले मुटुका धमनीसम्बन्धी रोगसमेत निम्त्याउँछ। श्वास–प्रश्वासमा बाधा भई छातीदेखि टाउकोसम्म कम्पन पैदा हुन्छ। यसले रगतका नसा सुन्नाउने र पर्खालमा कोलेस्ट्रोललगायत अन्य पदार्थ जम्मा गराई रगत बहावमा कमी ल्याउने गर्छ। घुराइले शरीरका महत्त्वपूर्ण अंगमा आघात पुर्याउँछ।
शरीरका भित्री अंगमा अक्सिजनको मात्रा पर्याप्त पुग्न नपाएपछि मानिस आत्तिएर उठ्ने, श्वास रोकिने र शरीरभित्र रगतको प्रवाह राम्रोसँग नभएपछि बिस्तारै अंगहरूको कार्यक्षमता घट्ने डा. रावत बताउँछन्। रावतको क्लिनिकमा मात्रै प्रत्येक दिन एक–दुई जना मानिस घुर्ने समस्या लिएर आउँछन्। रक्तचापजन्य समस्या भएका, दिउँसो अत्याधिक निद्रा लाग्ने, आलस्य बढी हुने, टाउको दुख्ने मानिसमा घुर्ने समस्या पनि बढी देखिने गरेको छ।
उच्च रक्तचाप, श्वास–प्रश्वास मार्गमा अवरोध, छोटो घाँटी हुनु नै घुर्ने समस्याको प्रमुख कारण भएको चिकित्सकहरू बताउँछन्। घुर्नेहरूमा दिउँसो निद्रा लागिरहने, बिहान फ्रेस महसुस नहुने र हातखुट्टा सुन्निने लक्षण देखिन्छ।
सहरी जीवनशैलीमा अत्यधिक चिल्लोको सेवन, व्यायाम अभावले हुने मोटोपन र घाँटीको नसा सानो भएर पनि मानिसमा यस्ता समस्या देखिने चिकित्सक बताउँछन्। केही समयअघि अमेरिकी चिकित्सकका लागि तयार परिएको गाइड लाइनमा उच्च रक्तचाप भएकाहरूलाई घुर्ने बानी भएको नभएको सोध्न भनिएको थियो। संसारभरका धेरै मुटु रोग विशेषज्ञले उच्च रक्तचापका बिरामीले घुर्ने बानीबारे परिवारका सदस्य एवं सँगै सुत्ने मानिससँग सोध्ने गरेका छन्। 'हामीले धेरै बिरामीको अधययन गर्दा पनि घुर्नु उच्च रक्तचापको प्रमुख लक्षण भएको स्पस्ट भएको छ,' डा. रावत भन्छन्।
'बिरामीलाई घुर्नहुन्छ भन्यो, घुर्दिन भन्छन् तर श्रीमतीलाई सोध्यो भने, एकदम घुर्नुहुन्छ भन्छन्,' रावतले थपे, 'श्रीमतीहरू सरेर बस्छन् घुरेको समयमा झक्झक्याएपछि अलि कम भएको अनुभव संगालेका हुन्छन्।' रावतका अनुसार घुर्ने समस्या महिलाभन्दा पुरुषमा बढी छ।
मोटो मान्छेमा बोसो बढी हुने भएकोले नसाहरू साँघुरो हुने र त्यसले श्वास–प्रश्वास सहज नहुने चिकित्सक बताउँछन्। अक्सिजन नभएपछि शरीरमा विभिन्न रासायनिक क्रिया हुन्छ, रसायनले नसा थप साँघुरो हुन्छ। यसले मस्तिष्कमा अप्ठ्यारो भएपछि एक्कासि निस्सासिएजस्तो गरी मान्छे उठ्छ।
डा. रावतका अनुसार उच्च रक्तचाप भएका मानिसलाई औषधि खुवाउँदा पनि रक्तचाप नघटेपछि कारण खोजी गर्दा घुर्ने बानी समस्याको रूपमा देखिने गरेको छ। घुराइकै कारणले वृद्धि भएको रक्तचाप घुराइको उपचारपछि आफैंघटेर जाने चिकित्सकहरू बताउँछन्।
मोटोपन घटाउने, निद्राको औषधि खाने, रक्सी नखाने, कोल्टे परेर सुत्ने, बेलुकाको खाना आठ बजेअगाडि नै खाने र बेड खुट्टातिर अग्लो बनाएर सुत्नाले घुर्ने समस्या कम गर्न सकिन्छ।
अन्य रक्तचाप सुतेपछि कम भए पनि यस्तो कारणबाट हुने रक्तचाप कम हुँदैन। यसको उपचारको लागि चिकित्सकले निद्राको अध्ययन गर्नुपर्छ।
नुनको मात्रा, परिवर्तित जीवनशैली, खानपान, वंशानुगत मधुमेह र बुढ्यौलीका कारण व्यक्तिमा उच्च रक्तचाप हुन्छ। तीमध्ये वयस्क अवस्थामै उच्च रक्तचापबाट सताइएका ९० प्रतिशत व्यक्तिमा प्रमुख कारण यकिन हुन सक्दैन। मुटु रोगको उपचार हुने विभिन्न अस्पतालका तथ्यांकअनुसार १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २० प्रतिशतले बढेको छ। यो निकै डरलाग्दो अवस्थाको संकेत भएको चिकित्सकहरू बताउँछन्।
अन्य लक्षण देखिएको छैन भने पनि घुर्ने बानीको अध्ययन जरुरी हुन्छ। बेलैमा उपचार नगर्ने हो र मोटोपन भएका धुम्रपान गर्ने र रगतमा बोसोको मात्रा बढी भएकाहरूमा घुराइका कारण तत्काल मृत्युसमेत हुनसक्ने चिकित्सकहरू बताउँछन्।
चिकित्सकका अनुसार घुराइको उपचारपूर्व सुरुमा निद्राको जाँच आवश्यक पर्छ। निद्रामा आँखाको चाल, पेटको अवस्थिति, मस्तिष्कको अवस्थालाई प्यारामिटरबाट जाँचिन्छ। घुराइको गम्भीरताका आधारमा जीवनशैली परिवर्तन गर्दा पनि कम नभएमा र नाक कान घाँटीको समस्या भएमा त्यसको उपचार गर्नुपर्छ। 'कतिपय अवस्थामा राति सुत्दा लगाउने अक्सिजन मास्कसमेत पाइने भए पनि यो जीवनभर लगाउनुपर्छ।
घुर्नुका खतरा
उच्च रक्तचाप, हार्टफेल, हृदयघात/पक्षघात, दिउँसो निद्रा लाग्ने, श्वास रोकिएपछि अक्सिजन कम हुने, नराम्रा हर्मन रिलिज हुने र निद्रामै मृत्यु हुनसक्ने, आलस्यपन बढ्नु, कार्य क्षमता घट्नु, कुनै कुरामा ध्यान दिन नसक्नु, छिट्टै रिसाउनु, चाँडै चिड्चिडिनु, कामुकता घट्नु, दाम्पत्य जीवनमा कठिनाइ आउनु, डरलाग्दा सपना देख्नु, रक्तचाप बढ्नु, मधुमेह हुनु, फोक्सोको रक्त नसामा बहाव रोकिनु आदि।
-nagarik
बच्चाको मस्तिष्क विकाशका लागि स्तनपान अत्यावश्यक

एक नयाँ अनुसन्धानले पर्याप्त स्तनपान गराइएका बच्चाहरुको मस्तिष्कको विकाश स्तनपानबाट बञ्चित बालबालिकाको भन्दा ३० प्रतिशत बढि हुने देखाएको छ । कम्तिमा जन्मेको ३ महिनासम्म केवल आमाको दुधमात्र चुसाइएका बालबालिकाहरुमा मस्तिष्कका निकै महत्वपूर्ण भागहरुको वृद्धि विकाश ३० प्रतिशत बढि हुने विज्ञहको भनाई छ ।
विज्ञहरुका अनुसार स्तनपानले शिशुको मस्तिष्कको भाषिक नियन्त्रण, संवेदना तथा बुझाइ र सिकाइको क्रिया नियन्त्रण गर्ने मस्तिष्कको भागको विकाश गर्नमा सहयोग गर्छ । अमेरिकाको ब्राउन विश्वविद्यालयमा गरिएको अनुसन्धानका अनुसार बच्चा दुइ वर्षा लाग्दाखेरी नै स्तनपानबाट उसको मस्तिष्कमा भएको विकाश देख्न सकिन्छ । अध्ययनको क्रममा वैज्ञानिकहरुले ४ वर्षमुनिका बालबालिकाको परीक्षण गरेका थिए । त्यसक्रममा स्तनपान गर्न पाएका र सुरु देखिनै आमाको दुधको साटो बोतलको दुध खाएका बालबालिकाको मस्तिष्कको एम आर आइ गरेर मस्तिष्कको तुलनात्मक विकाशको अध्ययन गरियो ।
अनुसन्धान टोलीका प्रमुख डाक्टर सिन डेओनीका अनुसा स्तनपान पर्याप्त गर्न नपाएका बच्चाहरुको भन्दा पर्याप्त स्तनपान गराइएका बच्चाहरुको मस्तिष्कको सेतो भागको विकाश २० देखि ३० प्रतिशत सम्म बढि भएको पाइएको छ । स्तनपान गर्न पाएका बालबालिकाको मस्तिष्कको सेतो भाग राम्रो सँग विकशित हुनुका साथै तन्दुरुस्त तथा लामा स्नायु फाइबरले युक्त हुने उनको भनाई छ । यस्ता नर्भ फाइबर हरुले बच्चाको सिकाइ प्रक्रियामा प्रभाव पार्छन् ।
अनुसन्धान टोलीका प्रमुख डाक्टर सिन डेओनीका अनुसा स्तनपान पर्याप्त गर्न नपाएका बच्चाहरुको भन्दा पर्याप्त स्तनपान गराइएका बच्चाहरुको मस्तिष्कको सेतो भागको विकाश २० देखि ३० प्रतिशत सम्म बढि भएको पाइएको छ । स्तनपान गर्न पाएका बालबालिकाको मस्तिष्कको सेतो भाग राम्रो सँग विकशित हुनुका साथै तन्दुरुस्त तथा लामा स्नायु फाइबरले युक्त हुने उनको भनाई छ । यस्ता नर्भ फाइबर हरुले बच्चाको सिकाइ प्रक्रियामा प्रभाव पार्छन् ।
गर्भवती महिलाले ब्यायाम गर्दा धेरै फाइदा
गर्भवती महिलाहरू गर्भावस्थामा आराम गर्न रुचाउँछन् । तर त्यसो गर्दा नोक्सानी हुने खोजकर्ताहरूको निष्कर्ष छ । आराम गर्नेहरूमा प्रोटिनको मात्रा कम हुने र उच्च रक्तचापको समेत खतरा हुने जनाइएको छ ।
गर्भधारणहुनु भन्दा अघि र गर्भावस्थाको समयमा प्रोटिनको स्तर तलमाथि रहने गर्नाले आमा र शिशुको स्वास्थ्यमा धेरै जोखिमको सम्भावना रहन्छ ।
तर नियमित रूपमा व्यायाम गरे त्यस्तो खतराबाट दूरी बढ्छ । दुवैको स्वास्थ्य राम्रो हुदै जान्छ । आफ्नो र बच्चाको स्वास्थ्य फिट रहनका लागि शरीरमा प्रोटिनको स्तर नियन्त्रित भइरहनु जरुरी हुन्छ र यो काम व्यायामले गर्छ । व्यायाम गरेपछि रक्तचाप नियन्त्रित हुन्छ ।ओरेगान विश्वविद्यालयद्वारा गरिएको अनुसन्धानअनुसार वर्षेनी १० प्रतिशत गर्भ उच्च रक्तचापले गर्दा प्रभावित हुने गरेका छन् । नियमित व्यायामले यो समस्याबाट जोगिन सकिन्छ अनुसन्धानको निष्कर्ष छ ।
-एजेन्सी
तपाइको प्रजनन क्षमता बढाउने प्राकृतिक उपाय
प्रजनन क्षमता बढाउने खालका आहारको नियमित भोजनले प्रजनन विकार सम्बन्धि समस्याको समाधान सम्भव हुनेमात्र होइन स्वस्थ प्रजनन प्रणालीको विकाश गर्न समेत सहयोगी हुन्छ ।महिलामा आवश्यकता भन्दा बढि दुब्लोपना, पुरुषमा आवश्यकता भन्दा कम शुक्रकिटको उत्पादनका साथै व्यक्तिगत स्वास्थ्य, आराम तथा व्यायामको अभावले पनि प्रजनन क्षमतामा दखल पूराउन सक्छ । महिला तथा पुरुषमा प्रजनन क्षमता बढाउने केही प्राकृतिक उपाय निम्न छन् ।
- आफुलाई चिसो राख्नुहोस् – शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले विकशित हुन्छ । जुन पुरुष काखमा ल्यापटप राखेर चलाउन उसको प्रजनन क्षमता घट्छ । पुरुषहरुले तातो पानीले नुहाउने बानी पनि छाड्नु उत्तम हुन्छ । चिसो पानीले नुहाउदा पुरुषमा शुक्राणुको उत्पादन पाँच गुणाले बढ्ने बताइन्छ ।
- मज्जाले घाम ताप्नुहोस् - घाम ताप्दा भिटामिन डी प्राप्त हुन्छ । यसले मानिसमा प्रजनन क्षमता बढाउँछ । भिटामिन डी ले महिलामा सेक्स हर्मोन प्रोजेस्टोन तथा एस्टोजेनको स्तर बढाउँछ जसबाट महिनावारी नियमित हुने तथा गर्भधारण सहज हुन्छ । पुरुषमा घामले शुक्राणुको संख्या बढाउन मद्धत गर्छ ।
- आराम गर्न समय निकाल्नुहोस् -महिलाहरुको प्रजनन क्षमतामा तनावले ठूलो असर पूराउँछ । तनाव र बढि व्यस्तताले पुरुषमा शुक्राणुको उत्पादन कम गर्छ र यौन इच्छा पनि घटाउँछ ।
- दुध प्रसस्त खानुहोस्- एक अध्ययन अनुसार जो महिलाले दिनमा एक पटक दुग्धजन्य पदार्थ खान्छन् उनीहरुमा बाँझोपनको खतरा एक चौथाइले घट्छ । दुग्धजन्य पदार्थले अण्डासयको कामलाई नियमित तथा सन्तुलित बनाउँछ ।
- धूमपान त्याग्नुहोस्- धूमपान गर्ने पुरुषमा नपुंशक बन्ने खतरा ५० प्रतिशत बढि हुने तथा धूमपानका अम्मली पुरुषहरुमा शुक्राणुको संख्या कम हुने अध्ययनले देखाएको छ । धूमपान गर्ने महिलाहरुको प्रजनन क्षमता धूमपान नगर्ने
- महिलाहरुको तुलनामा ३० प्रतिशत सम्म कम हुने विज्ञहरुको भनाई छ । धूमपानको कारण गर्भाशयमा गर्भाधान तथा भ्रुणको विकाश हुनमा समेत बाधा पर्नसक्।
-onlinekhabar
तपाइको अनुहार सुन्दर बनाउने ५ चिज
कसलाई सुन्दर बन्ने चाहना पो हुँदैन र ? अनुहारको सुन्दरता मानिसको सुन्दरताको पहिलो सूचक पनि हो । अनुहार चम्किलो तथा सुन्दर भयो भने मानिसको व्यक्तित्व नै सुदृढ देखिन्छ । अनुहारको सुन्दरताका लागि व्यक्तिगत स्वास्थ्यका साथै खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ र हामीले नियमित रुपमा खाने गरेका केही त्यस्ता पदार्थहरु छन् जसलाई खाँदा मात्र होइन पिँधेर अनुहारमा दल्नाले पनि हाम्रो अनुहार सुन्दर बन्छ सक्छ । हामीले यहाँ ५ त्यस्ता पदार्थको विवरण प्रस्तुत गरेका छौँ जसको प्रयोग ले तपाइको अनुहारको सुन्दरताका लागि निकै फलदायी हुन्छ ।- कागतीको रस : कागतीको नियमित सेवन मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रसस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ । यसको नियमित सेवन सरीरमा मोटोपना घटाउन समेत सहायकसिद्ध हुन्छ भने कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारका डण्डीफोर, धब्बा तथा अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्ने सौन्दर्य विज्ञहरु बताउँछन् ।
- अण्डा: अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ ।
- मह: अनुहारमा दिनहुँ मह दलेर धुने गरेमा छाला नरम तथा चम्किलो बन्ने, छालामा संक्रमण हुन नपाउनुका साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा झनै फाइदाजनक हुन्छ ।
- स्ट्रबेरी:स्ट्रबेरीमा पर्याप्त भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा एक्सफोलियन्ट तत्व पाइन्छ । स्ट्रबेरीलाई पिँधेर लेदो बनाउनुहोस् अनि त्यो लेदो अनुहारमा दलेर केही बेर राखी धुनुहोस् । यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा हुन्छ ।
- केरा: केराको बोक्रा छोडाउनुहोस् अनि पिँधेर अलिकति मह हाल्नुहोस् अनि अनुहारमा लगाएर दश मिनेटपछि धुनुहोस् । यसो गर्दा अनुहारको छाला नरम हुन्छ ।
-एजेन्सी
सेक्सले निम्त्याउन सक्छ क्यान्सर रोग
क्यान्सर एक असाध्य प्राणघातक रोग हो । विश्वमा वर्षेनी लाखौँ मानिसले क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन् र क्यान्सर वंशाणुगत कारणले पनि हुनसक्छ र यसका अन्य विभिन्न कारण हुन्छन् । अस्वस्थकर खानपान तथा फरक जिवनशैली समेत क्यान्सरको मुख्य कारण हो । त्यसबाहेक कतिपय समयमा सम्भोग समेत क्यान्सरको कारण बन्ने सक्ने विज्ञहरुले बताएका छन् ।खासगरी अस्वस्थ तथा असुरक्षित यौन सम्पर्क व्यवहारका कारण पनि क्यान्सर हुनसक्ने विज्ञहरुको भनाई छ । हालै हलिउड अभिनेता माइकल डगलसले समेत आफुलाई मुखमैथुनका कारण क्यान्सर भएको खुलासा समेत गरेका छन् । उनीले महिलाहरुसँग ओरल सेक्स गर्ने गरेको र सोही कारण आफुलाई घाँटीको क्यान्सर भएको उनको भनाई छ ।
डगलसलाई ह्युमन प्यापिलोमा भाइरसका कारण घाँटीको क्यान्सर भएको थियो र यो भाइरस सेक्सका दौरान फैलिने गर्दछ ।कम उमेरको सम्भोग गरेमा महिलाहरुको हकमा क्यान्सरको एक डरलाग्दो कारण बन्नसक्ने चेतावनी समेत विज्ञहरुले दिने गरेका छन् । कम उमेरमा हुने सेक्सका कारण महिलाको पाठेघर मुखको क्यान्सर जोखिम उच्च हुने विज्ञहरुकोबताएका छन्।
असुरक्षित सेक्सका कारण पुरुषहरुमा भने प्रोस्टेट क्यान्सरको खतरा बढ्न जान्छ र असुरक्षित यौन सम्पर्क विभिन्न खाले यौन रोगको फैलावटको मुख्य कारण हो नै, यो क्यान्सरको समेत कारकतत्व बन्नसक्छ । जसले गर्दा यौन जिवनलाई सुरक्षित र स्वस्थ बनाउनु प्रत्यक महिला पुरुषहरुमा जानकारीको आवश्यक छ ।
-onlinekhabar
सधै पेनकिलर खाने मानिसलाई मुटुको समस्या बढी हुन्छ
लन्डन – दुखाई कम गर्न लामो समय पेनकिलरको खानेहरुमा मुटुको समस्या बढी देखिएको छ। हालै युके मेडिकल रिसर्च काउन्सिल र ब्रिटिस हर्ट फाउन्डेसनले गरेको अध्ययनले यस्तो परिणाम देखाएको हो। दुखाई कम गर्न प्रयोग हुने ब्रुफिन र डिक्लोपेन्सको धेरै प्रयोगले हर्ट अट्याकको सम्भावना बढी देखाएको हो। यस अध्ययनले धुमपानका अम्मली र शरीरको तौल धेरै भएकाहरुमा यसको प्रयोग अझ बढी खराव रहेको देखाएको छ।
अध्ययनले देखाएको तथ्यांकअनुसार यसरी पेनकिलरको निरन्तर प्रयोग गर्नेहरु १००० मा ३ जना अतिरिक्त मुटुका रोगी फेला परे, ४ मा पेटका समस्याहरु देखिए।यस अध्ययनले हजारमा ८ जनामा मुटुको समस्या प्रष्ट देखिएको बताएको छ।
एजेन्सी
खरबुजाका दश फाइदा यी छन् गर्मी याममा खरबुजा अधिकांसको रोजाइमा पर्ने फल हो र खरबुजामा ९५ प्रतिशत पानी हुनुका साथै भिटामिन तथा विभिन्न खाले लवण पनि प्रसस्त मात्रामा पाइन्छ । यसले शरीरलाई शीतल बनाउने, सरीरमा डिहाइड्रेसनको खतरा क मगर्नेको साथै मुटु, मृगौला तथा रगत सम्बन्धि विभिन्न रोगको जोखिम पनि कम गर्ने विज्ञहरु बताउँछन् ।
कम वजन गर्न चाहनेहरुका लागि समेत खरबुजाको सेवन हितकारी हुन्छ यसका साथै क्यालोरी तथा चिनीको मात्रा निकै न्यून हुन्छ । साथै खरबुजा एन्टिअक्सीडेन्ट र भिटामिन सी को पनि राम्रो श्रोत हो । यसमा भिटामिन ए समेत पाइन्छ जुन आँखा तथा छालाको स्वास्थ्यका लागि हितकारी हुन्छ ।
खरबुजाका फाइदा निम्न छन् :
- खरबुजामा प्रसस्त मात्रामा अर्गानिक पिगमेन्ट क्यारोटिन्वाइड पाइन्छ जसले अन्य क्यान्सरबाट बचाउनका लागि फोक्सोको क्यान्सरको खतरा पनि कम गर्छ र यो तत्वले सरीरका क्यान्सर कोषलाई समेत नष्ट गर्न सहयोग गर्छ ।
- खरबुजामा एडेनोसिन नामक एन्टिकुएगुलेन्ट तत्व पाइन्छ । जसले रक्तकोशिकाहरुलाई जम्न दिँदैनन् र रक्तनलीमा समेत रगत जम्ने समस्याले हृदयाघात लगायतका समस्या हुन्छन् तर एडेनोसिनले रक्तप्रवाहलाई सन्तुलित गर्छ र हृदयाघातको जोखिम कम गर्ने गर्दछ ।
- कब्जियत तथा अन्य पेट सम्बन्धि समस्या छ र पेटको अम्लपना हटाउन पनि खरबुजाको नियमित सेवन राम्रो हुन्छ ।
- खरबुजामा पाइने कोलाजन प्रोटिनले छालामा पाइने कनेक्टिभ तन्तुका कोशिकाको संरचनालाई तन्दुरुस्त राख्छ । यसले छालाको सुन्दरता र चमकता कायम राख्न मद्दत गर्छ ।
- नियमित खरबुजा भोजनले मुत्र विकार सम्बन्धि समस्या, मृगौला सम्बन्धि समस्या तथा मृगौलाको पत्थरी लगायतका समस्याको समाधान गर्न पनि सहयोग पूराउँदछ ।
- खरबुजामा भिटामिन बी पाइन्छ र यसले सरीरमा शक्ति प्राप्त हुने तत्वको काम गर्छ ।
- मोटोहुने पीडितहरुका लागि खरबुजाको नियमित भोजन निकै फाइदाजनक हुन्छ ।
- यसले आँखाको स्वास्थ्यका लागि समेत खरबुजाको नियमित भोजन लाभदायी हुन्छ । खरबुजामा भिटामिन ए प्रसस्तै पाइन्छ ।अनि यसले आँखाको ज्योति प्रवर्धनका लागि ठूलो भूमिका खेल्छ ।
- तनाबबाट मुक्तिका लागि समेत कामयावी हुन्छ । यसमा पाइने पोटासियम तत्वले मुटुको धड्कन, सरीरको रक्तप्रवाहलाई सन्तुलित गर्ने गर्दछ ।
- यसले मधुमेहको जोखिम पनि कम गर्छ ।
राम्रो असल बुहारी बन्नको लागि १० काइदा
बुहारीहरुको लागि चुनौतिको कुरा भनेकै कर्म घर हो। अनि परम्परागत नेपाली समाजमा सासु बुहारीको मेल खासै पाइँदैन र कुरा काट्ने प्रवृत्ति तथा एकले अर्कोको अस्तित्व नस्विकार्ने प्रवृत्तिका कारण पनि महिलाहरुका लागि लोग्ने बाहेकका कर्मघरका सदस्यहरु त्यति राम्रो लाग्दैनन्। घरको सासु-बुहारी, ससुरा-बुहारी तथा नन्द-भाउजु सबैको मिल्नु अति आवश्यक रहेको हुन्छ।
यी कुराको परिपालना गर्ने हो भने अबस्य पनि कर्मघरमा बुहारीले सबैले असल भन्नेछन्:
१ . सकारात्मक दृष्टिकोण : सासु पुरानो जमानाकी हुने भएकाले सबैको सोँचाइ पनि सोही अनुरुपको हुन सक्छ । त्यसैले उहाँको सोँचाइलाई पनि अन्तस्करण गरी स्वभाविक र सकारात्मक ढंगले ग्रहण गरी सोही अनुसार प्रस्तुत हुनुपर्छ ।
२ . सम्बेदंशिलाता: उमेर तथा अनुभवले खारिएका सासु आमाहरुले जिवनमा धेरै हन्डर ठक्कर खाएका हुन्छन् । आफुले हुर्काएको छोराको जिवनमा कोही महिला आएको छ र छोराको माया ममता आमाबाट अर्कै महिलामा सरेको कुरा उनीहरुले सहजै स्विकारेका हुन्छन् । अझ श्रीमान गुमाइसकेका सासु आमाहरुको भर भनेकै छोरा बुहारीमा हुन्छ ।
३ . समानता: आफुलाई जन्म दिने आम र कर्म घरको आमालाई एकै ठाउमा हेर्नु पर्दछ।आफ्नी
आमालाई बढि माया गर्ने र सासुलाई हेला गर्ने वा वास्ता नगर्ने भुल कहिले त्यस्तो
नगर्नुहोस् । यसो गर्नुभयो भने तपाइँको श्रीमानको मन पनि दुख्छ ।
४ . सम्मान: सासु आमालाई सम्मान गर्नुहोस्, पाको र बुद्धिमान सम्झिनुहोस् । सासुआमासँग राम्ररी कुरा गर्ने, विगतका अनुभव सुन्ने तथा उपदेश मान्ने गर्नुहोस् ।
५ . धेरै बढि महत्वाकांक्षा आफुले नराख्नुहोस्, र सधै आशावादी रहनुहोस् ।
६ . आफ्नो सासु आमाको इच्छा तथा आवश्यकताप्रति सधै चनाखो हुनुहोस् पूरा गर्ने तत्परता देखाउनुहोस् ।
७ . आफ्नो सासुआमा संग आफ्नो सबै कुरा खुलेर गर्ने। परिवारमा हुन् लागेको नया कुरा काम बिषयमा कुरा नलुकाउने।
८ . सधै सासुआमाबाट सल्लाह सुझाव लिएर मात्र काम गर्ने बानी बसाल्नुहोस् ।
९ . सासु आमालाई बच्चाबच्चीको सधै स्याहार गर्न प्रयाप्त मौका समय दिनु पर्छ।
१० . सासुको कुनै व्यवहारले चित्त दुखेको छ भने उहाँको अगाडि कडि्कने काम नगर्नुहोस् । कारण तथा परिस्थिति बुझेर आफ्नो श्रीमानसँग खुलस्त कुरा गरेर समस्या टुंगाउनुहोस् ।
तपाइको जीवनमा यी कुरा लागु गर्नु भयो
तपाइको मोटोपन घटाउने ४ सुत्र :
तपाइको मोटोपन घटाउने ४ सुत्र :
- सकेसम्म मसलायुक्त खानेकुरा नखाऔं। सकेसम्म सादा खानेकुरा खाने प्रयास गरौं। यदि कुनै बेला धेरै क्यालोरीयुक्त खाना खाइयो भने त्यसलाई कम गर्न सामान्य व्यायाम गर्न पनि नबिर्सौ ।
- तेलमा तारेका खानेकुरा प्राय खानु हुँदैन। सकेसम्म उसिनेको खानेकुरा खाने बनि गर्नुपर्छ।
- कम क्यालोरीयुक्त खाना खानुपर्छ, जसमा सलाद, सागसब्जी आदि सामेल गर्नुपर्छ ।
- हरेक बिहान व्यायाम गरौं। शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु प्रभावकारी हुन्छ। अल्छीपन त्यागौं।स्वस्थ जीवन बिताउ
तपाइलाई ब्युटि टिप्स :- रूखो छालाको मेकअप
- सफाइ - तपाइको अनुहारलाई सफा पानीले धुनुपर्छ। मेकअप उतारेपछि अनुहार धुनु अति नै आवश्यक छ।
- क्लिजिङ - १० मिनेटअघि मात्र आफ्नो अनुहार क्लिजिङ मिल्कले सफा गरौं। यसले छालाको डेथ स्किन, मैला आदि हटाएर सुन्दरता प्रदान गर्छ। त्यसपछि पानीले मुहार धोएर सफा कपडाले पुछ्नुपर्छर अब केही समय अनुहारलाई यस्तै अवस्थामा राख्ने र केही समय पछि मेकअप गर्ने गर्दा तपाइको छालाको सुरक्षा हुन्छ ।
- क्रिमी ब्लसको
- उपयोग- मेकअप गर्नुअघि क्रिमी ब्लस लगाउनुपर्छ। हल्का हातले अनुहारमा ब्लस प्रयोग गर्नुपर्छ।
- सकेसम्म धेरै मेकअप नगर्ने- यदि छाला रुखो छ भने पाउडर तथा कम्प्याक लगाउनु हुँदैन।
- तपाइले आफ्नो व्यवहार तथा कार्य यस्तो ढंगले गरौं, जुन सधैं अरुले प्रशंसित गरुन ।
- कुनै पनि समस्या एवं दुःखबाट नभागौं। डटेर त्यसको सामना गर्न लागि पारौ ।
- आफुलाई सरसफाइ र सुहाउँदो पहिरनमा सदैव ध्यान पुर्याउँ।
- तपाइको आफूमा नेतृत्व क्षमताको विकास गरौं।
- सकारात्मक सोंच र चाँडो निर्णय लिन सक्ने क्षमताको विकास गरौं।
रातो पहिरनमा महिला बढी सेक्सी देखिन्छन
रातो र गुलाबी रंग क लुगा बढी जसो महिलाको फ़र्तिलिटि प्रजनन क्षमता बढी हुन्छ ।बिबाहित महिलाले रातै लुगा लगाउने यहि कारणहो।
'साइकलोजिकल साइन्स' जर्नलमा प्रकाशित अध्ययन अनुसार, यस किसिमको अध्ययन पहिलोचोटि भएको हो । यस अघि रंग र फ़र्टिलिटि संग जोडिएको अनुसंन्धानहरू पशुमा गरिएका थिए । उक्त अनुसन्धन बाट १८ वर्षदेखि ४७ वर्षसम्मका १ सय २४ महिलाको अध्ययन गरियो । तिनको महिनाबारीको चक्र र पहिरनको रंगको जानकारी लिइयो ।तिनीहरुको 'उर्वर/फर्टाइल' भएको दिनमा कुन रंगको लुगा बढी लगाउँछन् भन्ने पनि सोधिएको थियो ।
अध्ययनमा पाइएर जानकारी अनुसार , जुन महिला रातो वा गुलाफी रंगको लुगा बढी लगाउँछन्, उनीहरूको प्रजनन क्षमता अन्यको दाँजोमा तीन गुणा बढी रहेको देखियो । उक्त अनुसन्धानका आधारमा बि्रटिस कोलम्बिया युनिभर्सिटीले कामेच्छाको संकेत दिन कुन रंगको लुगा रोज्ने गरिएको छ भनेर महिलाहरूबीच सर्वेक्षण गरेको थियो र धेरैजसोले त्यस्ता बेला रातो रंगकै पहिरन लगाउने गरेको बताएका पनि थिए ।
पुरुष हरु डराउछन यौन सम्पर्कको बेलामा
सामान्यतया सबैले धेरै जसो यौन सम्पर्क बेलामा महिला भन्दा पुरुष बढी सक्रिय हुने गर्दछन। तर यौन सम्पर्कको बेला महिला भन्दा कम डर महसुस गर्दछन भन्ने विश्वास गरिन्छ। तर पछिलो एउटा अध्यनले यौन सम्पर्क को बेलामा पुरुष हरुमा माथि डर हुने तथ्य आगाडी आएको छ।
अध्यन अनुसार यौन सम्पर्कको बेलामा पुरुष हरु आफ्नो सेक्स पोजिसन स्खलन हुने समय बढी सन्तुस्ट दिन सक्ने क्षमता आदिको बिसयमा चिन्तित हुने गर्दछन, भारतका एक सेक्सोलोजिस्ट दीपकका अनुसार दरहरुको कारणले यौन सम्पर्कको बेला पुरुषहरु ले राम्रो संग महिला सहकर्मीलाई सन्तुस्टी दिन नसक्ने उल्ल्केख गरिएको छन । अरोरा क अनुसार मुख्यता पुरुषहरुमा ५ बिसयमा चिन्ता हुने गर्दा छ
- चाडै स्खलन हुने
- संतुस्ती दिन नसक्ने
- गर्भवती बनाउन सकिदैन कि भन्ने
- हस्तमैथुन का कारण सम्पर्क का बेला निखार्पण औदं कि भन्ने
- सेक्स पोजिसन मिल्दैन कि भन्ने
जीवनको पहिलो सेक्सको असर यौन जीवनमा
तपाइको पहिलो सम्भोगको अनुभव कस्तो रह्यो ? सुखद थियो वा थिएन ? सायद यो कुराको कसैलाई ख्याल धेरैलाई नहुन सक्छ । तर एक अध्ययनका अनुसार जिवनमा पहिलो सेक्सको अनुभुति गर्नेले भविष्यलाई प्रभाव पार्छ ।यदि पहिलो सेक्स सम्बन्ध सकारात्मक थियो भने भविष्यको यौन जिवन पनि सुखी हुने तथा पहिलो सम्भोग सुखद नरहेको खण्डमा त्यस्ता महिला तथा पुरुषको भविष्यको यौन जिवन समेत विभिन्न समस्याले गाँजिने अध्ययनको निष्कर्षछ छ ।

तर यौन शोषणमा परेर पहिलोपटक पीडादायी सेक्सका लागि बाध्य भएका केटा वा केटीको समेत भविष्यको यौन जिवन समस्या ग्रस्त हुने शोधकर्ताहरु बताउँछन् यद्येपी यस्तो पीडा खेप्न बाध्य कतिपय युवतीहरु विवाहपछि सेक्सबाट बँच्न चाहन्छन् अर्थात् सेक्सलाई पन्छाउन चाहन्छन् किनकी उनीहरुले यसको नमीठो अनुभव पहिले नै सँगालिसकेका हुन्छन् र त्यसको गहिरो मनोवैज्ञानिक प्रभाव कायमै रहेको हुन्छ । त्यस्तै यौन शोषणका सिकार भएका युवाहरु भविष्यमा कि त विकृत सेक्स व्यवहार देखाउँछन् या त सेक्सको मामिलामै पूरै निस्कृय हुन्छन् । तर यौन शोषणका सिकार बनेका किशोरहरुमा पूर्ण रुपमा अत्यधिक हस्तमैथुनको समस्या समेत देखिने गरेको बतैइएकोछ ।
पहिलोपटक तपाइले सम्भोगको अनुभव लिँदा बाध्यतावस, रुची नभैकन तथा डर र धम्कीका कारण सर्ंर्सग गर्न पुग्ने किशोर किशोरी तथा युवा युवतीहरुका लागि सेक्स भन्ने विषय अप्रिय तथा घिनलाग्दो विषयमा परिणत हुने गरेको यौन मनोविज्ञहरु बताउँछन् । त्यस्ता युवायुवतीहरुले सम्भोगलाई बोझ अत्यन्तै नकारात्मक क्रियाका रुपमा पनि लिने गर्छन । तर राजिखुसी तथा रहरले खुसीसाथ पहिलोपटक सेक्सको अनुभव लिएकाहरुका लागि सम्भोगको विषय रोमाञ्चकताले भरिपूर्ण हुने गरेको र त्यस्ता व्यक्तिहरुको भविष्यमा यौन जिवन पनि सुख पूर्णहुने मनोविज्ञहरु बताउँछन्
।








