न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
५ असार,
आफूभन्दा कनिष्ठ र कम अनुभवीलाई न्याय परिषद्ले पुनरावेदन अदालतको न्यायाधीश नियुक्त गरेकामा आपत्ति जनाउँदै अधिवक्ता उत्तमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ ।नियुक्ति पाएका १९ न्यायाधीशभन्दा आफू वरिष्ठ भएको, २३ वर्ष छ महिनासम्म लगातार अदालतमा बहस गर्दै आएको र नियुक्ति भएका न्यायाधीशभन्दा आफू अनुभवी रहेको दावी श्रेष्ठले आˆनो रिट निवेदनमा गर्नुभएको छ ।
यसैगरी अपाङ्गलाई पनि पुनरावेदन अदालतको न्यायाधीश नियुक्त नगरिएको भन्दै अधिवक्ता शिवहरि शर्माले पनि अर्को रिट निवेदन दायर गुर्नभएको छ । रिटमा न्याय परिषद्को सो निर्णय उत्प्रेषणको आदेशले बदर गरी वरिष्ठता, योग्यता र दक्षताका आधारमा पुनरावेदन र जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
रिटमा न्याय परिषद्, कामु प्रधानन्यायाधीश र न्यायपालिकाका सदस्यलाई विपक्षी बनाइएको छ ।
- रासस
खाद्य विभागद्धारा उपत्यकाका पाँच डेरी उधोगमा तालाबन्दी
५ असार,
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा संचालित तीनवटा डेरी उद्योगमा सिलबन्दी गरेको छ । विभागले खरिपाटी डेरी प्रालि, भक्तपुर डेरी प्रालि र सैंजु डेरी प्रालिमा बुधबार सिलबन्दी गरेको हो । अहिलेसम्म विभागले उपत्यकामा मात्र पाँचवटा डेरी उद्योगमा सिलबन्दी गरिसकेको छ ।
तीनवटै डेरीबाट प्रशोधित दूध परिक्षण गर्दा अत्यधिक कोलिर्फम फेला परेपछि विभागले सिलबन्दी गरेको विभागले जनाएको छ । विभागले जेठ २३ र २४ गते १४ वटा दुध उद्योगको अनुगमन निरिक्षण गरि परिक्षणका लागि नमुना लगेको थियो । अनुगमन गरेका दुध उद्योगको नमुना परिक्षण गर्दा अधिकांश उद्योगबाट प्रशोधित दुधमा कोलिर्फम पाइएको विभागले जनाएको छ । कोलिर्फम मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक केमिकल हो ।
अहिलेसम्म विभागले भक्तपुरमा संचालित खरिपाटी डेरीबाट उत्पादित गायत्री ब्राण्ड, सैंजु डेरीको अमृत र कान्तिपुर ब्राण्ड, भक्तपुर डेरीको बिडिपीएल ब्राण्ड, संजीवनी डेरीको संजीवनी ब्राण्ड र बालाजुमा संचालित आधुनिक डेरी प्रालिको एडीपी ब्राण्डको दूध उत्पादन तथा बिक्री बितरणमा रोक लगाएको छ । परिक्षण गर्दा अत्यधिक मात्रामा कोलिर्फम पाइएका डेरीहरुलाई विभागले सम्बन्धीत जिल्लाका जिल्ला प्रशासन कार्यलयसँग समन्वय गरेर सिलबन्धी गरिरहेको जनाएको छ ।
विभागले यी पाँचवटा डेरीबाट उत्पादित दूध अर्को सूचना नआउँदासम्म उपभोग नगर्न सर्वसाधरणलाई सचेत गरेको छ । पछिल्लो समय विभागले दूध उद्योगको अनुगमन निरिक्षणलाई तिब्रता दिएको छ । अनुगमन गरेका सबैजसो उद्योग मापदण्ड बिपरित संचालन भएको विभागले जनाएको छ ।
अपडेट : हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते
५ असार,
हुम्लाको तुम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।हुम्ला टावरका प्रमुख टेकबहादुर तापलीको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुर्घटनामा गम्भीर भएका हेलिकोप्टरका पाइलट इटालियन डाभिडी, फिस्टेलका दिलक श्रेष्ठ र स्थानीय गोविन्द लामाको अवस्था गम्भीर छ भने गोमा एयरका पाइलट एडी शेर्पा र प्रज्वल भट्टराई सामान्य घाइते भएका छन् ।नेपालगञ्जबाट गएको फिल्टेलको अर्को हेलिकोप्टरले पहिलो लटमा गम्भीर घाइते ३ जनालाई कालिकोट पुर्याएको छ भने बाँकी २ जनालाई अर्को लटमा ल्याएको छ ।
हिल्साबाट सिमिकोटका लागि उडेको इटालियन कल साइन भएको हेलिकोप्टर मुचु गाविस-६ को तुम्कोटस्थित अपराहृन दुर्घटना भएको हो । हेलिकोप्टर कर्णली नदीको बगरमा दुर्घटना भएको हो ।हेलिकोप्टर कर्णाली नदीको दुई तिरको भंगालोबीचमा रहेकाले उद्दारमा कठिनाई भएको थियो । केही दिनअघि मानसरोवर कैलाश घुम्न गएको र उद्दारका लागि हेलिकोप्टर गएको फिस्टेलमा एक्जुकेटिभ म्यानेजर अपरेशन श्रीहरी कुँइकेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
सिमिकोटमा ४ बजेर २० मिनेटमा ल्याण्ड हुनु पर्ने हेलिकोप्टर नआएपछि खोजी गर्दा दुर्घटना भएको भेटिएको स्रोतले बताएको छ । हेलिकोप्टरमा समस्या आएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।
बृद्धाश्रममा कम्बल बितरण
असार २ ,
असार २ ,
भक्तपुर मध्यपुर स्थित बोडेको देवमा बृद्धाश्रममा आइेतबार कम्बल बितरण गरिएको छ । शिदार्थ बिद्यापिठ स्कुल गठाघर कि प्रिन्सिपल दिपिका थापाका माता पुर्णकला रिमालको सम्झनामा पिता हरिशंकरानन्द रिमालले कम्बल बितरण गरेका हुन । रिमालले बृद्धाश्रममा रहेका २० जना बृद्ध-बृद्धालाई कम्बल बितरण गरे । साथै आगामी दिनहरुमा पनि बृद्धाश्रमलाई सहयोग गर्ने मन्तब्यका क्रममा प्रतिबदता जनाए ।
सामुदायिक बिकास समिती भक्तपुर र सामुदायिक प्रहरीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष,सामुदायिक बिकास समितीको अध्यक्ष सुरेन्द्र बोगटी,शिदार्थ बिद्यापिठ स्कुल गठाघर कि प्रिन्सिपल दिपिका थापा लगायतले मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा आफुले बृद्धाश्रमका बुवाआमालाई सहयोग गर्न पाउदा निकै खुशी लागेको र अझ सहयोग गर्न चाहेको सो क्रममा थापाले भनिन् । कार्यक्रममा देवमा बृद्धाश्रम र सामुदायिक बिकास समितीको पदाधिकारी, सदस्य, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।
काली गण्डकीमा हाम फाले एस एल सी फेल ले
जेठ ३१,
एस एल सी रिजल्टमा फेल भएका कारण दुई छात्राले सँगै कालीण्डीकीमा हाम्फालेका छन् । पाल्पा रामपुरको परेवाघाटमा नदीमामा हाम्फाली पाल्पा गाँडकोट-१ चिहानडाँडा घर भइ हाल रामपुर बस्दै आएकी सञ्चिता बंशी तथा रामपुर ३ मटेरीकी बविता थापाले आत्महत्या गर्ने प्रयास गरेका हुन्। उनीहरु श्री रामतुल्सी उमावि दर्छा, रामपुर पाल्पामा अध्यनरत छात्रा हुन्।
हाम्फाले लगात्तै ट्याक्टरमा ढुङ्गा लोड गर्न गएका ट्याक्टरका चालकहरुले उद्दार गरेर उनीहरूलाइ बचाएका छन् र अहिले उनीहरुको रिभर भ्याली अस्पताल रामपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
एसएलसी परीक्षामा रामतुल्सी उच्च माविमाबाट ८८ जना विद्यार्थीहरुमा परीक्षामा सहभागी मध्ये १९ जना प्रथम श्रेणी, २२ जना द्वितिय श्रेणी र ३ जना तृतीय श्रेणी गरी जम्मा ४४ जना नियमिततर्फ उत्तीर्ण भएका छन्।
मङ्सिर ४ मा संबिधान सभाको निर्बाचन
जेठ ३०,
अब संविधानसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुने भएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन भएको ३ महिनापछि संविधानसभाको निर्वाचनको मिति आज घोषणा भएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनसम्वन्धी अध्यादेश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफरिस गर्ने गरि मंसिर ४ गते मंगलबार निर्वाचन गर्ने निर्णय गरेको हो । ‘नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा (२) बमोजिम सम्बत् २०७० साल मंसीर ४ गते मंगलबारका दिन संविधान सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारले निर्वाचनको लागि मतदान हुने दिन तोकेको छ’र सरकारको निर्णयमा भनिएको छ । सरकारले निर्वाचनलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, समस्त राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू र समस्त नेपालीलाई समेत अपिल गरेको छ ।
अब निर्वाचन आयोगले सामाजिक संजालमा राख्ने
जेठ ३०,
निर्वाचन आयोगले अर्को संविधानसभाको चुनावी अभियानलाई प्रभावकारी तुल्याउन सामाजिक सञ्जाल फेसबुकमा जानकारीमूलक सामग्री राख्ने भएको छ । यो सेवा स्वदेशमा रहेका हरेकले आफ्नो वाल स्टाटसमा पाउने छन् । त्यसैगरी कम्तिमा १ प्रतिशत वक्ता रहेका भाषामा प्रचार सामग्री निर्माण गर्ने भएको छ र आयोगले मतदाता शिक्षालाई लिएर यो तयारी गरेको हो । 'चुनावलाई धेरैभन्दा धेरै जन सरोकारमुखी बनाउने प्रयासमा हामी छौं,' प्रवक्ता बीरबहादुर राई भन्छन्, 'यो पटक विगतको भाषाहरुलाई पनि निरन्तरता दिइनेछ । र २०६८ सालको जनगणना तथ्याङ्कअनुसार १ प्रतिशत जनसंख्या रहेको भाषामा प्रचारप्रसार सामग्री निर्माण गर्ने आयोगको सोच रहेको छ । ' २०६४ सालको संविधानसभामा नेपालीलगायत १७ वटा मातृभाषामा चुनावी प्रचारप्रसार सामग्री निर्माण गरेको थियो ।
सरकारबाट निर्वाचन ऐन प्राप्त भएपछि र चुनावको मिति तोकिएलगत्तै आगोगले निर्णय गर्नेछ कि 'अहिले छलफलको क्रममा छ,' प्रवक्ता राईले भने, 'निर्वाचन विधेयक पारित भएपछि आयोगले के कसरी कुन तरिका बाट अघि बढ्ने भन्नेबारे निर्णय गर्नेछ ।'आयोगले तयार पारेको प्रचारप्रसार सामग्रीहरुमा पर्चा, पोस्टर, पाम्प्लेट, मतदाता चिठीपत्र, भित्तेलेखन, रेडियो तथा एफएम जिङ्गल, टेलिभिजन पिएसए, मोबाइल रिङटोन, सडक नाटक, पत्रपत्रिका, दोहोरी गीत, सांस्कृतिक कार्यक्रमहरु सबै लगाएतका पर्दछन् ।
सबैभन्दा रेडियो बढी प्रभावकारी हुने भएकाले स्थानीय एफएमहरुलाई प्राथमिकता दिइने छ । देशभरिमा ४ सय ८० एफएमले सञ्चालन अनुमति लिएका भने साढे तीनसय जति प्रसारणमा रहेका छन् र सबैलाई उपलब्ध गराइनेछ । ती सामग्रीहरु राष्ट्रिय रुपमा नेपाली भाषामा र स्थानीय तहमा सकेसम्म धेरै स्थानीय मातृभाषाहरुमा सामग्री निर्माण, प्रचारप्रसारलाई प्राथमिकता दिइने निर्वाचन शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाले बताए ।
'स्वदेशमै रहेर फेसबुक खोलेर चलाएकाहरुले यस्ता सामग्री पाउने छन्,' धमला भन्छन्, 'यो सामग्रीले तन्नेरी पुस्तालाई लाभान्वित तुल्याउने हामीले ठानेका छौं ।' त्यसैगरी आयोगले हरेकको मोबाइलमा निर्वाचन सन्देश एसएमएस पठाउने छ भने रिङटोनसमेत बनाउने जनाएको छ ।
आयोगले प्रचारप्रसारका निम्ति हरेक गाविसमा १ जना निर्वाचन शिक्षा कार्यकर्ता तयार गरेको छ । त्यसैगरी हरेक मतदान स्थलमा १ जना स्वयंसेवक खटाउने तयारी गर्नेछ । त्यसनिम्ति यसअघि स्थानीय विकास मन्त्रालयअन्तर्गत कार्यरत सामाजिक परिचालकलाई समेत तालिम दिइसकेको छ । आयोगले सरकारी, गैरसरकारी, निजी क्षेत्र, आमसञ्चार माध्यम, नागरिक समाज, राजनीतिक दलहरुलगायतसित सहकार्य गरेर निर्वाचन शिक्षालाई घरदैलोमा पुर्याउने जनाएको छ भने निर्वाचनका विषयलाई लिएर हरेक दिन कान्तिपथस्थित आयोगको कार्यालय हातामा रहेको सूचना केन्द्रमा विद्यार्थी र सर्वसाधारणलाई जानकारीदिदै आइरहेको छ ।
त्रिशुली थ्री ए को क्षमता निर्णय फिर्ता
जेठ २९,
नेपाल विद्युत प्राधिकरणका कर्मचारीले त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता विस्तार विरुद्ध आन्दोलन चर्काएपछि प्राधिकरण सञ्चालक समितिको भर्खरै सम्पन्न बैठकले निर्णय फिर्ता लिएको छ । सरकारको दबाबमा प्राधिकरण सञ्चालक समितिले ठेकेदारको प्रस्तावअनुसार ६० मेगावाट क्षमताको आयोजनालाई पुनसंरचना गरी ९० मेगावाट बनाउने निर्णय गरेको थियो र क्षमता वृद्धि गर्दा प्राधिकरणलाई बढी आर्थिक भार पर्ने तर्क गर्दै चार वटा कर्मचारी संगठन आन्दोलनमा उत्रेका थिए । कर्मचारीले मन्त्री क्वार्टरमा दैनिक चार घन्टा ब्ल्याक आउट सुरु गरेको दिन प्राधिकरणले निर्णय फिर्ता लिएको छ । केन्द्रीय कार्यालय रत्नपार्कमा कामकाज ठप्प पारेका कर्मचारीले देशभर नै प्राधिकरणका गाडी चल्नबाट रोक समेत लगाएका थिए ।
आज विहान बसेकोसञ्चालक समिति बैठकमा सरकारले निर्णय फिर्ता गर्न नमानेपछि अपरान्ह ३ बजे पुनः बैठक बसेको थियो र बैठकले क्षमता विस्तारको निर्णय फिर्ता लिएको प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर रायले आन्दोलनकारी कर्मचारी संगठनका अगुवालाई टेलिफोनमा जानकारी दिनु भएको थियो । निर्णयको पूर्ण लिखत हेरेर मात्र आफूहरुले आन्दोलन फिर्ताको निर्णय लिने कर्मचारी नेता शंकर बाराकोटीले बताउनुभयो ।
प्राधिकरणले कर्मचारीहरुको गतिविधि अराजक बन्दै गएपछि त्यसलाई रोक्न निर्णय फिर्ता लिनुपरेको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गरी ‘कार्यालयको सम्पूर्ण क्रियाकलाप ठप्प गर्ने, विभिन्न महत्वपूर्ण र संवेदनशील क्षेत्रमा समेत विद्युत लाइन काट्ने क्रियाकलापले सेवाग्राही सेवाबाट समेत वञ्चित हुँदै गएको उल्लेख गरिएको छ ।
प्राधिकरणले क्षमता विस्तारको निर्णय अघिल्लै सरकारले गरेको समेत स्पष्ट पारेको छ । २०६९ साल मंसिरमै मन्त्रिपरिषद्ले क्षमता विस्तार गर्न सैद्धान्तिक सहमति दिएको थियो । वैज्ञानिक विश्लेषणबाट क्षमता विस्तारले धेरै लाभ हुने देखिएपछि यही जेठ १७ गते प्राधिकरणको सञ्चालक समितिले उक्त निर्णय गरेको उल्लेख गर्दै प्राधिकरणले आफ्नो निर्णयको बचाउ गरेको छ ।
रेग्मीको सरकार कठपुतली
जेठ २९,
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भए यता मुलुकमा कर्मचारीतन्त्र लागू भएको बताएका छन् । फोरम नेपालको वुधवार लक्ष्मीनियामा आयोजित गरेको क्षेत्रीय सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै यादवले भने-' रेग्मी नेतृत्वको सरकार गठनसँगै मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ । दलहरुको औचित्य समाप्त भएको बताएका छन् । '
रेग्मी नेतृत्वको सरकार एमाओवादी,कांग्रेस र एमालेको कठपुतली बनेको आरोप लगाउँदै फोरम नेपालका अध्यक्ष यादवले तीन दलले संविधान सभा विघटन गर्ने वेला प्रधानन्यायाधीशको हैसियतले रेग्मीले पनि सहयोग गरेको बताए । उनको कथन थियो- 'सर्वोच्च अदालतले संविधान सभाको म्याद किटान नगरेको भए संविधानसभा जोगिन पनि सक्थ्यो र 'तीन दलले संघीय संविधान नचाहेको दावी गर्दै उनले यीनै दलहरुको सिन्डिकेटले संविधान बन्न नदिएको तथा संविधान सभा विघटन गरेको आरोप समेत लगाए । तीन दलले मधेसी, आदिवासी, जनजाति, मुस्लिम तथा महिलालाई निस्तेज गर्न समानुपातिक प्रतिनिधीत्व घटाउन लागेको आरोप लगाउँदै उनले समानुपातिक प्रतिनिधित्व घटाए निर्वाचनलाई स्वीकार नगर्ने चेतावनी दिए- 'समानुपातिक प्रतिनिधित्व घटाए निर्वाचन स्वीकार गरिन्न उनले भने ।'
कार्यक्रममा पार्टीका वरीष्ठ नेता भरत विमल यादवसहितका नेताहरुको पनि उपस्थिती थियो । सोही कार्यक्रममा हालै तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल छाडेका शत्रुघ्न यादवको अगुवाईमा करिव चारसय नेता तथा कार्यकर्ताहरु समेत फोरम नेपाल प्रवेश गरेका छन् ।
-ekantipur
सहयोगी विकास बैंकको ५० लाख दिउसै लुटपाट
जेठ २९,

आज अज्ञात समूहले महोत्तरीको गौशाला- ८ नवराजपुरमा सहयोगी विकास बैङ्कको ५० लाख नगद लुटेको छ । बैङ्कको जनकपुरस्थित कार्यालयबाट गौशाला शाखामा पुर्याउन लागिएको नगद नवराजपुरमा ३ /४ जनाको सङ्ख्यामा मोटरसाइकल चढेर आएका व्यक्तिले लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जनकपुरबाट ना २ छ २७२२ नम्बरको टाटा जिपमा हाली गौशाला शाखामा नगद पुर्याइँदै गर्दा दुई किलोमिटर टाढा दिउँसो साढे ३ बजेको समयमा लुटिएको हो र एक चालक, एक सुरक्षा गार्ड र नगद बोकेका एक कर्मचारी रहेका गाडीलाई मोटरसाइकलबाट आएका हतियारधारीले रोकेर नगद लुटपाट गर्दै भागेको बैङ्कका कर्मचारीहरुले बताएका छन् ।
-रासस
नेपालनै अशान्त बनाइदिने नेकपा - माओवादी
जेठ २८,
नेकपा–माओवादीले आफ्नो माग सम्बोधन नगरी चुनाव गरिएमा गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । राष्ट्रपति, चार दल र सरकारले आफ्ना माग उपेक्षा गरेमा नेकपा माओवादीले मुलुक नै अशान्त बनाइदिने समेत चेतावनी दिएको छ ।आज काठमाडौंमा भएको कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले आफूसहितका विभिन्न दलले राखेका मागप्रति गम्भीर हुन सरकार,राष्ट्रपति र चार दललाइ आग्रह गर्नुभएको छ ।
यसैबीच नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सरकारलाई चुनाव सम्बन्धी अध्यादेशको टुंगो लगाउने गरी चुनावको काम अघि बढाउने सहमति भएकोमा आपत्ति समेत जनाएको छ र यसबाट वार्ताको बाटो बन्द हुने र त्यसले अर्को द्वन्द्व निम्त्याउने नेकपा माओबादीले चेतावनी दिएको छ ।
बैठकपछि नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले एक विज्ञप्ति निकालेर सर्वपक्षीय सहमतिबाट अघि बढ्न र वार्ताको पहल गर्न आग्रह गर्न सरकार र चार दल लाई आग्रह गर्नु भएको छ
यसैबीच नेकपा माओवादीको पोलिटब्यूरो बैठकले सरकारलाई चुनाव सम्बन्धी अध्यादेशको टुंगो लगाउने गरी चुनावको काम अघि बढाउने सहमति भएकोमा आपत्ति समेत जनाएको छ र यसबाट वार्ताको बाटो बन्द हुने र त्यसले अर्को द्वन्द्व निम्त्याउने नेकपा माओबादीले चेतावनी दिएको छ ।
बैठकपछि नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले एक विज्ञप्ति निकालेर सर्वपक्षीय सहमतिबाट अघि बढ्न र वार्ताको पहल गर्न आग्रह गर्न सरकार र चार दल लाई आग्रह गर्नु भएको छ
।
४१ दशमलव ५७ प्रतिशत उत्तिर्ण एस एल सी को नतिजा सार्बजनिक
जेठ २८,
(अपडेट) परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसी परीक्षा परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार ४१ दशमलव ५७ प्रतिशत उत्तिर्ण भएका छन् । ०६९ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले जनाएको छ ।
त्यस्तै एम्जाम्पटेडतर्फ पनि ७ दशमलव ७६ प्रतिशत उत्तीर्ण भएका छन् । यो दश वर्ष यताकै सबैभन्दा कमजोर नतिजा हो ।०५९ सालमा ३२ दशमलव ५ प्रतिशत उत्तीर्ण भएका थिए भने गत वर्ष ४७ दशमलव १ प्रतिशत पास भएका थिए । ०६९ सालमा नियमित तर्फ ४ लाख ३० हजार ९७ जनाले परीक्षा दिएकोमा १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।जसमा विशिष्ट श्रेणीमा १० हजार, २ सय ६३ छात्र र ६ हजार ६ सय ६ सय ६१ छात्रा गरी १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ४४ हजार ६ सय २३ छात्र र ३१ हजार ५ सय ४२ छात्रा गरी ७६ हजार १ सय ६५ र द्वितीय श्रेणीमा ३८ हजार ७ सय ३२ छात्र र ३१ हजार ९८ छात्रा सहित ६९ हजार ८ सय ३० जना उत्तिर्ण भएको छन् ।
यस्तै तृतीय श्रेणीमा २ हजार ८ सय ३६ छात्र र २ हजार १ सय ८० छात्रासहित ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै गरि एक्जाम्प्टेडतर्फ १ सय १६ प्रथम, ५ हजार ८ सय ४८ तिीय र २ हजार ३ सय ५३ जना तृतीय श्रेणीमा पास भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको पुरक परीक्षा साउन २० गतेदेखि २७ गतेसम्म संचालन गर्ने जानकारी दिएको छ । दुई विषयमा फेल भएकाले पुरक परीक्षा दिन पाउनेछन ।
बन्ने भयो काठमाडौँमा भ्यु टावर
जेठ २८,
छावीनपछि सम्झौतामा केही बुंदा अपुग भएपनि उजुरीमा परेजस्तो अनियमितता नभएको उल्लेख गरेको छ । सम्झौतामा अपुग कुरा भने पुनः समावेश गर्न निर्देशनसमेत दिएको बताएको छ ।
महानगर प्रशासनका विभाग प्रमुख महेश काफ्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्झौतामा केही कुरा थप गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए । 'सम्झौताको डाफ्ट अग्रेजी भाषमा बनाउन लगायतका निर्देशन छन् छ वटा निर्देशन दिएको छ' उनले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले '२५ तल्लो काठमाडौ भ्यू टावर' निर्माण सम्झौता गर्दा काठमाडौ महानगरपालिकाले अनियमितता नगरेको स्पष्ट गरेको छ । टावर निर्माणमा आर्थिक अनियमितता भएको भन्दै उजुरीपरेपछि झण्डै छ महिनादेखि आयोगले सम्झौताका सम्पूर्ण फाइल झिकाइ छानबीन गर्न थालेको थियो ।
विरोधका बीच पनि पूर्वराजा ज्ञानेन्द्र सप्तरीमा
जेठ २७,
विद्यार्थी संगठनहरुको विरोधका बीच पनि पूर्वराजा ज्ञानेन्द्र शाह सप्तरी आउनु भएको छ । बाराको सिमराबाट शाह सडक मार्ग हुँदै मध्याहृन राजविराज आउनु भएको हो । विद्यार्थीहरुको प्रदर्शनका कारण ज्ञानेन्द्र शम्भुनाथस्थित शम्भुनाथ मन्दिरमा पूजाआजा नगरी सिधै राजविराजस्थित न्यू ग्रिन स्टार होटलमा प्रवेश गर्नुभयो । मन्दिर परिसरमा सयौँ समर्थक बिहानदेखि पूर्वराजाको प्रतिक्षामा थिए । नगरको प्रवेशद्वारदेखि अदालत रोड, सिरहा रोड, जनआन्दोलन चौक, गजेन्द्र चौक हुँदै राजदेवी मन्दिरसम्म पूर्वराजालाई पैदलयात्रा गराइने बताइए पनि विद्यार्थी संगठनहरूको प्रदर्शन गरेपछि गजेन्द्र चौकदेखि होटलसम्म मात्र पदैलयात्रा गराइएको थियो ।
प्रदर्शनका क्रममा विन्देश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति रामचन्द्र यादव, सचिव वि.पी. यादव र स्ववियु सदस्य सन्तोष यादव लगायतका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ ।
तर, उहाँले दिउँसो भारदहको कंकालिनी मन्दिर पुगेर पुजापाठ तथा दर्शन गर्नु भएको छ र उहाँले मन्दिरलाई २ लाख रुपैयाँ सहयोग गर्नु भएको बताइएको छ ।
प्रमुख दलसम्वद्ध विद्यार्थीहरुले पूर्व राजा ज्ञानेन्द्रको भ्रमणको विरोध गरपेछि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । विद्यार्थी संगठनहरुले आइतबार राति ज्ञानेन्द्रको स्वागतका लागि बनाइएको स्वागतद्धारहरु समेत भत्काएका थिए भने सोमबार बिहान राजविराजमा यातायात बन्द गराएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रको सप्तरी भ्रमणलाई मध्यनजर गरी विशिष्ट व्यक्तिसरह सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले बताउनु भएको छ । भ्रमण सफल बनाउन विनोद पाण्डेको संयोजकत्वमा एक हजार आठ सदस्यीय मूल स्वागत समारोह समिति गठन गरिएको छ । तराईको दुई हप्ते भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्रले मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा जिल्लामा रहेका शक्तिपीठहरूमा समेत पूजापाठ गर्नुहुने बताइएको छ ।
दलाल र गद्दार गुटहरु सँग पार्टी एकता सम्भव छैन : वैद्य
जेठ २७,
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड र बाबुराम भट्टराई दलाल र गद्दारमा पतन भैसकेको भन्दै उनीहरुसँग पार्टी एकता नहुने बताउनुभएको छ ।
‘प्रचण्ड-बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ ।’- सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले भन्नुभयो- ‘त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन ।’
हालै विभिन्न सञ्चारमाध्यममा दुई माओवादीवीच एकताको चर्चा चलेकाले त्यसलाई प्रष्ट पार्न वैद्यका तर्फबाट विज्ञप्ति जारी गरिएको भन्दै पार्टी एकताबारे आफ्नो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफलसम्म पनि नभएको वैद्यले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
२ करोड धरौटी नबुझाएपछि ‘डन’ परशुराम जेल चलान भए
बस्नेतले भने–अन्याय भयो, सर्वोच्च जान्छु
बस्नेतले भने–अन्याय भयो, सर्वोच्च जान्छु
जेठ २७,
विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका ‘डन’ परशुराम भनिने कृष्ण बस्नेतसँग २ करोड धरौटी मागेको छ । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि बस्नेतलाई जगन्नाथ देवल जेल चलान गरिएको अदालतले जनाएको छ ।
बस्नेत र उनकी श्रीमती सोमबार विहान युवा संघका कार्यकर्ताको दलबल सहित अदालतमा उपस्थित भएका थिए भने बस्नेत अदालतमा उपस्थित भएपछि अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यहरु मोहन रमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासमा थुनछेक बहस भएको थियो । ‘परशुरामसँग २ करोड धरौटी माग गरिएको थियो । तर, उनले बुझाउन सकेनन’ अदालतका रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरसँग भन्नुभयो-’जाहेजेथा धरौटी राख्न निवेदन आएको छ । बस्नेतलाई आज भने जेल चलान गरिएको छ ।’ इजलासले परशुरामकी उनकी श्रीमती अञ्जु सिंह बस्नेतलाई भने साधारण तारेखमा रिहा गरेको अदालतले बताएको छ ।
अदालत परिषरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले आफूले साधारण तारेखमा रिहा हुने अपेक्षा गरेको भएपछि धरौटी मागेपछि आफूलाई अन्याय भएको बताए । उनले विशेषको आदेशविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परशुरामसहितका ५ डनविरुद्ध जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एमाले नेता केपी ओली निकट युवा संघका नेता बस्नेतविरुद्ध विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ विगो दावी गरिएको छ । साथै परशुराम र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम, शेयर, सवारी साधान र घरजग्गा जफत गर्न माग गरिएको थियो ।
फोरम लोकतान्त्रिकका नेता समेत रहेका डन गणेश लामा, दिपक मनाङ्गे र अभिषेक गिरी फरार छन् भने चक्रे मिलन लागू औषधको मुद्दामा डिल्लीबजार कारागारमा रहेका छन् ।
विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका ‘डन’ परशुराम भनिने कृष्ण बस्नेतसँग २ करोड धरौटी मागेको छ । अदालतले मागेको धरौटी बुझाउन नसकेपछि बस्नेतलाई जगन्नाथ देवल जेल चलान गरिएको अदालतले जनाएको छ ।बस्नेत र उनकी श्रीमती सोमबार विहान युवा संघका कार्यकर्ताको दलबल सहित अदालतमा उपस्थित भएका थिए भने बस्नेत अदालतमा उपस्थित भएपछि अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यहरु मोहन रमन भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासमा थुनछेक बहस भएको थियो । ‘परशुरामसँग २ करोड धरौटी माग गरिएको थियो । तर, उनले बुझाउन सकेनन’ अदालतका रजिष्टार धिरबहादुर चन्दले अनलाइनखबरसँग भन्नुभयो-’जाहेजेथा धरौटी राख्न निवेदन आएको छ । बस्नेतलाई आज भने जेल चलान गरिएको छ ।’ इजलासले परशुरामकी उनकी श्रीमती अञ्जु सिंह बस्नेतलाई भने साधारण तारेखमा रिहा गरेको अदालतले बताएको छ ।
अदालत परिषरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले आफूले साधारण तारेखमा रिहा हुने अपेक्षा गरेको भएपछि धरौटी मागेपछि आफूलाई अन्याय भएको बताए । उनले विशेषको आदेशविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले परशुरामसहितका ५ डनविरुद्ध जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । एमाले नेता केपी ओली निकट युवा संघका नेता बस्नेतविरुद्ध विभागले ११ करोड ६१ लाख ४१ हजार १ सय ७७ रुपैयाँ विगो दावी गरिएको छ । साथै परशुराम र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको रकम, शेयर, सवारी साधान र घरजग्गा जफत गर्न माग गरिएको थियो ।
फोरम लोकतान्त्रिकका नेता समेत रहेका डन गणेश लामा, दिपक मनाङ्गे र अभिषेक गिरी फरार छन् भने चक्रे मिलन लागू औषधको मुद्दामा डिल्लीबजार कारागारमा रहेका छन् ।
झडप २४ घाइते
जेठ २७,
जेठ २७,
गाउँको ब्रहृमबाबा मन्दिरमा पूजा गर्ने विषयलाई लिएर रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसमा दलित र गैरदलितबीच झडप हुँदा २४ जना घाइते भएको बताइएको छ । दोस्तिया गाविस - ५ भीमडावर टोलमा रहेको ब्रहृमबाबा मन्दिरमा गत वैशाख २८ गते झुमनराम चमारको छोरा उमेशराम चमारको बिहेमा पूजा गर्न गएका महिलामाथि गैरदलितहरूले अभद्र व्यवहार गर्दा सामान्य झडप समेत भएको थियो ।
सोही विवादलाई लिएर शुक्रबार राति करिब ८ बजे दलित बस्तीमा लुटपाट गर्नुका साथै उनीहरूमाथि सामूहिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक आक्रमणबाट गुरुदयाल राम, पार्वतीदेवी राम, महावीर राम, सुनितादेवी राम र जितनीदेवी रामलाल लगायत २४ जना घाइते भएका र उनीहरूको अनामिका अस्पताल गरुडा तथा जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदेव राय यादव र उनका छोरा छोटेलालप्रसाद यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सदरमुकाम ल्याइएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । सो घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले जानकारी दिनुभयेको छ
रासस
सोही विवादलाई लिएर शुक्रबार राति करिब ८ बजे दलित बस्तीमा लुटपाट गर्नुका साथै उनीहरूमाथि सामूहिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक आक्रमणबाट गुरुदयाल राम, पार्वतीदेवी राम, महावीर राम, सुनितादेवी राम र जितनीदेवी रामलाल लगायत २४ जना घाइते भएका र उनीहरूको अनामिका अस्पताल गरुडा तथा जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदेव राय यादव र उनका छोरा छोटेलालप्रसाद यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सदरमुकाम ल्याइएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । सो घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले जानकारी दिनुभयेको छ
रासस
।
एकल जातीय पहिचानको पक्षमा : महासचिव गुरुङ्
जेठ २७,

नेपाल आदीवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ्ग भोटेले आफूहरु एकल जातीय पहिचानको पक्षमा रहेको बताउनु भएको छ । जनजातिको साझा मुद्दा भनेकै एकल जातिय पहिचान र राजनीतिक अधिकार भएकोले यसैमा केन्द्रीत हुने उहाँले बताउनुभयो । महासचिव पदमा निर्वाचित भइसकेपछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका भोटेले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनजाती महासँघ एकल जातीय पहिचानको पक्षमा रहेको बताउनुभयो । उहाँले एकल जातीय राज्यको पक्षमा भने आफुहरु नरहेको प्रष्ट पार्नुभयो र सामाजिक विभेदको अन्त्य, एकल जातिय पहिचान र आत्म निर्णयको अधिकारका पक्षमा कसैसँग सम्झौता नगर्नेसमेत उहाँको भनाई थियो ।
चार राजनीतिक शक्तिले गरेको २५ बुदे सहमति र अन्तरिम संविधानमा गरिएको संसोधन आफुहरुका लागि स्वीकार्य नभएकोले पुनः संसोधन नगरिए चुनाव हुन नदिने चेतावनी समेत बताउनु भयो । उहाँले समानुपातिक सिट संख्या र थ्रेस होल्ड खारेजीको व्यवस्थासमेत मान्य नहुने बताउनुभएको छ ।
जनजाति महासंघको तीन वर्ष नयाँ नेतृत्वको कार्यनीति के रहने भन्ने प्रश्नमा भोटेले जनजातिहरुका लागि बनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गरी आदीवासी जनजातिको जल, जमिन र जंगल सहितको अधिकार प्रत्याभूतिका लागि विशेष पहल आफुले गर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटिका सदस्य समेत रहेका भोटेले आफु महासचिवमा चयन भइसके पछि साझा भएकोले जनजातिको हक अधिकार संरक्षणमा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमालेले बहुपहिचान सहितको संघिय राज्य भनेको छ, हामीले पनि एकल जातिय पहिचान र बहु जातिय राज्यको मुद्दा उठाएका छौं, यसको सार तत्व लगभग एउटै रहेको छ
।’
प्रसारण लाइन नहुदा बिद्युत खेर गयो
जेठ २७,
ढुवानीका लागि आवश्यक पूर्वाधार सडकको अभावमा जुम्लाका स्याउ कुहिएर खेर गएजस्तै नेपालमा उत्पादन हुने विद्युतको पनि त्यस्तै हविगत हुने देखिएको छ। प्रसारण लाइनको अभावमा उपलब्ध विद्युत उपभोग गर्न नसकि खेर जाने भएपछि ठूलो पुँजी लगानी गरी उत्पादन गरिने विद्युत उर्जा पनि हिमाली भेगमा फल्ने स्याऊले बिक्रिका लागि बजार नपाई कुहिए जस्तै खेर जाने भएको पक्का भएको छ । जसको कारण यो बर्षायाममा पनि दैनिक पाँच घण्टाभन्दा धेरै लोडसेडिङ हुने पक्का छ।
यो वर्ष पर्वतको तल्लो मोदी १ (१० मेवा), कास्कीको विजयपुर (४.५) र धादिङको आँखुखोला (८.४) जलविद्युत परियोजना समेतबाट कुल २३ मेवा विद्युत थपिएपनि प्रासारण लाईनको अभावमा यो सबै बिजुली खेर जाने भएको छ। गत बर्ष पनि प्रसारण लाइनको अभावमा प्राधिकरणले करिब २५ मेगावाट विद्युत गुमाएको थियो। यो बर्षातमा पनि निर्माणसम्पन्न हुने साना तथा मध्यमस्तरका आयोनजनाबाट उत्पादन हुने करिब ५० मेगावाट भन्दा धेरै विद्युत खेर जाने भएको छ। बर्षायाम सुरु भए सँगै नदीमा पानीको प्रवाह बढ्ने हुँदा सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दछन्।
यसै बर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको बर्दघाट–हेटौडा २२० केभी क्षमताको प्रसारण लाइन समयमा सम्पन्न नहुँदा पुर्वमा विद्युत अपुर्ति गर्न नसकिने भएपछि थप उत्पादन भएको विद्युत खेर जाने भएको छ ।
बर्दघाट–हेटौडा प्रसारणल लाइन नबनेसम्म उत्पादित विद्युत खेर जाने निश्चित भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् र पूर्वमा विद्युत प्रसारण गर्ने एकमात्र प्रसारण लाईन भरतपुर–हेटौडा प्रसारण लाइन कम क्षमताको भएका कारण यसले थप विद्युत आपुर्ति गर्न सक्दैन। प्राधिकरणका अनुसार खिम्ती–डल्केबर प्रसारण लाइन नबन्दा पनि बर्षिक एक लाख २५ हजार युनिट विजुली खेर गइरहेको छ।
प्राधिकरणले भनेजस्तै उसले पिपिए सम्पन्न गरेका सन् २०१८ सम्ममा निर्माण सम्पन्न हुने आयोजना बाट विद्युत उत्पादन नै भयो भने पनि प्रसारण लाइनको अभावमा उत्पादित सबै विद्युत उपभोग नभई आधाभन्दा धेरै खेर जाने निश्चित प्रयाः छ।
कर्मचारीको मिलेमतोमा एक व्यक्ति लाई १२ थान नागरिकता
जेठ २६,
जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतोमा नवलपरासीमा एक व्यक्तिले १२ जनालाई आफ्नो नक्कली छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ ।सनई गाविसका सरफु्द्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिक सहित १२ जनाको नागरिकता बनाइदिएका छन् । मुसलमानले नक्कली नागरिकता दिलाएको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदन अनुसार सम्पूर्ण फर्जी नागरिकता वितरण गरेको खुलासा भएको हो ।
मुसलमानले गाविस सचिवले सिफारिस गर्दा दिने सबै कागजात आफैँ तयार गरेर सचिव गोकुल गिरीको समेत किर्ते हस्ताक्षर गरेका थिए । गाविसका सचिव गिरीले नक्कली कागजपत्र पेस गरी नागरिकता निकालेको उजुरी हालेपछि जिल्ला प्रशासनले छानबिन समिति गठन गरेको थियो । मुसलमानले बाबु बनेर नागरिकता दिलाउनेको सङ्ख्या १७ जना रहेको बताइएको छ ।
रासस













