रोनाल्डोलाई म्यानचेष्टर युनाइटेड फर्काउने प्रयास
रोनाल्डोलाई म्यानचेष्टर युनाइटेड फर्काउने प्रयास
जेठ २२,
म्यानचेष्टर युनाइटेडले क्रिष्टियानो रोनाल्डोलाई क्लबमा फर्काउने प्रयास तिब्र परिरहेको छ । ओल्ड ट्रार्फड र्फकने ६५ मिलियन पाउण्ड प्रस्ताव गर्ने जनाएको छ । फर्काउन का लागि उनका प्रतिनिधीसँग कुराकानी भइरहेको द सनले जनाएको छ । रियल मडि्रडले रोनाल्डोलाई क्लबमा नै राख्ने इच्छा भए पनि रोनाल्डोले नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन् । यो सँगै रियलले भने टोटनहृयामका बेललाई भित्र्याउने पहल गरेको बताएको छ ।
रोनाल्डो सन २००९ मा ८० मिलियनमा रियल गएका थिए र जहाँ, म्यानचेष्टरमा रहँदा जस्तो रफल रहन सकेनन् । म्यानचेष्टरमा रहँदा फिफा प्लेयर अफ दि इयर घोषित रोनाल्डो स्पेनमा भने बार्सिलोनाका अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सीका कारण उनि केही छाँयामा परे । समर्थकहरुले दुबैलाई एक अर्काभन्दा अब्बल मानेपनि मेस्सीले कीर्तिमानहरु मात्र बनाएनन् र पछिल्लो चार वर्षमा उत्कृष्ट बर्ष फुटबलर समेत घोषणा भएका छन् ।
-एजेन्सी


0 comments
Write Down Your Responses