नवाज शरीफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ

नवाज शरीफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ
जेठ २२,
             आज  नवाज शरीफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । बुधबार पाकिस्तानको राष्ट्रिय एसेम्ब्लीले शरीफलाई दुई तिहाई बहुमतले प्रधानमन्त्रीमा चयन गरेको थियो । ३ सय ४२ सदस्यीय एलेम्ब्लीमा शरीफले २ सय ४४ मत पाउनु भएको थियो । पाकिस्तान पिपुल्स पार्टी पीपीपीका उम्मेदवार मख्दुर अमीन फहीमले ४२ र इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफका जावेद हाशमीले जम्मा ३१ मत पाउनु भएको थियो र  प्रधानमन्त्री हुन शरीफलाई मात्र १ सय ७२ भोट आवश्यक थियो ।

             प्रधानमन्त्रीमा निर्वाचित भएपछि शरीफले लोकतन्त्रिक बाटोबाट अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ र पाकिस्तानको इतिहासमा सैन्य शासनकाल प्रति इगिंग गर्दै उहाँले लोकतन्त्रको मुख थुन्दा संविधान र कानुनको सत्तामा चोट पुगेको बताउनु भएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!