अब पिल्समा पनि पासवर्ड

 अब पिल्समा पनि  पासवर्ड
                अब आफ्नो ग्याजेटको पासवर्ड भुलेर हैरान हुनुहुन्छ ? हो, हो भने  पासवर्ड भुल्ने समस्या अब गए । मोटोरोला कम्पनीले यहीँ सहस्याको अस्वाभाविक तथा अनौठो समाधान खोज्दैछ । मोटोरोलाले इलेक्ट्रोनिक्स ट्याटुको आविष्कार गरेको छ जुन तपाइँको छालामा टाँसिनेछ । यसमा एक सर्किट हुनेछ र  त्यसले  पासवर्डको काम गर्नेछ । अनि सोही सर्किटमा आबद्ध ग्याजेटले तपाइँलाई अवस्य पनि चिन्नेछ र तपाइँले ग्याजेट ओपन गर्न सक्नुहुनेछ यहि  हप्ता  आयोजित एक समारोहमा मोटोरोलाले यो इलेक्ट्रोनिक टाटु सार्वजनिक गरेको हो ।

यो मोटोरोलाको अर्को चामत्कारिक आविष्कारको रुपमा रहेको छ पासवर्ड पिल्स अर्थात् पासवर्डयुक्त पिल्स । यो पिल्सलाई तपाइँले खानु पर्ने छ । यो  खाए पछि तपाइँले सम्बन्धित ग्याजेट खोल्नका लागि कुनै पासवर्ड दबाइरहनुपर्दैन  । पेटभित्रको पिल्सबाट आउने तरंगले तपाइँको ग्याजेटसँग सम्पर्क स्थापित गर्नेछ र तपाइँले ग्याजेट खोल्न सक्नुहुनेछ ।
             यो पिल्स चलाउनका लागि ब्याट्रीको आवश्यकता नपर्ने अनि  पेटमा हुने अम्लबाटै यो पिल्सले काम गर्ने भनिएको छ  छ । तर यसको पूर्ण परीक्षण अझै नगरिएको र यसलाई तत्काल बजारमा ल्याउने सोँच पनि नभएको मोटोरोला कम्पनीले जनाएको छ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!