दलहरुलाई रेग्मीको ४ दिने अल्टिमेटम'

 दलहरुलाई रेग्मीको ४ दिने  अल्टिमेटम'
२० जेठ,
                         चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज
रेग्मी निर्वाचनसम्वन्धी अध्यादेशको विवादित विषयमा ४ दिन भित्र सहमतिमा पुग्न प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ । २४ गतेसम्म दलहरुबीच सहमति नभए सरकार आफैं ढंगले अघि बढ्ने उहाँको चेतावनी छ । एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनालले सोमबार रेग्मीलाई भेटेर संविधानसभा सदस्य निर्वाचन अध्यादेश र निर्वाचनका विविध विषयमा दलहरुबीच  छलफल भइरहेका  जानकारी गराउनु भएको थियो । राजनीतिक समितिमा दलहरुबीच भइरहेका छलफल निष्कर्षमा पुगिनसकेको र आउँदो जेठ २४ गतेका लागि अर्को वैठक तय गरिएको जानकारी गराउनुभयो ।

             भेटमा रेग्मीले भने विवादित विषय टुङ्ग्याउन सरकार कत्तिपनि ढिलो गर्ने पक्षमा नरहेको बताउनु भयो । ‘निर्वाचन अध्यादेश टुंगाउने र निर्वाचनको मिति घोषणा गर्ने विषय तत्काल गर्नुपर्ने विषय भएको छ र यी विषयलाई सरकारले अत्यावश्यक ठानेको छ” रेग्मीले भन्नुभयो-’यी विषयलाई टुंगाउन सरकार कत्ति पनि ढिलाई गर्ने पक्षमा छैन ।’ उहाँले जेठ २४ गते भित्रै सहमतिमा पुग्न आग्रह गर्नु भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो ।

            मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले जेठ २४ गते भित्र दलहरु निष्कर्षमा पुग्न नसके सरकारले विभिन्न दलहरुसंगको छलफललाई ध्यानमा राखि उपयुक्त निर्णय लिएर अघि बढ्नु पर्ने वाध्यात्मक परिस्थिति आउने सक्ने चेतावनी दिनु भएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!