माइतीघर-तीनकुनेमा साइकल लेन बन्ने

माइतीघर-तीनकुनेमा  साइकल लेन बन्ने
२० जेठ,
                अब   टिर्टिर् घण्टी बजाउँदै सडक छेउमा गुड्ने साइकललाई न छिटो कुद्ने गाडीवालाले टेर्छ, न विस्तारै हिँड्ने बटुवाले अब व्यस्त सडकमा साइकलमा गुड्ने मान्छे आफू निकै अपहेलित भएको महसुस  गर्ने दिन गए अब ।
                तर अहिलेसम्म सिनामंगलदेखि तिलगंगासम्म मात्र साइकल लेन छ । अरु व्यस्त सडकमा साइकल लेन छैन । अब आफ्नो लेन नभएको कारण साइकलयात्रीले निकै जोखिमपूर्ण रुपमा यात्रा गर्नुपर्ने बाध्यता छ । कतिले ज्यान समेत गुमाएका छन् । वातावरण विद डा. प्रल्हाद योञ्जनको निधन साइकलयात्राकै क्रममा अर्को गाडीले ठक्कर दिएर भएको थियो । यसकारण सडकमा साइकलयात्रीको जोखिम बढेको भन्दै साइकल लेन बनाउनुपर्ने आवाज जोडतोडका साथ उठिरहेको छ । तर सबै ठाउँमा साइकल लेन बनाउने पहल भएको छैन । अहिले सडक विस्तारको क्रममा मात्रै साइकल लेन बनाउने काम शुरु भएको जानकारी दिएको छ ।

माइतीघर-तीनकुनेमा काम तीव्र
         यो राजधानीको अति व्यस्त सडकमध्येमा पर्ने माइतीघर-तीनकुने क्षेत्रमा सडक विस्तारसँगै साइकल लेन बनाउने काम तीव्र रुपमा भैरहेको छ र  ‘सडक पुनर्निर्माणसँगै साइकल लेनको काम अशोज, कात्तिकसम्म सक्ने योजना छ’ काठमाडौं महानगरपालिका नगर विकास समिति संयोजक भाइकाजी तिवारीले भन्नुभयो । यो साइकल लेन झण्डै तीन किलोमिटरको हुनेछ ।
-onlinekhabar

0 comments

Write Down Your Responses

Join Our Facebook !!!