बृद्धाश्रममा कम्बल बितरण

 बृद्धाश्रममा कम्बल बितरण
असार २ ,
           भक्तपुर मध्यपुर स्थित बोडेको देवमा बृद्धाश्रममा आइेतबार कम्बल बितरण गरिएको छ । शिदार्थ बिद्यापिठ स्कुल गठाघर कि प्रिन्सिपल दिपिका थापाका माता पुर्णकला रिमालको सम्झनामा पिता हरिशंकरानन्द रिमालले कम्बल बितरण गरेका हुन । रिमालले बृद्धाश्रममा रहेका २० जना  बृद्ध-बृद्धालाई कम्बल बितरण गरे । साथै आगामी दिनहरुमा पनि बृद्धाश्रमलाई सहयोग गर्ने मन्तब्यका क्रममा प्रतिबदता जनाए ।


                    सामुदायिक बिकास समिती भक्तपुर र सामुदायिक प्रहरीको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष,सामुदायिक बिकास समितीको अध्यक्ष सुरेन्द्र बोगटी,शिदार्थ बिद्यापिठ स्कुल गठाघर कि प्रिन्सिपल दिपिका थापा लगायतले मन्तब्य राखेका थिए । मन्तब्यका क्रममा आफुले बृद्धाश्रमका बुवाआमालाई सहयोग गर्न पाउदा निकै खुशी लागेको र अझ सहयोग गर्न चाहेको सो क्रममा थापाले भनिन् । कार्यक्रममा देवमा बृद्धाश्रम र सामुदायिक बिकास समितीको पदाधिकारी, सदस्य, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!