हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते

अपडेट : हुम्लामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, १ को मृत्यु, ५ घाइते
५ असार,
                      हुम्लाको तुम्कोट फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।हुम्ला टावरका प्रमुख टेकबहादुर तापलीको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुर्घटनामा गम्भीर भएका हेलिकोप्टरका पाइलट इटालियन डाभिडी, फिस्टेलका दिलक श्रेष्ठ र स्थानीय गोविन्द लामाको अवस्था गम्भीर छ भने गोमा एयरका पाइलट एडी शेर्पा र प्रज्वल भट्टराई सामान्य घाइते भएका छन् ।नेपालगञ्जबाट गएको फिल्टेलको अर्को हेलिकोप्टरले पहिलो लटमा गम्भीर घाइते ३ जनालाई कालिकोट पुर्‍याएको छ भने बाँकी २ जनालाई अर्को लटमा ल्याएको छ ।

          हिल्साबाट सिमिकोटका लागि उडेको इटालियन कल साइन भएको हेलिकोप्टर मुचु गाविस-६ को तुम्कोटस्थित अपराहृन दुर्घटना भएको हो । हेलिकोप्टर कर्णली नदीको बगरमा दुर्घटना भएको हो ।हेलिकोप्टर कर्णाली नदीको दुई तिरको भंगालोबीचमा रहेकाले उद्दारमा कठिनाई भएको थियो । केही दिनअघि मानसरोवर कैलाश घुम्न गएको र उद्दारका लागि हेलिकोप्टर गएको फिस्टेलमा एक्जुकेटिभ म्यानेजर अपरेशन श्रीहरी कुँइकेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

         सिमिकोटमा ४ बजेर २० मिनेटमा ल्याण्ड हुनु पर्ने हेलिकोप्टर नआएपछि खोजी गर्दा दुर्घटना भएको भेटिएको स्रोतले बताएको छ । हेलिकोप्टरमा समस्या आएर अवतरण गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!