अब रेलको टिकेट एसएमएसबाट भारतमा

अब रेलको टिकेट एसएमएसबाट भारतमा 
जेठ ३१,

      भारतमा  अब रेलको टिकट लिन लामो लाईन बस्नुपर्ने दिनको अन्त्य भएको छ । भारतमा अब एस एम एस पठाएर रेलको टिकट लिन सकिने प्रविधि सुरु भएको भारतीय सन्चार माध्यमहरुले बताएका छन् ।
रेलसेवा लिन आवस्यक भएमा मोबाईलबाट म्यासेज पठाएर टिकट अग्रीम बुकिङ गर्न समेत सकिने भारतीय रेल अधिकारीहरुले जानकारी दिएका  छन् ।

देशमा मोबाईल सेवा प्रयोग गर्ने सर्बसाधारणको संख्यामा उल्लेख्य  वृद्धिले गर्दा यो तरिका अपनाउन लागिएको हो । यो सेवा भने आगामी जुलाई महिनाबाट मात्र प्रयोगमा आउने भएको  छ । यस्तो सेवाबाट कागजको खर्च नहुने भएकोले पर्यावरण मैत्रि भएको भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियालाई उदृत गर्दै बिविसीले जनाएको छ ।

टिकट बुकिङको लागि जुनसुकै समयमा पनि एस एम एस पठाउन सकिने छ । म्यासेज पठाउने नम्बर केही दिनमै सार्वजनिक गरिने अधिकारीहरुको भनाई छ । यो सेवा लागू भएपछि टिकट प्रीन्ट गर्नुपर्ने छैन । मोबाईलमा आएको म्यासेजलाई नै आधिकारिक हुने छ ।

उपभोक्ताले भने टिकटका लागि बैकको खाताबारे भने जानकारी दिनुपर्ने छ । रेलसेवाका अधिकारीले खातामा पैसा भए नभएको पत्तालागेपछि टिकट बारे उपभोक्ताई म्यासेज पठाउने छन् र 
यात्रीले आफुले कुन ठाउँबाट कुन ठाउँसम्म जान चाहेको हो त्यो कुरा भने स्पष्ट लेखेर म्यासेज गर्नुपर्ने छ । यो सेवा मोबाईल फोन उपभोक्ताले पाउने छन् । यसरी टिकट अग्रीम बुकिङ गराउन भारतीय तीन रुपैया खर्च हुने जनाईएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!