चुम्बन गर्नुस मज्जाले फ्री मा कफी खानुहोस

चुम्बन गर्नुस मज्जाले फ्री मा कफी खानुहोस 


                    
               जो कोहि पनी चर्चामा आउने मेलो पनि किसिम किसिमका हुन्छन् । अस्ट्रेलियामा रहेको एक क्याफेले चर्चामा आउन यस्तै अनौठो हतकण्डा अपनाएको छ र उक्त क्याफेले यस्तो अफर गरेको छ कि अब त्यहाँ तन्नेरी तरुनीको भिड लाग्नेवाला अवस्य  छ ।

                        वास्तवमा यो क्याफे नवयौवनाहरुको डफ्फा आफुकहाँ झुम्मियोस् र व्यापार मालामाल होस् भन्ने चाहिरहेको छ । त्यसैले यसले सुरुवातमा वैशालु जोडीहरुका लागि पासा समेत  फ्याँकिदिएको छ । प्रेमिका लिएर उक्त क्याफेमा जानुस्, मज्जाले कफी खानुस् तर तपाइँलाई त्यो कफीको पैसा तिर्नुपर्दैन कति सजिलो । त्यहाँका कर्मचारीका अगाडि आफ्नी प्रेमिकालाई जोडदार चुम्बन गरिदिए कफीको पैसा मिनाहा अवस्य  हुनेछ ।

                        सिड्नीमा रहेको मेट्रो सेन्ट जेम्स क्याफे नामक उक्त क्याफेको फेसबुक पेजमा भनिएको छ, यो जुन महिनाभरी तपाइँको पार्टनरलाई लिएर बिहान ९ देखि एघार बजेसम्म क्याफेमा आउनुहोस् र कफी अर्डरसँगै मज्जाको चुम्बनले पार्टनरलाई सरप्राइज दिनुहोस्  उसले भनेको छ ।

            यस विषयमा एक भिडियो समेत यु टयुवमा अपलोड गरिएको छ जुन निकै चर्चित समेत भएको छ । भिडियोमा होटल मालिकले ग्राहक जोडीलाई सम्झाइरहेका छन् की उनीहरुको चुम्बनको क्याफेले अनुगमन गरिरहेको हुन्छ त्यसैले चुम्बन  वास्तविक र दमदार  हुनुपर्छ न कि झारा टारेजस्तो बनाबटी भने हुनुहुदैन उसले बताएको छ ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!