गोर्खाकपमा थ्रीस्टारलाई हराउँदै मनाङ फाइनलमा

गोर्खाकपमा थ्रीस्टारलाई हराउँदै मनाङ फाइनलमा
जेठ ३०,
                 आज भएको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब गोर्खाकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा मनाङले थ्रीस्टारलाई १-० ले पराजित गरेको हो । गोर्खाकपमा मनाङले थ्रीस्टारलाई हराएको यो अवस्य पनि पहिलो पटक हो । यसअघि पहिलो र दोस्रो संस्करणको उपाधि जित्ने क्रममा थ्रीस्टारले मनाङलाई हराएको थियो । 
            अब शनिबार हुने खेलमा मनाङ र आर्मी उपाधिका लागि भिड्नेछ , त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको घरेलु दुई महारथीबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हापको सुरुवातबाटै दुबै टोली एकअर्कामाथि हावी हुने प्रयासमा थियो । पहिलो हापमा मनाङको तीन बटा प्रहार थ्रीस्टारका गोरलक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ भने गरेका थिए । थ्रीस्टारले पनि केही राम्रो मुभ बनाएपनि गोल गर्न भने  सकेन । तर, ४० औं मिनेटमा थ्रीस्टारलाई झड्का लाग्यो । सुजल श्रेष्ठलाई फल गरेपछि थ्रीस्टारका विष्णु सुनुवारले रातो कार्ड पाए र थ्रीस्टार १० खेलाडीमा सिमित हुन् पुग्यो  ।
               १० खेलाडीमा सिमित भएपनि थ्रीस्टारले दोस्रो हापमा मनाङमाथि दबाव कायम राखेको थियो । ६४ औं मिनेटमा योना इलियासको पासमा अनिल गुरुङ गोल गरेपनि रेफि्रीले त्यसलाई मान्यता दिएनन् । उनको हेड बल हातमा आफ्नै पोष्टको दिशामा गएपछि अनिलले पहेँलो कार्ड तर, खेलको ८७ औं मिनेटमा विशाल राई बीले मनाङका लागि गोल गरे र  सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका उनलाई अनिलको हेडमा योनाले निकै राम्रो पास मिलाएका थिए ।
             खेलको अन्तिम मिनेटमा योना इलियास र जगजित श्रेष्ठले रातो कार्ड खान पुगे र  त्यसपछि थ्रीस्टारका सराज दहालले राम्रो मौका पाएपनि गोल गर्न भने सकेन र मनाङ १-० को जितका साथ फाइनलमा प्रवेश गरेको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!