किन गर्यो सरकारले टेलिभिजन बन्द

किन गर्यो  सरकारले  टेलिभिजन बन्द 

जेठ ३०, 

            आर्थिक मन्दीबाट गुज्रिरहेको ग्रीस सरकारले राष्ट्रिय टेलीभिजन र रेडियो स्टेशन बन्द गरेको बताएको  छ। मंगलबार साँझदेखि राज्य नियन्त्रित मुख्य टिभी च्यानलको स्क्रिनमा कालो देखिएको छ । खर्च कटौतीका लागि स्टेशन बन्द  गरिएको सरकारी प्रवक्ताले जनाएका छन्। 

         ब्रोडकास्कटिङ कर्पोरेशनमा मात्र  ठूलो मात्रामा पैसा खर्च भएको भन्दै सरकारले टेलिभजन र एफ एम बन्द गरेको हो। टेलिभजनमा झन्डै २५ सय कर्मचारी निकालिएको बताइएको छ।

          निकालिएका कर्मचारीहरुलाई क्षतिपूति भने दिइएको छ। उनीहरुले यसपछि स्थापना हुन लागेको एक स्वायत्त सामुदायीक प्रशासरणमा आवेदन दिन पनि सरकारले आह्वान गरिसकेको छ। च्यानल बन्द गर्ने निर्णयको खारेजीको माग गर्दै सरकारी टेलिभजन मुख्यालमा मानिसहरु जम्मा भएका छन्। सरकारको यो निर्णयले सबैलाई आश्चार्यचकितमा  पारेको छ।
-एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!