अब निर्वाचन आयोगले सामाजिक संजालमा राख्ने

अब निर्वाचन आयोगले सामाजिक संजालमा राख्ने  

जेठ ३०, 

           निर्वाचन आयोगले अर्को संविधानसभाको चुनावी अभियानलाई प्रभावकारी तुल्याउन सामाजिक सञ्जाल फेसबुकमा जानकारीमूलक सामग्री राख्ने भएको छ । यो सेवा स्वदेशमा रहेका हरेकले आफ्नो वाल स्टाटसमा पाउने छन् । त्यसैगरी कम्तिमा १ प्रतिशत वक्ता रहेका भाषामा प्रचार सामग्री निर्माण गर्ने भएको छ र  आयोगले मतदाता शिक्षालाई लिएर यो तयारी गरेको हो । 'चुनावलाई धेरैभन्दा धेरै जन सरोकारमुखी बनाउने प्रयासमा हामी  छौं,' प्रवक्ता बीरबहादुर राई भन्छन्, 'यो पटक विगतको भाषाहरुलाई पनि निरन्तरता दिइनेछ । र २०६८ सालको जनगणना तथ्याङ्कअनुसार १ प्रतिशत जनसंख्या रहेको भाषामा प्रचारप्रसार सामग्री निर्माण गर्ने आयोगको सोच रहेको छ । ' २०६४ सालको संविधानसभामा नेपालीलगायत १७ वटा मातृभाषामा चुनावी प्रचारप्रसार सामग्री निर्माण गरेको थियो ।

              सरकारबाट निर्वाचन ऐन प्राप्त भएपछि र चुनावको मिति तोकिएलगत्तै आगोगले निर्णय गर्नेछ कि  'अहिले छलफलको क्रममा छ,' प्रवक्ता राईले भने, 'निर्वाचन विधेयक पारित भएपछि आयोगले के कसरी कुन तरिका बाट अघि बढ्ने भन्नेबारे निर्णय गर्नेछ ।'आयोगले तयार पारेको प्रचारप्रसार सामग्रीहरुमा पर्चा, पोस्टर, पाम्प्लेट, मतदाता चिठीपत्र, भित्तेलेखन, रेडियो तथा एफएम जिङ्गल, टेलिभिजन पिएसए, मोबाइल रिङटोन, सडक नाटक, पत्रपत्रिका, दोहोरी गीत, सांस्कृतिक कार्यक्रमहरु सबै लगाएतका  पर्दछन् ।
सबैभन्दा रेडियो बढी प्रभावकारी हुने भएकाले स्थानीय एफएमहरुलाई प्राथमिकता दिइने छ । देशभरिमा ४ सय ८० एफएमले सञ्चालन अनुमति लिएका भने साढे तीनसय जति प्रसारणमा रहेका छन् र सबैलाई उपलब्ध गराइनेछ  । ती सामग्रीहरु राष्ट्रिय रुपमा नेपाली भाषामा र स्थानीय तहमा सकेसम्म धेरै स्थानीय मातृभाषाहरुमा सामग्री निर्माण, प्रचारप्रसारलाई प्राथमिकता दिइने निर्वाचन शिक्षा तथा सूचना केन्द्रका कार्यकारी निर्देशक कोमल धमलाले बताए ।

         'स्वदेशमै रहेर फेसबुक खोलेर चलाएकाहरुले यस्ता सामग्री पाउने छन्,' धमला भन्छन्, 'यो सामग्रीले तन्नेरी पुस्तालाई लाभान्वित तुल्याउने हामीले ठानेका छौं ।' त्यसैगरी आयोगले हरेकको मोबाइलमा निर्वाचन सन्देश एसएमएस पठाउने छ भने रिङटोनसमेत बनाउने जनाएको छ ।

            आयोगले प्रचारप्रसारका निम्ति हरेक गाविसमा १ जना निर्वाचन शिक्षा कार्यकर्ता तयार गरेको छ । त्यसैगरी हरेक मतदान स्थलमा १ जना स्वयंसेवक खटाउने तयारी गर्नेछ । त्यसनिम्ति यसअघि स्थानीय विकास मन्त्रालयअन्तर्गत कार्यरत सामाजिक परिचालकलाई समेत  तालिम दिइसकेको छ । आयोगले सरकारी, गैरसरकारी, निजी क्षेत्र, आमसञ्चार माध्यम, नागरिक समाज, राजनीतिक दलहरुलगायतसित सहकार्य गरेर निर्वाचन शिक्षालाई घरदैलोमा पुर्‍याउने जनाएको छ भने  निर्वाचनका विषयलाई लिएर हरेक दिन कान्तिपथस्थित आयोगको कार्यालय हातामा रहेको सूचना केन्द्रमा विद्यार्थी र सर्वसाधारणलाई जानकारीदिदै आइरहेको  छ । 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!