अब योग गुरु बन्न लाइसेन्स लिनु पर्ने

अब योग गुरु बन्न लाइसेन्स लिनु पर्ने

           अमेरिकाको योगको लोकप्रियता बढ्दो छ । दिनदिनै योग अभ्यास गर्नेहरुको संख्या बढेको छ । तर, केही योग गुरुविरुद्ध गम्भीर उजुरी परेपछि केही प्रान्तमा योग शिक्षक बन्नका लागि सरकारी लाइसेन्स लिनु पर्ने बाध्यता  भएको छ ।
                
                   योग सिकाउन गुरुको मार्गदर्शन चाहिन्छ भने गुरुले पनि वर्षौको साधनामा योग सिकेको हुनुपर्छ तर, अमेरिकामा निकै छोटो समयमै  योग गुरु बन्ने गरेका छन् । न्यूयोर्कको एक योग केन्द्रकी शिक्षिका ऐनेस्तेसिया फ्रेकेल केबल ५ महिनामै योग गुरु बनेकी  हुन् ।

         योगको लोकप्रियता  र त्यसबाट हुने कमाईले गर्दा पनि मानिसहरुमा योग गुरु बन्ने होड चलेको जनाएको छ  । एक अध्यनका  अनुसार २००१ मा ४० लाखले योगाभ्यास गर्थे तर, अहिले २ करोड नाघेको छ । अमेरिकामा योग ६ अर्ब डलरको उद्योग बनिसकेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!