युद्धमा ९३ हजार मारिए

युद्धमा ९३ हजार मारिए
जेठ ३०,
                सिरियामा गएका  २६ महिनादेखि जारी रहेको द्वन्द्वका क्रममा ९३ हजारको ज्यान गुमाएको संयुक्त राष्ट्रसंघले जनाएको  छ । बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा सिरियामा जारी युद्धमा सरकारी र विद्रोहीहरूले समेत मानव ढालका रुपमा बालबालिकालाई प्रयोग गरेको र हजारौँ बालबालिका मारिएको पाइएको उल्लेख गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सिरियाको युद्ध आधुनिक संसारकै एक अत्यन्तै अस्वभाविक र अस्वीकार दुःख भएको टिप्पणी गर्नुभयो  छ ।

                 सिरियाको विद्रोही समूहले १५ देखि १७ वर्षसम्मका बालबालिकालाई विद्रोही सेनामा भर्ती गरिरहेका समाचारहरू आइरहेको  पनि प्रतिवेदनमा उल्लेख गरिएको छ र  साथै सरकारी सेनाले पनि बालबालिकालाई यौन दुव्र्यवहार गर्ने गरेका तथा उनीहरूले विद्रोहीका सूचना लिने काममा समेत यस्ता बालबालिकाहरु  प्रयोग गर्ने गरेको पाइएको जनाएको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको बिरुद्ध राजीनामा माग गरेर  आन्दोलन सुरु भएको हो ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!