न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

न्यायाधीश नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

 ५ असार,

              आफूभन्दा कनिष्ठ र कम अनुभवीलाई न्याय परिषद्ले पुनरावेदन अदालतको न्यायाधीश नियुक्त गरेकामा आपत्ति जनाउँदै अधिवक्ता उत्तमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको छ ।नियुक्ति पाएका १९ न्यायाधीशभन्दा आफू वरिष्ठ भएको, २३ वर्ष छ महिनासम्म लगातार अदालतमा बहस गर्दै आएको र नियुक्ति भएका न्यायाधीशभन्दा आफू अनुभवी रहेको दावी श्रेष्ठले आˆनो रिट निवेदनमा गर्नुभएको छ ।

यसैगरी अपाङ्गलाई पनि पुनरावेदन अदालतको न्यायाधीश नियुक्त नगरिएको भन्दै अधिवक्ता शिवहरि शर्माले पनि अर्को रिट निवेदन दायर गुर्नभएको छ । रिटमा न्याय परिषद्को सो निर्णय उत्प्रेषणको आदेशले बदर गरी वरिष्ठता, योग्यता र दक्षताका आधारमा पुनरावेदन र जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न परमादेश जारी गर्न माग गरिएको छ ।

रिटमा न्याय परिषद्, कामु प्रधानन्यायाधीश र न्यायपालिकाका सदस्यलाई विपक्षी बनाइएको छ ।
- रासस

0 comments

Write Down Your Responses

Join Our Facebook !!!