किन पछि परे अमेरिका र जापान

चीनमा संसारकै तिब्र गतिको सुपर
कम्प्युटर,किन  पछि परे अमेरिका र जापान


           शोधकर्ताहरुको सूमहले विश्वका सबैभन्दा तिब्र गतिका ५ सय सुपरकम्प्युटरको सूची जारी गरेको छ । जसमा चीनको तियान्हे-२ लाई विश्वको सबैभन्दा तिब्र गतिको कम्प्युटर भनिएको छ । यसअघि नोभेम्बर २०१० देखि जून २०११ जूनकोबीचमा पनि चीनलाई विश्वकै तिब्र गतिको कम्प्युटर बनाउने ताज मिलेको थियो ।


सुपर कम्प्युटरको गति नाप्ने संस्था लिनप्याक बेञ्चमार्कका अनुसार तियान्हे-२ सुपर कम्प्युटर ३३.८६ पेटाफ्लोस प्रतिसेकेन्डको गतिले चल्छ । यसको अर्थ यो कम्प्युटरले एक सेकेण्डमा ३३ हजार ८ सय ६० टि्रलियन क्यालकुलेशन गर्छ ।
नयाँ सूचीको दोस्रो र तेस्रो नम्बरमा अमेरिकाको टाइटन र सिक्वोया रहेको छ भने जापानको के कम्प्युटर विश्वको चौथो तिब्र गतिको कम्प्युटर भएको देश बनेको छ । यस्तो सूची वर्षमा दुई पटक जारी गरिन्छ । यो सूची म्यानहाइम युनिभर्सिटीको कम्प्युटर साइन्सका प्रोफेसर हृयास मियुरको निगरानीमा तयारी पारिएको हो ।

सूचीमा चीनका ६६, अमेरिकाका २ सय ५२, जापानका ३०, बेलायतका २९, फ्रान्सका २३ र जर्मनीका १९ सुपर कम्प्युटर छन् । अहिले भइरहेका भन्दा तिब्र गतिको कम्प्युटर २०१५ सम्म नआउने अनुमान गरिएको छ ।
एजेन्सी 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!