चाउचाउ अर्थात समस्याको पोको ?

चाउचाउ अर्थात समस्याको पोको ?

                  साना बालबालिका र कजेल पढ्नेहरुको आधा जिन्दगी चाउचाउ खाँदै वित्छ । पकाउन पनि सजिलो र खान पनि टेस्टी हुने भएकाले यसलाई ममी पनि खुस बच्चा पनि खुस भन्ने गरिन्छ । तर, स्वास्थ्यका लागि यो हानीकारक हुन्छ । चाउचाउ खाँदा तपाईको मेहनत र समय त बचाउँछ । तर, भोजनको सट्टा चाउचाउ खाँदा माइग्रेन र ब्लड प्रेसरको समस्या देखापपर्छ । नुनको बढी मात्राले ब्लड प्रेसर बढाउँछ । यदि बालबालिका मान्दैनन भने चाउचाउमा धेरै मात्रमा सागसब्जी मिसाउने र घरका मसलामा बनाएर दिनु उपयुक्त हुन्छ ।
  • चाउचाउको प्याकेजमा स्टायरोफोम हुन्छ, जसले क्यान्सर रोग ल्याउन एजेन्टको काम गर्छ ।
  • धेरै चाउचाउ खोने महिलाहरुमा पछि मिसक्यारेज हुने सम्भावना बढी हुन्छ । किनकी चाउचाउमा बच्चाको विसासमा प्रतिकुल असर गर्न सक्छ ।
  • चाउचाउ खाँदा पेटमा पनि समस्या आउँछ । यसले कब्जियत हुनुका साथै पेट ढुस्स हुन्छ । जसले निकै असहज बनाउँछ ।
  • यसले मोटोपन बढाउँछ । यसमा भिटामिन, मिनरल्स र फाइबर हुँदैन भने कार्बोहाइड्रेड हुन्छ । यसमा हुने ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटले मोटोपन बढाउँछ ।
  • चाउचाउमा स्वाद दिन मोनोसोडियम ग्लूमेटको प्रयोग गरिन्छ । जसको साइड इफेक्टका रुपमा एजर्ली, माइग्रेन, टाउको दुखाई लगायतका समस्या आउँछ ।
  • चाउचाउमा सोडियम धेरै हुन्छ । जसले ब्लड प्रेसर, मुटुको रोग र किड्नीमा समेत समस्या ल्याउँछ ।


0 comments

Write Down Your Responses

Join Our Facebook !!!