नायिका नाङ्गिंदा गजितलाई तनाव

नायिका नाङ्गिंदा गजितलाई तनाव

                      
                    मायाज बार’बाट डेब्यू गरेका नायक गजित बिष्ट अहिले आफ्नो नयाँ चलचित्र ‘लभ फरेभर’को प्रचारमा सक्रिय छन् । जेठको अन्तिम सातामा प्रदर्शनमा आएको ‘सुपारी’ले कुनै कमाल मच्चाउँन नसकेपछि गजित ‘लभ फरेभर’कै आशमा छन् । तर चलचित्रमा समावेश उनी र नायिका सुमिना घिमिरे बिचको उत्तेजक दृश्यले चर्चा पाएपछि उनलाई पर्नु पिर परेको छ ।चलचित्र ‘लभ फरेभर’लाई सेक्स केन्दि्रत भनेर दर्शकले वुझेपछि गजितलाई आपत्त परेको हो ।

गजित भन्छन्, ‘चलचित्रमा सेक्स मात्र छैन अन्य धेरै कुरा पनि छन् ।’ उनले चलचित्रमा आफूले रियल स्टन्ट गरेको दाबी पनि गरे । ‘यो चलचित्रमा मैले निक्कै मिहिनेत गरेको छु’, गजित भन्छन् ।

उनले चलचित्रमा समावेश द्वन्द्वको दृश्यमा आफूले वायर, म्याट, स्पि्रङ बोर्ड केही पनि प्रयोग नगरेको बताए । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई शंकर आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा नायक निरज बराल, राज आचार्यको पनि अभिनय छ ।
onlinekhabar

0 comments

Write Down Your Responses

Join Our Facebook !!!