बालुवाटारमा मन्त्रीले किन थर्काए शीर्षनेताहरुलाई
बालुवाटारमा मन्त्रीले किन थर्काए शीर्षनेताहरुलाई
मन्त्रीले सोधे- तपाईहरुलाई थ्रेसहोल्ड किन चाहियो ?
२५ जेठ,
पटक-पटक बैठक बस्दा पनि सहमतिमा पुग्न नसकेका चार दलका शीर्षनेतालाई शनिबार बिहान बालुवाटारमा एकजना मन्त्रीले दह्रोसँग थर्काएका छन् । निर्वाचनसम्बन्धी कानूनमा सहमति जुटाउन नसकी समय माग्न बालुवाटार पुगेका दलका नेताहरुलाई त्यसरी थर्काउने मन्त्री हुन् विद्याधर मन्त्री ।संघीय मामिला तथा स्थानीय विकास मन्त्री मल्लिकले दलहरुले चुनावको वातावरण नबनाएको भन्दै आक्रोश पोख्नुभयो । ‘हामी पेन्सन पकाएर घरमा बसेको मान्छेलाई चुनाव गरिदिनोस् भन्नुभयो, हामी पनि चुप लागेर बस्न हुन्न, देशका लागि केही गर्नुपर्छ भनेर आएका हौं ।’
पुरानै कानूनअनुसार निर्वाचनमा जाँदा के हुन्छ ?’
बैठकमा दलका नेताहरुप्रति मन्त्रिपरिषदका अध्यक्ष रेग्मीसमेत निकै आक्रोशित देखनिुभएको थियो । चारदलको आग्रह अनुसार बालुवाटारमा आयोजित छलफलमा अध्यक्ष रेग्मीका साथै मन्त्रीहरुको पनि सहभागिता थियो ।
तत्कालै चार दलको बैठक
अध्यक्ष रेग्मीले दलका नेताहरुलाई जेठ २४ सम्म सहमति गर्न समय तोक्नुभएको थियो । तर, दलका नेताहरु थ्रेसहोल्डको बखेडाका कारण २४ गते सहमतिमा पुग्न सकेनन् । त्यसपछि नेताहरु रेग्मीलाई भेटेर केही दिन समय माग्ने भन्दै शनिबार बालुवाटार पुगेका हुन् । तर, मन्त्रीले थर्काएपछि शनिबारै चार दलका नेताहरु नयाँ बानेश्वरमा बैठक डाकेका हुन् । बैठकमा कुनै सहमति भने हुन सकेन । बैठक भोलि साँझ बस्ने गरी सकिएको छ ।


0 comments
Write Down Your Responses