मोएज र मोउरिन्हो अगष्ट २६ मा भिड्ने

मोएज र मोउरिन्हो अगष्ट २६ मा भिड्ने

५ असार


                   इङ्ग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर युनाइटेडले स्वान्सीको सामना गर्ने भएको छ । लिग कप विजेता स्वान्सीको घरेलु मैदानमा अगष्ट १७ अर्थात भदौ १ गते हुने खेल म्यानचेष्टर युनाइटेडको प्रशिक्षक भएपछि डेभिड मोएजको यो पहिलो खेल हो ।कीर्तिमान प्रशिक्षक एलेक्स फर्गुसनले म्यानचेष्टर छाडेपछि इर्भटनका मोएज ओल्ड ट्राफड आएका हुन् । बुधबार सार्वजनिक पि्रमियर लिगको २०१३-१४ को खेल तालिका अनुसार मोएजको दोस्रो खेल अगष्ट २६ मा जोजे माउरिन्हको चेल्सीसँग घरेलु मैदानमा हुनेछ ।माउरिन्होले भने पहिलो खेलमा यसै सिजन प्रमोसन भएको हलको सामना गर्नेछ । माउरिन्हो रियल मड्रिडबाट यो सिजनबाट पुनः चेल्सी फर्किएका छन् ।


  प्रशिक्षक म्यानुअल पेलेग्रिनीको म्यानचेष्टर सिटीका न्यूक्सासलविरुद्ध घरेलु मैदानमा खेल्नेछ । रोबर्टो मान्सिनी बर्खात भएपछि मालागोको प्रशिक्षक पेलेगि्रनी सिटीको प्रशिक्षक बनेका हुन् । म्यानचेष्टर डर्बी भिडन्त भने सेप्टेम्बर २१ मा इत्तेहादमा हुनेछ । माउरिन्हो र पेलेग्रिनीको भेट भने अक्टोबर २६ मा स्टामफोर्ड ब्रिजमा हुनेछ ।यो सिजन पि्रमियर लिगमा उक्लिएको कार्डिफले वेष्टहाम र क्रिष्टल प्यालेसले टोटनहृयामको सामना गर्नेछ । यसैगरी पहिलो दिनको खेलमा आर्सनल र एस्टनभिल्ला, लिभरपुल र स्टक भिड्नेछन् भने नरवीचले इर्भटनको सामना गर्नेछ । अर्को खेलमा साउथहृयाम्पटन र वेष्टब्रोम आमने सामना हुनेछ ।

मोउरिन्हो, मोएज र पेलेग्रिनी भिडन्त

पि्रमियर लिगमा यो सिजन तीन ठूला क्लबको प्रशिक्षक नयाँ छन् । मोएज फर्गुसनको लय सम्हात्ने प्रयासमा हुनेछ भने जाउरिन्हो आफ्नो सफल कार्यकाल दोहोर्‍याउन चाहन्छन् । उसो त स्पेनिस क्लब मालागोबाट आएका पेलेग्रिनीले मोएज र माउरिन्होसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । उपाधिका मूख्य दावदोर मोउरिन्हो, मोएज र पेलेगि्रनी हुन्, तर अन्य क्लबले पनि उनलाई सजिलै उपाधि दिने वाला छैनन् । आन्द्रे भिल्ला बाओज् फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको प्रस्ताव अस्वीकार गरेर टोटनहृयामै बस्ने दाउमा छन् भने आर्सनल र लिभरपुल पनि उपाधि होडमा छन् । यसैले पि्रमियर लिगको यो सिजन निकै रोमान्चक हुने पक्का छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!