स्पेन यू–२१ युरोपियन च्याम्पियन, थिएगोको ह्याट्रिक

 स्पेन यू–२१ युरोपियन च्याम्पियन, थिएगोको ह्याट्रिक

५ असार,
                थिएगोको ह्याट्रिकमा इटलीलाई पराजित गर्दै स्पेनले यू–२१ युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनल भिडन्तमा इटलीलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि रक्षा गरेको हो । खेलमा स्पेनले छैटौं मिनेटमा नै थिएगोको गोलबाट अग्रता लिएको थियो ।
         तर, १० औं मिनेटमा इटलीका इमोविलले बराबरी गोल फर्काए । ३१ औं मिनेटमा स्पेनलाई २–१ को अग्रता दिलाएका थिएगोले ३८ औं मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरे ।

६६ औं मिनेटमा इस्कोले पेनाल्टीमा गोल गरेपछि स्पेन ४–१ को अग्रता लिन सफल भयो । ७९ औं मिनेटमा इटलीका बोरिनीले गोल गरेपनि हार टार्न सकेनन् र स्पेन ४–२ ले विजयी भयो ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!