किष्ट बैंकका सिइओकी श्रीमती पक्राऊ

किष्ट बैंकका सिइओकी श्रीमती पक्राऊ
सिद्धार्थ बैंकबाट १३ करोड बैंकिङ कसुर गरेको आरोप
 जेठ२३,

                 किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल ज्ञवालीकी पत्नी गौरी खनाल (ज्ञवाली) लाई प्रहरीले बुधबार साँझ महाराजगञ्जबाट पक्राऊ गरेको छ । बैंकिङ ठगीको कसुरमा उनी पक्राउ परेकी हुन् । कसुरमा सिइओ ज्ञवालीसमेत तानिएको प्रहरी स्रोतले बताएको छ ।सिद्धार्थ विकास बैंकबाट अनुचित तरिकाले ऋण लिई बैंकलाई १३ करोड नोक्सान गराएको राष्ट्र बैंकको अनुसन्धानबाट खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा गौरीलाई पक्राऊ गरिएको हो । महाराजगञ्जबाट पक्राऊ गरी उनलाई महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा थुनिएको छ ।

                सिद्धार्थ बैंकमा किष्टका सिइओ कमलकोसमेत सेयर छ । यही प्रभावलाई प्रयोग गरी कमसल मूल्यको जग्गा देखाएर गौरीका नाममा १३ करोड ऋण निकालेर नियतबस बैकिंङ ठगी गरेको राष्ट्र बैंकको निश्कर्ष छ । सिद्धार्थ बैंकलाई डुबाउने नियतले ऋण निकालिएको सिइओपत्नीमाथि आरोप छ ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!