भारतको बिरोध नगरौ -बाबुराम भट्टराई
भारतको बिरोध नगरौ -बाबुराम भट्टराई
जेठ १८,
एमाओबादी उपाध्यक्ष एबम पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको गालि मात्रै गर्नुभन्दा देशको बिकासमा ध्यान दिनुपर्ने बताएका छन्। आज प्युठान जाने क्रममा आज भालुबांग मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराई ले नौमुरे सिचाई लगाएतका बिभिन्न बिकासका कामलाई भारत संग जोडेर राष्ट्रघाती भन्नु उचित नहुने बताए।
भारतलाई गाली गरेर राष्ट्रबादी बन्नु भन्दा बिकासमा कामगर्न तिर लाग्नुपर्ने धारणा भट्टराई व्यक्त गरे
जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत नहुँदासम्म नयाँ नेपाल नबन्ने उल्लेख गर्दै भट्टराइले उपलब्धी रक्षा गर्ने बाटो संबिधानसभा मात्रै भएको बताए ।
नयाँ संबिधान नबन्दासम्म मुलुक अघि बढ्न नसक्ने भएकाले निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बिचार भट्टराइले व्यक्त गरे ।


0 comments
Write Down Your Responses