प्रेमीहरु द्वारा चुम्बन गरेर बिरोध
प्रेमीहरु द्वारा चुम्बन गरेर बिरोध
जेठ १८,
टर्कीको राजधानी अकरानाजिक प्रशासने एक निर्णय को बिरोधमा १ सय प्रेमी हरुले चुम्बन गरेका छन् उनीहरुले प्रसासन द्वारा सार्बजनिक ठाउहरुमा चुम्बन माथि प्रतिबन्द गरेको थियो। कडा बिरोध स्वरूप राजधानी नजिकै सब वेमा उनीहरुले उक्त चुम्बन प्रदर्सन गरेका थिए। गत साता मात्रै सार्बजनिक स्थलमा चुम्बन नगर्न र मर्यादित व्यवहार गर्न निर्देशन गरेको थियो यसपछि सुर्क्षा क्यामरामा चुम्बन गर्दै गरेका जोडीलाई कस्र्बाही गरेको थियो।
नियमित रूपले सब-वे पार गर्ने जोडीलाई यो नियमप्रति आपत्ति छ । प्रेमको अभिव्यक्तिमाथि रोक लगाउन नहुने उनीहरूको तर्क छ । प्रेमपूर्वक अँगालो मार्दा र चुम्बन साटासाट गर्दा मर्यादा भंग नहुने उनीहरू बताउँछन् । यस नियमको आडमा जोडीलाई हैरान गर्न नहुने उनीहरूको अडान छ । कारबाही बिरुद्ध सब वेमा भेला भएर ओठमा ओठ मिलाएर चुम्बन गर्ने जोडीहरु हेर्ने ठुलो संख्यामा उत्साहित र उत्सुक स्थानीयको भिड लागेको थियो स्थानीयहरूले ताली बजाएर जोडीलाई प्रोत्साहित गरेका थिए । सब-वे बाहिर तुलनात्मक रूपमा थोरै संख्यामा मात्र २० जना मुस्लिम कट्टरपन्थी र विभिन्न सरकारी एवं गैरसरकारी संस्थाद्वारा प्रचालित पेसेवर महिला अधिकारकर्मीहरूले जोडीहरूको विरोध गरेका थिए । तलबी अधिकार कर्मी र जोडीहरु बीच झडप हुन् नदिन लाई त्यहाको भरि संख्यामा सुरक्षा उपस्थित थियो।


0 comments
Write Down Your Responses