‘सेक्स की कथा’

 ‘सेक्स की कथा’
जेठ २९, 
    असार ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘अप्रिल फुल’को निर्माणपक्षले आज  काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी सिनेमाको बारेमा जानकारी दिएको छ । कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता विनोद लामिछानेले ‘अपि्रल फुल’ भित्र सेक्स नरहेको दाबी समेत  गरेका छन्  ।

      यस्तै निर्देशक भद्र भुजेलले चलचित्रको कथा राम्रो रहेकाले चलचित्र  चल्ने विश्वास गरेका छन्  । तर चलचित्रको प्रोमो हेर्दा भने दर्शकलाई सिनेमाले नग्नता बेच्न खोजेको आभास पक्कै भएको छ । भद्र भुजेलको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण न्यौपाने र देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

         कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव केशव भट्टराइले एकैसाथ सिनेमा प्रदर्शन गर्न भन्दा पनि थोरै थोरै स्टेशनमा प्रदर्शन गर्न सुझाव समेत दिए । कार्यक्रममा चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र संघका महासचिव प्रदिप उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले समेत उक्त चलचित्र लाई शुभकामना दिएका थिए। 
-eonlinekhabar 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!