सेक्स हुनुपर्छ - सुष्मा अधिकारी

सेक्स हुनुपर्छ
           
           दुई फिल्म, दर्जनौं विज्ञापन र पचासभन्दा बढी म्यूजिक भीडीयो खेलिसकेकी सुष्मा अधिकारी यो भन्दा दुईवर्ष अघि राजधानीमा प्रवेश गरेकी हुन् । धनगढीबाट अध्ययनका लागि आएकी सुष्माले छोटोसमयमै उल्लेखनीय प्रगति गरेकी छिन् ।
  अहिले के मा व्यस्त हुनुहुन्छ ?
भर्खरै एउटा नेपाली कथानक चलचित्र ‘पिपल’ को शुटिङ सिध्याएर बसेकी छु । र, न्यू भिजन मल्टिपल कलेज डिल्लीबजारमा स्नात्तक दोश्रो वर्षमा अध्ययनरत छु । दैनिक म्यूजिक भीडीयोतिर व्यस्त बनेकी छु ।
  यो क्षेत्रमा दुव्र्यवहार बढी हुन्छ रे हो ?
कलाक्षेत्र चोखो छ भनेर म भन्दिन । तर यसरी म भने परेकी छैन् । आफू सदा सही हुन सकियो भने यो र यस्ता क्षेत्रमा तँपाईले भन्नुभएको जस्तै दुव्र्यवहार हुनै सक्दैन ।
 चर्चित हुन अंग प्रदर्शन जरूरी हुन्छ ?
होइन । यथार्थमा भन्ने हो भने कथाले मागेको भन्दा बढी अंग प्रदर्शन गरिनु गलत हो । तर पनि  हरेक नवनायिकालगायतले समाजलाई पाच्य हुनेसम्म अंग प्रदर्शन गर्दा फरक पर्देन जस्तो लाग्छ मलाई ।
  कला क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
अवश्यपनि सकिन्छ । यो क्षेत्रमा मिहिनेत र सही रूपमा लाग्ने हो भने बाँच्न सकिन्छ । जीवन चलाउन सकिन्छ । यसमा कुनै दुईमत छैन ।
सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ तपाइले  ?
सेक्स प्राकृतिक नियम भित्र पर्दछ । यसबाट नै मानव सृष्टि चलेको छ । यदि दुईजनाको मन मिल्छ र विश्वास दिगो हुन्छ भने सेक्सलाई गलत मान्दिन र हुनुपर्छ भन्ने लाग्छ।
nayasamcahr 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!