११ वर्ष जेल महिलालाई ट्वीटरमा टिप्पणी लेखेको अभियोगमा
११ वर्ष जेल महिलालाई ट्वीटरमा टिप्पणी लेखेको अभियोगमा
जेठ २८,
ट्वीटरमा गरेको टिप्पणीका कारण कुवेतमा एक महिलालाई ११ वर्ष कैद सजाय सुनाइएको छ । एक ३७ वर्षीया हुदा अल आजमी नामकी ती महिलाले ट्वीटरमा कुवेतका शासक (अमीर) विरुद्ध टिप्पणी गरेकी थिइन् । जसका कारण उनलाई जेल सजाय सुनाइएको छ ।
त्यस्तै ती महिलाले ट्वीटरमा शासन परिवर्तनको पक्षमा समेत आवाज उठाएकी थिइन् र भने उनले कुवतेका शासकको अपमान समेत गरेकी बताएको छ ।
कुवेती शासक शेख सब अल सवा विरुद्ध टिप्णणी गरेको अभियोगमा दोषी ठहर्याइएकी ती महिलाले आफ्नो सजाय विरुद्ध अपील भने गर्न सक्ने जनाइएको छ र ती महिलाले आफ्नो मोबाइल फोनको समेत दुरुपयोग गरेको पाइएको समाचारमा बताइएको छ ।
हालैका महिनाहरुमा ट्वीटरमा कुवेतका शासकका विरुद्ध टिप्पणी गरेको अभियोगमा यस्तै अन्य कयौं व्यक्तिहरुलाई समेत दण्डित गरिसकिइएको जनाइएको छ । कुवेतको संविधानले त्यहाँका शासक विरुद्ध यस्ता किसिमका टिप्पणीहरुमा प्रतिबन्ध गरेको बीबीसीले जनाएको छ ।


0 comments
Write Down Your Responses