माधुरी र नसीरुद्दीन बिच रोमान्स भएको खुलासा

माधुरी र नसीरुद्दीन बिच रोमान्स भएको खुलासा
जेठ २२,
                  माधुरी दीक्षित र नसीरुद्दीन शाह पहिलो पटक ठूलो पर्दामा रोमान्स गर्दै संगै देखिदै छन् । ‘डेढ इश्किया’ नामको चलचित्रमा यि दुई जोडीको रुपमा देखिन लागेका हुन । फिल्मलाई अभिषेक चौबेले निर्देशन गरेका छन् भने अभिषेककले २०१० मा ‘इश्किया’ निर्देशन गरेका थिए । भारतीय मिडियामा आएका समाचार अनुसार फिल्ममा माधुरी र नसीरुद्दीन बिच केहि उत्तेजक दृश्य पनियस फिल्ममा समाबेस भएका छन् । तर निर्देशक अभिषेकले यसलाई अस्वीकार गर्छन् । उनी भन्छन् ‘यो कुरालाई ठुलो बनाइएको छ, फिल्ममा माधुरी र नसीर एकअर्काका प्रेमीको रुपमा देखिएका छन् तर कामुक दृश्य छैन, तर रोमान्टिक दृश्य चाँही अवश्य छ उनि भन्छन ।’

           अभिषेकका अनुसार यी दुईको अनस्क्रिन केमेस्ट्री गजबको रहेको बताएका छन्  । उनीहरु एक अर्कासँग राम्रा देखिन्छन् । अभिषेक भन्छन् ‘फिल्ममा दुवैले रोमान्स गरेका छन्, यसमा रमाइलो, रोमाञ्च, र अपराध बीच दुई व्यक्ति प्रेममा परेको देखाइएको छ ।’

0 comments

Write Down Your Responses

Join Our Facebook !!!