किन प्रचण्डले घोषणा गरेको राहत बादरमुढे पीडितले नलिने भए ?

किन प्रचण्डले घोषणा गरेको राहत बादरमुढे  पीडितले नलिने भए ?
 जेठ २०,
               माडीको बादरमुढे घटनाका पीडितका लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको ६० लाख रुपैयाँ पीडितहरुले नलिने भएका छन् । पीडितहरुले आफ्नो योजना अनुसार खर्च गर्न नपाउने भएपछि राहत रकम नलिने निर्णय गरेको बादरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताउनु भएको छ।
               फागुनमा भएको प्रथम माडी महोत्सवको उद्घाटनका लागि माडी पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बादरमुढे घटनाका पीडितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट ६० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको थियो तर पीडितहरुले आफ्नो ढंगले गाई बाखा पालन, औषधी उपचार लगायतका काममा खर्च गर्न चाहेपनि नेपाल सरकारको निर्देशिकामा त्यसरी खर्च गर्न पाईने व्यवस्था नभएको भन्दै जिल्ला विकाश समितिले उक्त रकम उपलब्ध गराएको थिएन ।

           पिडितहरुले पेट्रोलपम्प संचालन गरि त्यसबाट भएको आम्दानीबाट पिडितहरुका लागि भविष्यमा आई पर्ने सक्ने  कठिनाइमा सहयोग गर्ने योजना समेत पीडितहरुले अगाडी सारेपनि त्यसलाई समेत अस्विकार गरिएको पीडितहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!