बादरले खिचेको फोटो बिक्यो ७० लाखमा
बादरले खिचेको फोटो बिक्यो ७० लाखमा
चिम्पान्जीले खिचेको एउटा तस्वीर झण्डै ७० लाख रुपैयाँमा बिक्रि भएको छ । रुसको एक मिक्की नामको निकै चलाख चिम्पान्जीले खिचेको तस्वीर ५० हजार पाउण्ड अर्थात् झण्डै ७० लाख रुपैयाँमा लिलाम बढाबढबाट बिक्रि गरिएको हो । त्यस मिक्कीले खिचेको मस्कोको रेड स्क्वाएरको तस्वीर बेलायतको लण्डनमा हालै लिलामीमा राखिएको थियो । मस्को सर्कसमा काम गर्ने मिक्कीलाई रुसी कलाकार विटाली कोमार र एलेक्जेन्डर मेलामिडले १९९० को दशकदेखि फोटोग्राफीको तालिम पनि दिएका थिए
लण्डनमा उक्त भएको तस्वीरको लिलामीमा मिक्कीले खिचेको तस्वीर मात्र होइन मिक्कीलाई फोटोग्राफी सिकाउने दुइजना प्रशिक्षकले खिचेको मिक्कीको तस्वीरहरु पनि समावेश गरिएको थियो । मिक्कीले खिचेको तस्वीर रुसी कला संकलक किरा फ्लान्जेचले किनेका हुन् र दुर्भाग्यको कुरा के भने आफुले खिचेको तस्वीर मोटो रकममा बिक्री भएको खुसीयाली मनाउन मिक्कीले पाएन । किनकी मिक्की सन् २००७ मै परलोक भैसकेको छ ।
- एजेन्सी
- एजेन्सी



0 comments
Write Down Your Responses