दलाल र गद्दार गुटहरु सँग पार्टी एकता सम्भव छैन : वैद्य
दलाल र गद्दार गुटहरु सँग पार्टी एकता सम्भव छैन : वैद्य
जेठ २७,
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड र बाबुराम भट्टराई दलाल र गद्दारमा पतन भैसकेको भन्दै उनीहरुसँग पार्टी एकता नहुने बताउनुभएको छ ।
‘प्रचण्ड-बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ ।’- सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैद्यले भन्नुभयो- ‘त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन ।’
हालै विभिन्न सञ्चारमाध्यममा दुई माओवादीवीच एकताको चर्चा चलेकाले त्यसलाई प्रष्ट पार्न वैद्यका तर्फबाट विज्ञप्ति जारी गरिएको भन्दै पार्टी एकताबारे आफ्नो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफलसम्म पनि नभएको वैद्यले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।



0 comments
Write Down Your Responses