म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे
तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै  अध्ययनको लागि पोखरा लागे 
खै ! किन खनाएथे मैले तिमीलाई 
मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वाश । मनमा राखी पुजा
 गरेर मैले तिमीलाई पुजा भनि बोलाउन चाहे तर मेरो पुजा बेकार बन्यो । 
अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ ।
 सर्पलाई दुध पिलाए पनी विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो ।बधाई
 छ पुजा तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै 
धन,मन इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै 
यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त 
कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर त 
।स्कूले दिनहरु सम्झ त पुजा, आखाँमा राखी नानी बनाएथे, बगैचाको फुल मानी 
पानी हालेथे । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका 
शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनी प्रेम रुपी बाणी सम्झ त ।
मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा ............. म बिनाको जीवन ...........ती त केबल कल्पना रहेछन पुजा । एस एल सी परिक्षाका दिनहरु सम्झ त पुजा, कति रमाइला थिए ती दिनहरु । बन्दको समयमा १८-२० किमी सडक पार गरि हामी कसरी गोरखनाथ बाबाको शरणमा पुगेका थियौ । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाढेको । हो पुजा अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केबल मलाई तडपाइ रहने इतिहास ।एस.एल.सी परिक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्देथे, तिमी त्यस्को विपक्षमा लाग्यौ । जे होस् तिम्रो मम्मीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो मम्मीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछी किन बिर्सनु भयो त ?
मेरो अनुपस्थितिमा त्यी अन्ध्यारा र कहाली लाग्दा ............. म बिनाको जीवन ...........ती त केबल कल्पना रहेछन पुजा । एस एल सी परिक्षाका दिनहरु सम्झ त पुजा, कति रमाइला थिए ती दिनहरु । बन्दको समयमा १८-२० किमी सडक पार गरि हामी कसरी गोरखनाथ बाबाको शरणमा पुगेका थियौ । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाढेको । हो पुजा अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केबल मलाई तडपाइ रहने इतिहास ।एस.एल.सी परिक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्देथे, तिमी त्यस्को विपक्षमा लाग्यौ । जे होस् तिम्रो मम्मीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो मम्मीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछी किन बिर्सनु भयो त ?
   
      जे होस् तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै म
 अध्ययनको लागि पोखरा लागे । तिम्रो फोनको प्रतिक्षामा कैयौँ दिनहरु बिताए ।
 तिम्रो साथ जिवनभरी पाइराखु भनि मनकामनामाइ सँग प्राथना गरे । अह 
मनकामनामाइले मेरो प्राथना बुझिनन ।पोखराको ठाउँ बाच्नै पर्यो, बुढा 
बाबाआमालाई कति दु:ख दिनु । एउटा स-सानो जगिरमा झुन्डिए । बिहानको पढाइ, 
दिउसो जागिर व्यस्त बने पनि मनभरी तिम्रो मायाको भारी बोकेर दिनरात काट्दै 
गरे । तिमी गोर्खा क्याम्पस पढ्न थाल्यौ । हुलाक अनी फोनका सुबिधा नभएका 
होइनन तर तिमीले सम्झनै चाहिनौ । मैले तिम्रो अनी तिम्रो भाईको स्कूलको 
नाममा दुई वटा पत्र रजीस्ट्री गरि पठाए तर तिमीले कानमा तेल हालेर बसिरह्यौ
 । मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई माछापुछ्रेको 
शिरमा उभ्याइ सरङ्कोट्बाट हेर्न लागेछु, फेवा तालको पानीमा डुबुल्कि मार्दै
 तालबारही मन्दिरमा पुजा गरि रानिवनको शितलतामा रम्न लागेछु । तर मेरा यी 
सब सपना, लक्ष्य सिसिफसको कथा जस्तै बन्यो अनी नित्से झै भन्न मन लाग्यो | 
गड इज डेड, आफ्ना भक्तहरुको दुखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के 
भगवान ......?पिडा पिडामै पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठन्डिमा झै कठाङ्रीन लागे, साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डडिए अनी भदौरे भेल सँगै बगे । खोलो किन माथि फर्किन्थ्यो र पुजा । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी ..........गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि ढाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ ।तिमीसंगै एक पटक भेट नहुदै तिमीले हाम्रो संसार अल्गाइसकेछौ । मैले तिम्रो फुलरुपी मायालाई हावा, पानी, मलजल गरेर हुर्काउन चाहे तर तिमीले मलाई केबल तुशारो, असिना अनी एसिड मात्र ठान्यौ । बधाई छ पुजा तिमीलाई, तिम्रो माया फुलाएर चारैतिर बास्ना छर्ने अनी मुनामदन बनेर अर्को ईतिहास रच्ने योजना मात्रै होईन तिमीले मलाई बिफल बनाउ । हो पुजा बल्ल थाहा पाए निदाएको भन्दा निदाएको बहाना गर्ने मान्छेलाई ब्युझाउन गाह्रो हुदो रैछ ।
           
   पूजा म तिम्रो लागि तिम्रो यात्रामा ठेस लाग्न पुगेको एउटा ढुङो रहेछु 
अनी उकाली चढ्दा आएको पसिना रहेछु । आज म तिम्रो मायामा पागल बनेर दिनको 
भोक न रातको निन्द्रामा छु । पोखराबाट गाउँ जादा हरेकपल तिम्रो मायाको 
आशामा रमाउदै मनभरी मायाको लालमोहन, रसबरी, पेडा अनी लड्डु तिम्रै लागि 
ल्याउथे तर अब तिम्रो बस्ती मेरो लागि मरभुमी बन्यो ।तिमी माइती गाउँ आउँदा
 फर्केर पनि माथि डाडातिर हेर्ने चेस्टा सम्म नगर्नु की न की त्यहा मेरो 
रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदा सर्बदा तिम्रो स्वागतमा रम्ने 
मेरो घरमुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ अनी तिम्रो 
आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ ।पुजा, काठमाण्डुको बसाइ साथमा नयाँ संसार चैन छ होला हगि ? ठिक छ मौसमी तिम्रो व्यवहारमा अब एकरुपता आओस । मेरो जीवन दुई दिनको होला तर तिमी हजार बर्ष बाच्नु । माया, ममता, सम्मान र पुरस्कारको सम्मानले पुरिनु । मलाई एउटा लाम्खुट्टे बर्षामा बाँच्नको लागि रगत चुस्न आउने परजिवी भनेर चित्त बुझाउनु जुन माया नपाएर भोकै फर्कियो ।मैले तिम्रो जिवनमा जति पिडा दिन आए, कलेजी ददार्न आए हृदय देखि क्षमा चाहन्छु ल र, अब तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाइका लागि, तिम्रै सफलताका लागि । म कुरुप्, गरिब, अक्षिशित अनी बेसाहारा तिमीसँग सातै जूनी भेट हुने छैन तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि ।
             
 म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, 
अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसंगै ग्रेट्वाल चड्न
 चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा 
तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु बारमुडा 
ट्रयाङ्लमा खसे, म्रित सागरमा फसे अनी काचको गिलास सरी फुटे । म जतिसुकै 
कात्तर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे, तर आज तिम्रो 
तिरस्कारमा बिक्षिप्त बनेर जीवन र मृत्युको दोसाधमा छट्पट्टाइ रहेछु केबल 
मृत्युको पर्खाइमा...........


0 comments
Write Down Your Responses