बलिउड हिरोइनकिन जिया खानले आत्महत्या गरिन् ?

बलिउड हिरोइनकिन जिया खानले आत्महत्या गरिन् ?
जेठ २२,
               बलिउड हिरोइन जिया खान जुहूस्थित आफ्नै घरमा मृत फेला परेकी छिन्। एम्बुलेन्समा राखेर नजिकैको आर एन कपुर म्युनिसिपल अस्पताल पुर्‍याउँदा डाक्टरहरुले पहिलै मृत्यु भइसकेको बताएका थिए। आमा रबिया अमिनसँग बस्दै आएकी उनले झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमहरुलेबताएका छन्  । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुसाइड नोट' फेला नपरे पनि पोष्टमार्टम रिपोर्टले उनको घाँटीमा दवाब परेको देखाएको छ। २५ वर्षीयाजियाले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुसन्धानमा संलग्न मुम्बइ प्रहरीले बताएको छ।

               ब्रिटिस-भारतीय जियाले रामगोपाल बर्माको निशब्दमा अमिताभ बच्चनसँगै अभियन गर्दै बलिउड करिअर सुरु गरेकी थिइन्। सन् २००८ मा रिलिज भएको गजनीले उनको अभिनयलाई नयाँ उचाइमा पुर्यादइदिएको थियो भने पछिल्लो पटक उनलाई दर्शकले हाउसफूलमा हेरेका थिए। सन् २०१० मा रिलिज भएको यो सिनेमा नै उनको लागि अन्तिम सिनेमा बन्यो। बलिउडमा उनि  जिया खानको नामले परिचित भए पनि सन् २०१२ देखि उनले आफ्नो वास्तविक नाम निफ्सा खान लेख्न थालेकी थिइन्।

उनि लण्डनको चेल्सीमा हुर्केकी उनको शिक्षा वेलायतमै भएको थियो।
-एजेन्सी

0 comments

Write Down Your Responses

Join Our Facebook !!!