sports
»
विश्वकप फुटबल खेल खेल्न छनोट हुने जापान पहिलो टिम
विश्वकप फुटबल खेल खेल्न छनोट हुने जापान पहिलो टिम
विश्वकप फुटबल खेल खेल्न छनोट हुने जापान पहिलो टिम
जेठ २१,

विश्वकप फुटबल २०१४ का लागि छनोट हुने जापान पहिलो राष्ट्र बनेको छ । एसियाली राष्ट्रहरुको मंगलबार भएको छनोट खेलमा अस्ट्रेलियासँग १–१ को बराबरी खेल्दै जापानले ब्राजिलमा अर्को वर्ष हुने विश्वकपको यात्रामा सामेल भएको छ । मंगलबार भएको खेलमा अस्ट्रेलियाले ८४ औं मिनेटमा टमी ओरको गोलबाट अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । खेलको अन्तिम समयमा जापानका केइसुके होन्डाले गोल गर्दै खेल बराबरीमा पुर्याए र टोलीको विश्वकपको यात्रा सुनिश्चित गरेका छन् ।
एसियाली राष्ट्रहरुको समूह बी मा रहेको जापान ७ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । उसले ४ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हारको नतिजा पनि निकालेको छ र जापान यस अघि सन् २००२ र २०१० मा अन्तिम १६ सम्म पुगेको थियो । यस्तै आयोजकका हिसाबले राष्ट्र ब्राजिल भने यसअघि नै छनोट भैसकेको छ ।
0 comments
Write Down Your Responses