sports
»
मनाङ मर्स्यंदी लाई हराउँदै आर्मी समूह विजेता
मनाङ मर्स्यंदी लाई हराउँदै आर्मी समूह विजेता
मनाङ मर्स्यंदी लाई हराउँदै आर्मी समूह विजेता
२१ जेठ,

गोर्खा कपमा नेपाल आर्मी क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै समूह विजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलवार भएको समूह सी को अन्तिम खेलमा मनाङलाई १ - ० गोल अन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो । आर्मीका लागि खेलको ६० औँ मिनेटमा टंक बस्नेतले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । जितसंगै आर्मी ३ खेलवाट ९ अंक जोड्दै समूह विजेता र मनाङ समान खेलवाट ६ अंक जोड्दै समूह उपविजेताका रुपमा क्वाटर फाइनल प्रवेश गरेको छ ।
आजै भएको अर्को खेलमा संकटा र टुसाल युथ क्लबले गोलरहित बरावरी खेलेका छन् । बराबरीसंगै समान खेलवाट १-१ अंक जोडेका दुबै क्लब पहिलो चरणवाटै बाहिरिएका छन् । यसअघि समूह ए वाट मच्छिन्द्र र नेपाल पुलिस क्लब र समूह बी वाट थ्रीस्टार र आरसीटी क्लब गोर्खा कप फुटबलको अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।
0 comments
Write Down Your Responses