प्रसारण लाइन नहुदा बिद्युत खेर गयो

प्रसारण लाइन नहुदा बिद्युत खेर गयो
जेठ २७,
ढुवानीका लागि आवश्यक पूर्वाधार सडकको अभावमा जुम्लाका स्याउ कुहिएर खेर गएजस्तै नेपालमा उत्पादन हुने विद्युतको पनि त्यस्तै हविगत हुने देखिएको छ। प्रसारण लाइनको अभावमा उपलब्ध विद्युत उपभोग गर्न नसकि खेर जाने भएपछि ठूलो पुँजी लगानी गरी उत्पादन गरिने विद्युत उर्जा पनि हिमाली भेगमा फल्ने स्याऊले बिक्रिका लागि बजार नपाई कुहिए जस्तै खेर जाने भएको पक्का भएको छ ।  जसको कारण यो बर्षायाममा पनि दैनिक पाँच घण्टाभन्दा धेरै लोडसेडिङ हुने पक्का छ।

यो वर्ष पर्वतको तल्लो मोदी १ (१० मेवा), कास्कीको विजयपुर (४.५) र धादिङको आँखुखोला (८.४) जलविद्युत परियोजना समेतबाट कुल २३ मेवा विद्युत थपिएपनि प्रासारण लाईनको अभावमा यो सबै बिजुली खेर जाने भएको छ। गत बर्ष पनि प्रसारण लाइनको अभावमा प्राधिकरणले करिब २५ मेगावाट विद्युत गुमाएको थियो। यो बर्षातमा पनि निर्माणसम्पन्न हुने साना तथा मध्यमस्तरका आयोनजनाबाट उत्पादन हुने करिब ५०  मेगावाट भन्दा धेरै विद्युत खेर जाने भएको छ।  बर्षायाम सुरु भए सँगै नदीमा पानीको प्रवाह बढ्ने हुँदा सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्दछन्।

यसै बर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको बर्दघाट–हेटौडा २२० केभी क्षमताको प्रसारण लाइन समयमा सम्पन्न नहुँदा पुर्वमा विद्युत अपुर्ति गर्न नसकिने भएपछि थप उत्पादन भएको विद्युत खेर जाने भएको छ  ।

बर्दघाट–हेटौडा प्रसारणल लाइन नबनेसम्म उत्पादित विद्युत खेर जाने निश्चित भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् र  पूर्वमा विद्युत प्रसारण गर्ने एकमात्र प्रसारण लाईन भरतपुर–हेटौडा प्रसारण लाइन कम क्षमताको भएका कारण यसले थप विद्युत आपुर्ति गर्न सक्दैन। प्राधिकरणका अनुसार खिम्ती–डल्केबर प्रसारण लाइन नबन्दा पनि बर्षिक एक लाख २५ हजार युनिट विजुली खेर गइरहेको छ।

प्राधिकरणले भनेजस्तै उसले पिपिए सम्पन्न गरेका सन् २०१८ सम्ममा निर्माण सम्पन्न हुने आयोजना बाट विद्युत उत्पादन नै भयो भने पनि प्रसारण लाइनको अभावमा उत्पादित सबै विद्युत उपभोग नभई आधाभन्दा धेरै खेर जाने निश्चित प्रयाः छ।

0 comments

Write Down Your Responses

Join Our Facebook !!!