एकल जातीय पहिचानको पक्षमा : महासचिव गुरुङ्

एकल जातीय पहिचानको पक्षमा : महासचिव गुरुङ्
जेठ २७,

 नेपाल आदीवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ्ग भोटेले आफूहरु एकल जातीय पहिचानको पक्षमा रहेको बताउनु भएको छ । जनजातिको साझा मुद्दा भनेकै एकल जातिय पहिचान र राजनीतिक अधिकार भएकोले यसैमा केन्द्रीत हुने उहाँले बताउनुभयो । महासचिव पदमा निर्वाचित भइसकेपछि पहिलो पटक  आफ्नो गृह जिल्ला पुगेका भोटेले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनजाती महासँघ एकल जातीय पहिचानको पक्षमा रहेको बताउनुभयो । उहाँले एकल जातीय राज्यको पक्षमा भने आफुहरु नरहेको प्रष्ट पार्नुभयो र सामाजिक विभेदको अन्त्य, एकल जातिय पहिचान र आत्म निर्णयको अधिकारका पक्षमा कसैसँग सम्झौता नगर्नेसमेत उहाँको भनाई थियो ।

चार राजनीतिक शक्तिले गरेको २५ बुदे सहमति र अन्तरिम संविधानमा गरिएको संसोधन आफुहरुका लागि स्वीकार्य नभएकोले पुनः संसोधन नगरिए चुनाव हुन नदिने चेतावनी समेत बताउनु भयो । उहाँले समानुपातिक सिट संख्या र थ्रेस होल्ड खारेजीको व्यवस्थासमेत मान्य नहुने बताउनुभएको छ  ।

जनजाति महासंघको तीन वर्ष नयाँ नेतृत्वको कार्यनीति के रहने भन्ने प्रश्नमा भोटेले जनजातिहरुका लागि बनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गरी आदीवासी जनजातिको जल, जमिन र जंगल सहितको अधिकार प्रत्याभूतिका लागि विशेष पहल आफुले गर्ने  बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटिका सदस्य समेत रहेका भोटेले आफु महासचिवमा चयन भइसके पछि साझा भएकोले जनजातिको हक अधिकार संरक्षणमा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमालेले बहुपहिचान सहितको संघिय राज्य भनेको छ, हामीले पनि एकल जातिय पहिचान र बहु जातिय राज्यको मुद्दा उठाएका छौं, यसको सार तत्व लगभग एउटै रहेको छ 
।’

0 comments

Write Down Your Responses

Join Our Facebook !!!