झडप २४ घाइते
झडप २४ घाइते
जेठ २७,
जेठ २७,
गाउँको ब्रहृमबाबा मन्दिरमा पूजा गर्ने विषयलाई लिएर रौतहट जिल्लाको पिपरिया दोस्तिया गाविसमा दलित र गैरदलितबीच झडप हुँदा २४ जना घाइते भएको बताइएको छ । दोस्तिया गाविस - ५ भीमडावर टोलमा रहेको ब्रहृमबाबा मन्दिरमा गत वैशाख २८ गते झुमनराम चमारको छोरा उमेशराम चमारको बिहेमा पूजा गर्न गएका महिलामाथि गैरदलितहरूले अभद्र व्यवहार गर्दा सामान्य झडप समेत भएको थियो ।
सोही विवादलाई लिएर शुक्रबार राति करिब ८ बजे दलित बस्तीमा लुटपाट गर्नुका साथै उनीहरूमाथि सामूहिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामूहिक आक्रमणबाट गुरुदयाल राम, पार्वतीदेवी राम, महावीर राम, सुनितादेवी राम र जितनीदेवी रामलाल लगायत २४ जना घाइते भएका र उनीहरूको अनामिका अस्पताल गरुडा तथा जिल्ला अस्पताल गौरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामदेव राय यादव र उनका छोरा छोटेलालप्रसाद यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सदरमुकाम ल्याइएको प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताउनुभयो । सो घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले जानकारी दिनुभयेको छ
रासस

।
0 comments
Write Down Your Responses