रेग्मीको सरकार कठपुतली - उपेन्द्र यादव

रेग्मीको  सरकार कठपुतली 

जेठ २९,

               मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भए यता मुलुकमा कर्मचारीतन्त्र लागू भएको बताएका छन् । फोरम नेपालको वुधवार लक्ष्मीनियामा आयोजित गरेको क्षेत्रीय सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै यादवले भने-' रेग्मी नेतृत्वको सरकार गठनसँगै मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ । दलहरुको औचित्य समाप्त भएको बताएका छन्  । '

         रेग्मी नेतृत्वको सरकार एमाओवादी,कांग्रेस र एमालेको कठपुतली बनेको आरोप लगाउँदै फोरम नेपालका अध्यक्ष यादवले तीन दलले संविधान सभा विघटन गर्ने वेला प्रधानन्यायाधीशको हैसियतले रेग्मीले पनि सहयोग गरेको बताए । उनको कथन थियो- 'सर्वोच्च अदालतले संविधान सभाको म्याद किटान नगरेको भए संविधानसभा जोगिन पनि सक्थ्यो र 'तीन दलले संघीय संविधान नचाहेको दावी गर्दै उनले यीनै दलहरुको सिन्डिकेटले संविधान बन्न नदिएको तथा संविधान सभा विघटन गरेको आरोप समेत  लगाए । तीन दलले मधेसी, आदिवासी, जनजाति, मुस्लिम तथा महिलालाई निस्तेज गर्न समानुपातिक प्रतिनिधीत्व घटाउन लागेको आरोप लगाउँदै उनले समानुपातिक प्रतिनिधित्व घटाए निर्वाचनलाई स्वीकार नगर्ने चेतावनी दिए- 'समानुपातिक प्रतिनिधित्व घटाए निर्वाचन स्वीकार गरिन्न उनले भने  ।'

        कार्यक्रममा पार्टीका वरीष्ठ नेता भरत विमल यादवसहितका नेताहरुको पनि उपस्थिती थियो । सोही कार्यक्रममा हालै तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल छाडेका शत्रुघ्न यादवको अगुवाईमा करिव चारसय नेता तथा कार्यकर्ताहरु समेत  फोरम नेपाल प्रवेश गरेका छन्  ।
-ekantipur 

0 comments

Write Down Your Responses

Join Our Facebook !!!