सहयोगी विकास बैंकको ५० लाख दिउसै लुटपाट

सहयोगी विकास बैंकको ५० लाख दिउसै लुटपाट

जेठ २९,
     


                  आज अज्ञात समूहले महोत्तरीको गौशाला- ८ नवराजपुरमा सहयोगी विकास बैङ्कको ५० लाख नगद लुटेको छ । बैङ्कको जनकपुरस्थित कार्यालयबाट गौशाला शाखामा पुर्‍याउन लागिएको नगद नवराजपुरमा ३ /४ जनाको सङ्ख्यामा मोटरसाइकल चढेर आएका व्यक्तिले लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ  ।


              जनकपुरबाट ना २ छ २७२२ नम्बरको टाटा जिपमा हाली गौशाला शाखामा नगद पुर्‍याइँदै गर्दा दुई किलोमिटर टाढा दिउँसो साढे ३ बजेको समयमा लुटिएको हो र एक चालक, एक सुरक्षा गार्ड र नगद बोकेका एक कर्मचारी रहेका गाडीलाई मोटरसाइकलबाट आएका हतियारधारीले रोकेर नगद लुटपाट गर्दै भागेको बैङ्कका कर्मचारीहरुले बताएका छन् ।
-रासस

0 comments

Write Down Your Responses

Join Our Facebook !!!