११ वर्ष जेल महिलालाई ट्वीटरमा टिप्पणी लेखेको अभियोगमा

११ वर्ष जेल महिलालाई  ट्वीटरमा टिप्पणी लेखेको अभियोगमा 
जेठ २८,
                     ट्वीटरमा गरेको टिप्पणीका कारण कुवेतमा एक महिलालाई ११ वर्ष कैद सजाय सुनाइएको छ । एक ३७ वर्षीया हुदा अल आजमी नामकी ती महिलाले ट्वीटरमा कुवेतका शासक (अमीर) विरुद्ध टिप्पणी गरेकी थिइन् । जसका कारण उनलाई जेल सजाय सुनाइएको छ  ।
                 त्यस्तै ती महिलाले ट्वीटरमा शासन परिवर्तनको पक्षमा समेत आवाज उठाएकी थिइन्  र भने उनले कुवतेका शासकको अपमान समेत गरेकी बताएको  छ ।
             कुवेती शासक शेख सब अल सवा विरुद्ध टिप्णणी गरेको अभियोगमा दोषी ठहर्‍याइएकी ती महिलाले आफ्नो सजाय विरुद्ध अपील भने गर्न सक्ने जनाइएको छ र ती महिलाले आफ्नो मोबाइल फोनको समेत दुरुपयोग गरेको पाइएको समाचारमा बताइएको  छ ।

                 हालैका महिनाहरुमा ट्वीटरमा कुवेतका शासकका विरुद्ध टिप्पणी गरेको अभियोगमा यस्तै अन्य कयौं व्यक्तिहरुलाई समेत दण्डित गरिसकिइएको जनाइएको छ । कुवेतको संविधानले त्यहाँका शासक विरुद्ध यस्ता किसिमका टिप्पणीहरुमा प्रतिबन्ध गरेको बीबीसीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Join Our Facebook !!!