गोर्खाकप फुटबलखेलमा आर्मी फाइनलमा
गोर्खाकप फुटबलखेलमा आर्मी फाइनलमा
२९ जेठ,
नेपाल आर्मी फुटबल क्लब राजधानीमा जारी गोर्खाकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज बुधबार भएको पहिलो सेमिफाइनलमा ब्वाइज युनियनलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मी पहिलो पटक गोर्खाकपको फाइनलमा प्रवेश गरेको छ ।
फुटबल उपाधिका लागि आर्मीले ए डिभिजन लिग च्याम्पियन एवं दुई पटकको विजेता थ्रीस्टार र मनाङ मस्र्याङ्दीबीचको विजेतासँग खेल्नेछ ।
काठमाडौँ को त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले १४ औं मिनेटमा राजु नेपालीको पहिलो गोलबाट अग्रता लिएको थियो । राजुको प्रहार ब्वाइजका गोलरक्षक राजु योगीले सही जज गर्न नसक्दा गोल हुनपुगेको थियो । उनको हातमा लागेको बल विस्तारै गोलमा परिणत भएको थियो । पहिलो हापमा आर्मीले दबदबा कायम राखेपनि गोल गर्न सकेको थिएन ।
दोस्रो हापको ५५ औं मिनेटमा रामकुमार विश्वासले आर्मीको अग्रता दोब्बर पारे । आर्मीको लगातार दुई प्रहार रोकेका राजु यो पटक भने चुकेका थिय । ७० औं मिनेटमा नरेश मेचेले गोल गरेपछि आर्मीले ३-० को अग्रता लियो र खेलमा दुबै पक्षबाट गोल भएन र आर्मीले फाइनलमा स्थान पक्का गर्यो ।
0 comments
Write Down Your Responses