किन महिलालाई रिस उठ्छ कारणहरु
किन महिलालाई रिस उठ्छ कारणहरु

- महिलाले आफ्नो साथीलाई केही सोध्दा वास्ता नगर्ने वा त्यसतिर ध्यान नदिने तथा मलाई थाहा छैन भन्ने गरेमा पनि महिलाहरु रिसाउने गर्छन् । उनीहरुले पुरूषसँग केही सल्लाह लिन खोज्दा मलाई मतलब छैन जे सुकै गर भन्ने जवाफ आएमा पनि महिलालाई थप तनाव पिडा र रिस उठ्छ ।
- दिनभरी काम गरेर घर फर्केपछी पुरूषहरू प्राय चुप लागेर बस्ने गर्छन् तर यो बानी महिलालाई पटक्कै मन पर्दैन । उनीहरू घर फर्केपछी कुरा गरून् आफूसँग बसोस् भन्ने चाहना राख्ने हुँदा त्यसो नगर्दा उनीहरुलाई रिस उठ्नु स्वभविक पनि हो ।
- कतै जानु परे या खाना खान बाहिर निस्किनु पर्ने भएमा पनि पुरूषहरू चाडै तयार हुन्छन् तर महिलालाई तयार हुन थोरै समय बढी लाग्ने गर्छ र यस्तो अवस्थामा पुरूषहरूले महिलालाई चाडो गर भनेर बारम्बार भनिरहँदा पनि महिलालाई अवस्य रिस उठ्छ ।
- यस्ता सामान्य कुराले पनि परिवारमा तथा दाम्पत्य जीवनमा समस्या आउछ । यी सानातिना कुरालाई विचार गर्न सकेमा दाम्पत्य जीवन सुखमय हुन सक्छ । महिलाले रिसाउने आफ्ना बानी हटाउन प्रयास गर्ने र महिलाले पनि पुरूषको यी बानीलाई सहजतापूर्वक लिन सके दुईबीच समस्या अवस्य पनि आउँदैन ।
0 comments
Write Down Your Responses